• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

पहिलो पटक भित्रियो जर्मन विलासी कार अउडी

प्रक्रियामा ३ इलेक्ट्रिक कार
64x64
शिव बोहरा सोमबार, साउन २०, २०७६  १८:५५
1140x725

काठमाडौं- नेपालमा पहिलो पटक जर्मन विलासी कार निर्माता कम्पनी अउडीका कार भित्रिएका छन्। अउडीका ३ इलेक्ट्रिक कार भन्सार जाँसपासका लागि यातायात व्यवस्था विभागमा प्रस्ताव पेश भएको छ। 

विभागले आयातकर्ता कम्पनी प्रिन्सा अटोमोटिभ प्रालिलाई कार आयात गर्न आवश्यक प्रक्रिया पूरा गरी पत्र पठाएको छ। इलेक्ट्रिक कार भएकाले नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ आकर्षित हुनेछैन भनी मापदण्डमा लेखिएको छ। 

तर नेपालमा इलेक्ट्रिक सवारी साधन दर्ता, सञ्चालन तथा बिक्री गर्न 'रोड वर्दिनेस टेस्ट' गर्नुपर्ने व्यवस्था छ। उक्त टेस्ट भएपछि मात्र दर्ता, सञ्चालन तथा बिक्री गर्न पाइने व्यवस्था छ। विभागले प्रिन्सा अटोमोटिभलाई भन्सार कार्यालय सिर्सिया पर्साबाट छुटाउन अनुमति दिएको हो। 

अउडीका इलेक्ट्रिक कार इ–ट्रोन भन्सार पाँचपास, रोड वर्दिनेस टेस्टलगायत प्रक्रिया पुर्‍याई काठमाडौं आइपुग्न एक महिनाभन्दा बढी समय लाग्ने आयातकर्ता कम्पनी स्रोतले जानकारी दिएको छ। 

नेपालमा इलेक्ट्रिक कारमा १० प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर मात्र लाग्दै आएको छ। डिजेल/पेट्रोलबाट चल्ने कारमा मूल्यको करिब ८० प्रतिशत भन्सार, ६० देखि १०० प्रतिशतसम्म अन्तःशुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र ८ प्रतिशत सडक मर्मत तथा सम्भार दस्तुर लाग्दै आएको छ। 

सरकारले इलेक्ट्रिक सवारी प्रवर्द्धन गर्ने उद्देश्यले कर छुट दिएकाले पछिल्लो समय विभिन्न ब्रान्डका इलेक्ट्रिक सवारी नेपाल भित्रिने क्रम तीव्र भएको छ। 

अमेरिकामा अउडीको इन्ट्रिलेवल इलेक्ट्रिक कार अउडी इ–ट्रोनको मूल्य ७४ हजार ८ सय अमेरिकी डलर छ। त्यस्तै भारतीय बजारमा यो कारको मूल्य ५४ लाखदेखि ५६ लाख भारतीय रुपया पर्ने भारतीय मिडियाले उल्लेख गरेका छन्। यो कारको नेपाली बजार मूल्य सवा करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ। 

Ncell 2
Ncell 2

अउडी इ–ट्रोन भारतीय बजारमा २०१९ को डिसेम्बरमा सार्वजनिक हुने कम्पनीले जनाएको छ। 

के हो अउडी? 
अउडी जर्मन विलासी कार उत्पादक कम्पनी हो। यसको स्थापना १ सय ९ वर्ष अघि अर्थात् सन् १९१० अप्रिलमा भएको थियो। हाल अउडी जर्मन अटोमोबाइल निर्माता फक्सवागन ग्रुपसँग रहेको छ। अउडीका कार हाल ९ देशका विभिन्न ११ फ्याक्ट्रीबाट उत्पादन भइरहेको छ। 

अउडी इ–ट्रोन
अउडी इ–ट्रोन कम्पनीको पहिलो इलेक्ट्रिक कार हो। यो कार कम्पनीले पहिलो पटक २०१८ को जेनेभा इन्टरनेसनल मोटर सोमा सोकेस गरेको थियो। अउडी इ–ट्रोन क्रसओभर समेगमेन्टको इलेक्ट्रिक कार हो। 

अउडी इ–ट्रोन कार अउडी क्यू-५ र अउडी क्यू-७ बीचको कार हो। यो कार ४९ सय १ एमएम लेन्थ, १९ सय ३५ एमएम वाइड र १६ सय १६ एमएम हाइट रहेको छ। 

अउडीका अन्य एसयुभीमा जस्तै विशेषता हुने गरी कम्पनीले इ–ट्रोनमा २९ सय २८ एमएम ह्वीलवेस दिएको छ। त्यस्तै यो कारमा ६ सय ६० लिटर बुट स्पेश रहेको छ। 

यो कारमा दुई वटा इलेक्ट्रिक मोटर राखिएको छ। अगाडिको मोटर १ सय २५ के डब्लू र रेयर मोटर १ सय ४० के डब्लूको छ। यसको ब्याट्रीले ३ सय ५५ बिएचपीसम्म पावर र ५ सय ६१ एनएम टर्क जेनेरेट गर्छ। 

अधिकतम गति २ सय किलोमिटर प्रतिघण्टा रहेको यो कारले एक पटकको फुल चार्जमा ४ सय किलोमिटर माइलेज दिने बताइएको छ। 

त्यस्तै इ–ट्रोनले शून्यदेखि १ सय किलोमिटरको गति ६.६ सेमेन्डमा नर्मल मोडलमा र ५.७ सेकेन्डमा बुस्ट मोडमा तय गर्न सक्छ।

प्रकाशित मिति: सोमबार, साउन २०, २०७६  १८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्