काठमाडौं– कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत शुक्रबार जारी दोस्रो खेलमा विराटनगर किंग्ससामु १६१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६० रन बनाएको हो।
कर्णालीका लागि प्रियान्क पन्चालले सर्वाधिक ६३ रन बनाए। गुलशन झाले २०,माक्स वाट ६ रन बनाए भने विलियम बसिस्टोले ४८ र नजिबुल्लाह जर्दन १२ रनमा नटआउट रहे।
विराटनगरका लागि मर्चेन्ट दे लेन्गे र कप्तान सन्दिप लामिछानेले समान एक एक विकेट लिए।
कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगमा तीन खेलबाट दुई अंक जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ।
अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अंक जोडेको छ। शुक्रबारको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।