काठमाडौँ– चितवनको माडी–ठोरी सडकखण्ड अन्तर्गत पटारी खोलामा निर्माणाधीन पुलको ठेक्का तोडिएको छ।
वर्षौँदेखि पुल निर्माण अलपत्र पारेको भन्दै सरकारले ठेक्का तोडेको हो।
हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय वीरगन्जले आज सार्वजनिक सूचना जारी गर्दै काम अलपत्र पारेर ठेकेदार कम्पनी सम्पर्कमा नआएकाले ठेक्का तोडिएको जनाएको छ।
निर्माण व्यवसायीलाई ठेक्का किन नतोड्ने भनेर १५ दिनभित्र स्पष्टीकरण मागिएको थियो। तर स्पष्टीकरण नबुझाएको, काम सुरु नगरेको र निर्माण व्यवसायीका प्रतिनिधि पनि सम्पर्कमा नआएकाले ठेक्का तोडिएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।