काठमाडौं– ग्लोबल आईएमई बैंकले ‘ग्लोबल आईएमई प्लाटिनम गल्फ २०२६’ प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता आगामी मंसिर १२ र १३ गते काठमाडौँको ठमेलस्थित गोकर्ण फरेस्ट रिसोर्टमा सञ्चालन हुनेछ।
दुई दिनसम्म चल्ने प्रतियोगिताले खेलकुद, प्रकृति र आपसी सम्बन्ध विस्तारलाई एउटै मञ्चमा जोड्ने विश्वास बैंकले लिएको छ। प्रतियोगिताका विजेताले होल इन वान पुरस्कारस्वरूप आधुनिक स्कोडा एसयूभी गाडी प्राप्त गर्नेछन्। अन्य विधाका विजेताका लागि चन्द्रागिरि हिल्स र डिसहोमका विशेष प्याकेजसमेत पुरस्कारका रूपमा राखिएका छन्।
प्रतियोगिताको आयोजनामा आईएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, एमएडब्लु र बाराही ग्रुपले सहकार्य गरेका छन्।
खेलकुद संस्कृतिको प्रवर्द्धन, आपसी सम्बन्ध विस्तार तथा विभिन्न क्षेत्रका खेलप्रेमीबीच अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बैंकले जनाएको छ।
ग्लोबल आईएमई बैंकले आधुनिक प्रविधिको प्रयोगमार्फत ग्राहक सेवा विस्तार गर्दै आएको छ। बैंकले सन् २०१४ मा ‘बैंक अफ द इयर’, २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ तथा २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको जनाएको छ। यस्तै, युरोमनी अवार्ड फर एक्सिलेन्स, बेस्ट बैंक ईएसजी नेपाल र बेस्ट एम्प्लोयरलगायतका सम्मान पनि बैंकले पाएको छ।
बैंकको सेवा सञ्जाल देशका ७७ वटै जिल्लामा फैलिएको छ। हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ।
यसका साथै अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै बैंकले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।