काठमाडौं– होण्डाले दशैं, तिहार र छठलाई लक्षित गर्दै नयाँ बाइक तथा स्कुटर खरिदमा १ लाख रुपैयाँसम्म नगद जित्न सकिने योजना सार्वजनिक गरेको छ।
नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याच कुपनमार्फत नगद पुरस्कार जित्ने अवसर पाउनेछन्।
अफरअन्तर्गत हरेक साता सातवटै प्रदेशबाट एक–एक जना गरी ७ जना विजेता छनोट गरिने कम्पनीले जनाएको छ। विजेताले जितेको रकम बराबरकै रकम होण्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
त्यस्तै, ग्राहकले थप सुविधाअन्तर्गत तीनमध्ये एक विकल्प रोज्न सक्नेछन्। जसमा १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क्र्याच कुपन, ७ वर्षसम्म निःशुल्क सर्भिसिङ वा ५ वर्षको वार्षिक मर्मत सम्झौता रहेका छन्।
नयाँ बाइक तथा स्कुटर खरिदलाई सहज बनाउन स्याकार हायर पर्चेजमार्फत फाइनान्सिङ सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।
योजनामा सहभागी हुन ग्राहकले नजिकैको होण्डा शोरुममा सम्पर्क गर्न सक्नेछन्। कम्पनीका अनुसार अफरमा नियम तथा सर्त लागू हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।