काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गिरावट आएको छ। आज सेयर बजार ५ अंकले गिरावट हुँदा २५४० विन्दुमा झरेको छ।
सेयर बजारमा गिरावट आए पनि ७४ कम्पनीको मूल्य बढेको छ। यसको विपरीत १६८ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा १४ कम्पनीको मूल्य स्थिर बसेको छ।
बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो दिन तीन अर्ब ४९ करोडको कारोबार भएकोमा आज तीन अर्ब ८९ करोडको कारोबार भएको हो।
तीन समूहगत सूचक बढेका छन्। होटल तथा पर्यटन ०.१८, उत्पादन तथा प्रशोधन ०.०२ र अन्य समूह ०.७२ प्रतिशत बढे।
बैंकिङ ०.३०, विकास बैंक ०.५२, फाइनान्स ०.८७, हाइड्रोपावर ०.४९, लगानी ०.३४, जीवन बीमा ०.१२, माइक्रोफाइनान्स ०.३८, निर्जीवन बीमा ०.४९ तथा व्यापार ०.१० प्रतिशत घटे।
तीन कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्यो। हालै सूचीकृत भएका सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र बन्दीपुर केबुलकारको मूल्य १० प्रतिशत बढेको हो। त्यस्तै नबिल डिबेन्चर २०८५को ९.९१, नबिल डिबेन्चर २०८९ को ६.९० प्रतिशत मूल्य बढ्यो।
भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो। रुरु जलविद्युत्को ९.५२, दरामखोला हाइड्रोपावरको ६.०९, पिपुल्स हाइड्रोपावरको ५.२३ तथा माबिलुङ इनर्जीको ४.३७ प्रतिशत मूल्य घट्यो।
आज धेरै कारोबार भएका धितोपत्रमा सिद्धार्थ बैंक डिबेन्चर ०८९, नेपाल पुनर्बीमा, माउन्टेन इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर र युनियन हाइड्रोपावर छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।