• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव

२ अर्ब दायित्व
64x64
सविन मिश्र बिहीबार, चैत ५, २०७७  १९:४८
1140x725

काठमाडौं- रुग्ण उद्योगबारे सरकारलाई सुझाव दिन गठित समितिले निजीकरण भएको ३० वर्षपछि भृकुटी कागज कारखानाको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सुझाव दिएको छ।

२०४९ सालमा प्रतिस्पर्धाबाट पूर्णरूपमा निजीकरण गरिएको कारखानाको जग्गा सरकारकै नाममा फिर्ता ल्याएर दायित्व फरफारक गर्न समितिले सुझाव दिएको हो। 

नवलपरासीको गैँडाकोटमा लेख्ने तथा छाप्ने कागज तथा पल्प उत्पादन गरी स्वदेश तथा विदेशमा बिक्री वितरण गर्ने भन्दै स्थापना भएको उद्योग २०४९ कात्तिक ७ गतेको निर्णयबाट निजीकरण भएको थियो। सरकारले व्यवसाय एवं सम्पत्ति बिक्री गरी निजीकरण भएको उद्योग हाल पूर्णरूपमा बन्द छ। निजीकरणपश्चात् यो उद्योग केही वर्षसम्म सञ्चालनमा रहे पनि बन्द भयो। 

'उद्योगलाई पुनरुत्थान गरी पुनः सञ्चालन गर्नुभन्दा गैँडाकोटजस्तो व्यापारिक महत्वको जग्गालाई टुक्रा गरी बिक्री गर्ने अभिप्राय देखिएको हुँदा यसलाई पूर्ण रुग्णको वर्गमा राखी सुविधा दिन उपयुक्त नहुने समितिको धारणा रहेको छ,' समितिको प्रतिवेदनमा भनिएको छ। 

अहिले गोल्छा समूहले यो उद्योग अघि बढाउन नसकिने र कर्मचारी तथा बैंकको दायित्व फरफारक गर्नुपर्ने भएकाले जग्गा खण्डीकरण गरी बिक्रीको अनुमति दिन सरकारसमक्ष माग गरिरहेको छ। समितिले भने उद्योग सञ्चालनको जिम्मेवारी लिएको गोल्छा समूहले 'गैरजिम्मेवार र गैरव्यवसायिक क्रियाकलापका लागि अनुमति मागेको' भन्दै जग्गा बिक्री गर्न दिन नहुने सिफारिस गरेको छ।

'यस संस्थाले निजीकरणको उद्देश्यअनुरूप कागज उत्पादन वृद्धि गरी संस्थालाई पुनरुत्थान गर्ने कार्ययोजना पेस नगरी जग्गालाई बिक्री गर्ने जस्तो गैरव्यावसायिक क्रियाकलापका लागि अनुमति माग गरेको देखिन्छ,' समितिको प्रतिवेदनमा उल्लेख छ, 'जुन संस्थाको उद्देश्य विपरीत रहेको तथा संस्था स्थापना गर्दा स्थानीय व्यक्तिहरुको जग्गा प्राप्ति गर्दा स्पष्टरूपमा संस्था सञ्चालन गर्ने उद्देश्यको लागि मात्र प्राप्त गरेको हुँदा सो उद्देश्य पूर्ति गर्नको लागि मात्र जग्गाहरू प्रयोग गर्न सकिने हुँदा समितिले यस उद्योगले माग गरेबमोजिमको जग्गा बिक्री गर्ने अनुमति प्रदान गर्न सिफारिस गर्न सकिने अवस्था रहेको देखिँदैन।' 

समितिले नवलपूर (साविक नवलपरासी)को गैँडाकोट जस्तो व्यापारिक दृष्टिकोणले महत्वपूर्ण र रणनीतिक ठाउँको जग्गा खण्डकीरकण गरेर बेच्ने नियत नै गलत भएको जनाएको छ। 'यस उद्योगले रुग्ण उद्योग पहिचानका निमित्त पेस गरेको निवेदन तथा सोसँग संलग्न रहेका कागजातहरुलाई विश्लेषण गर्दा उद्योगलाई पुनरुत्थान गरी पुनः सञ्चालन गर्ने उद्देश्य भन्दा पनि गैँडाकोटजस्तो व्यापारिक महत्वको जग्गालाई टुक्रा गरी बिक्री गर्ने अभिप्राय देखिएको हुँदा यसलाई पूर्ण रुग्णको वर्गमा राखी सुविधा दिन उपयुक्त नहुने समितिको धारणा रहेको छ,' समितिको प्रतिवेदनमा भनिएको छ। 

समितिले जग्गा खण्डकीकरणको अनुमति दिनुको सट्टा सरकारले नै जग्गा फिर्ता ल्याएर अन्य दायित्व चुक्ता गर्नु उपयुक्त हुने सिफारिस गरेको छ। 'उद्योगले अन्य बैंक तथा वित्तीय संस्थासँग लिएको ऋण तथा अन्य दायित्वको मूल्यांकन तथा मेसिनबाहेक जग्गाको मूल्यांकन निजीकरण गर्दा प्रयोग गरेको मूल्यांकन विधिअनुसार गरी सो जग्गा सरकारको स्वामित्वमा ल्याई सोबाट बचत हुन आउने थप रकमबाट बैंक तथा वित्तीय संस्थाको ऋण तथा अन्य दायित्व तिर्ने प्रयोजनका निमित्त प्रयोग गर्न उपयुक्त हुने,' प्रतिवेदनमा भनिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पूर्वसचिव दीपक सुवेदी नेतृत्वको समितिले यो सुझावसहितको प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई बुझाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले समितिको प्रतिवेदन सरकारले अध्ययन गरिरहेको र त्यसलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने बताए। 

'मन्त्रालय अहिले प्रतिवेदन अध्ययनको क्रममा छ, हामी यसलाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गर्छौं,' पोखरेलले भने, 'रुग्ण उद्योग सञ्चालनलाई सरकारले प्राथमिकतामा राख्छ। यो विषय आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वार्षिक बजेटमा पनि समावेश गर्छौं।'

गोल्छा अर्गनाइजेसनका प्रतिनिधि रमेश दाहालले १० वर्षदेखि कारखाना बन्द रहेको र २ अर्ब रूपैयाँ भन्दा धेरै दायित्व बक्यौता रहेको बताए। उद्योगको नाममा ६० बिघा जमिन छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गोल्छा समूहभित्र यो जग्गा अहिले दिवंगत दिवाकर गोल्छाको परिवारको स्वामित्वमा छ। गोल्छा परिवारको अंशबण्डामा यो जग्गा दिवाकर गोल्छाको परिवारको भागमा परेको थियो। उनका छोराहरू हितेश र हिमांशले व्यवसाय सम्हालिरहेका छन्।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १९:४८
  • #भृकुटी_कागज_कारखाना
  • #६०_बिघा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
बुढीगण्डकी बाढीपछि अवरुद्ध बेनिघाट–तातोपानी सडक बल्ल खुल्यो तातोपानी र आसपासका क्षेत्रमा बाढीले थुपारेका ढुङ्गा, माटो र गेग्रान हटाउने काम सकिएपछि सडक खुलेको हो। आइतबार, कात्तिक ८, २०८३
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने निर्माण कार्य अन्तिम चरणमा पुगेको भए पनि पुल सञ्चालन तथा उद्घाटनको औपचारिक मिति भने सार्वजनिक भइसकेको छैन । आइतबार, कात्तिक ८, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल प्रदेश सरकारका दुई कार्यकाल पूरा हुन लाग्दासमेत आठ स्थानीय तहका केन्द्र सडक पहुँचबाहिर रहनुले दुर्गम क्षेत्रको पूर्वाधार विकासमा राज... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्