काठमाडौं– नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्न लागेका छन्।
शुक्रबार रास्वपाको पार्टी कार्यालय बनस्थलीमा आयोजित कार्यक्रममा पोखरेलको पार्टी प्रवेश औपचारिक बनाइएको हो।
पोखरेल नेपाल प्रहरीको आईजीपी बन्ने मुख्य दाबेदारमध्येका एक थिए। तर १६ महिनापछि शेरबहादुर देउवा नेतृत्वको सरकारले धिरज प्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि पोखरेल असन्तुष्ट बनेका थिए र त्यसपछि उनले प्रहरी सेवा छोडेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।