काठमाडौं –नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा कर्णाली याक्सले विराटनगर किंग्समाथि ३ विकेटको रोमाञ्चक जित निकालेको छ।
कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्यो।
कर्णालीले दिएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरका बसिर अहमदले ६२ रन बनाएर उत्कृष्ट ब्याटिङ गरे। विराटनगरका ओपनर जर्ज मून्से शून्यमा आउट हुँदा लोकेश बम ६ रनमा पेभेलियन फर्किए।
साम हेजलेट १६ रनमा आउट हुँदा सहिल पटेल र बसिर अहमद समान १९/ १९ रन बनाएर आउट भए। मार्चेन्ट दे लांगे २ रनमा आउट हुन पुगे। २५ रन बनाएका नारायण जोशी नन्दन यादवको बलमा आउट भए। प्रतिश जिशी ६ रन बनाएर आउट भए। सन्दीप लामिछानेले ६ रनमा नटआउट रहे।
कर्णालीका लागि सोमपाल कामी र गुलशन झाले समान दुई/दुई विकेट लिँदा पवन सर्राफ, विलियम बसिस्टो, नन्दन यादवले समान एक एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ उत्रिएको कर्णालीले तीन विकेट गुमाएर १६० रन बनाएको हो। कर्णालीका लागि प्रियान्क पन्चालले सर्वाधिक ६३ रन बनाए। गुलशन झाले २०,माक्स वाट ६ रन बनाए भने विलियम बसिस्टोले ४८ र नजिबुल्लाह जर्दन १२ रनमा नटआउट रहे।
बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र मार्चेन्ट डि लिङले एक/एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।