• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

एउटै बाटोबाट आएका दुई कार : सर्वोच्चले टेस्ला छाड्यो, अउडी अड्कायो

64x64
शिव बोहरा बिहीबार, साउन २९, २०७७  १०:००
1140x725

काठमाडौं-अवैध आयात भएका टेस्लाका दुई इलेक्ट्रिक कार सर्वोच्च अदालतको आदेशमा छुटे। आयातकर्ता श्रीमा डिस्ट्रिब्युटर्सले गाडी छुटाउन माग गर्दै जेठ १९ मा दायर गरेको उद्दामा सर्वोच्चले जेठ २६ गते निवेदकको पक्षमा अन्तरिम आदेश दिएको थियो। तर त्यही बाटोबाट आयात भएको अउडी आयातकर्ता प्रिन्सा अटोमोटिभ्स प्रालिले दायर गरेको मुद्दामा सर्वोच्चले दुईपटक छलफल गरी फाइल मगाउने आदेश गरेको छ।

श्रीमाले सर्वोच्चकै आदेशमा गाडी छुटाएपछि प्रिन्सा पनि गाडी छुटाउने आदेशको माग गर्दै सर्वोच्च पुगेको थियो। असार २८ प्रिन्सा अटोमोटिभ्स प्रालिका तर्फबाट रमेशकुमार जालानले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। 

यो पनि पढ्नुहोस्

अवैध आयात भएको टेस्ला छुटेपछि अउडी छुटाउन प्रिन्सा पुग्यो सर्वोच्चसोमबार, असार २९, २०७७

त्यसको भोलिपल्ट असार २९ गते सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कार आयात रोकिनुको कारणसहित भन्सारलाई छलफलमा बोलाउने आदेश दिएको थियो। साउन २७ मा पुनः पेशी तोकिएको प्रिन्साको मुद्दामा सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले फाइल मगाउन आदेश दिएको छ। 

यो पनि पढ्नुहोस्

सर्वोच्चले भन्सारलाई सोध्यो- प्रिन्साले ल्याएका अउडीका गाडी किन रोकियो?सोमबार, असार २९, २०७७

अवैध आयात भएका टेस्ला, अउडीलगायत कम्पनीका इलेक्ट्रिक कार लामो समयसम्म भन्सारमै अड्किए, कतिपय अहिलेपनि अड्किएकै छन्। सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको आर्थिक ऐनमार्फत् निजी प्रयोजनका इलेक्ट्रिक कारमा कर बढायो। कर बढाएपछि श्रीमा पुरानै कर अनुसार कार छुटाउन माग गर्दै सर्वोच्च पुगेको थियो।

सर्वोच्चले करको विषय अन्तिम फैसलापछि टुंगो लाग्ने र इलेक्ट्रिक कार लामो समयदेखि भन्सारमै अड्किएकाले क्षति हुने भन्दै सुरक्षित राख्ने गरि आयातकर्तालाई जिम्मा लगाउन भन्सारका नाममा आदेश दिएको थियो। तर टेस्लाकै कार आइपुगेको समयमा भन्सार आइपुगेका अउडीको आयातकर्ताले दायर गरेको मुद्दामा भने सर्वोच्चले एकपटक छलफलका लागि र अर्को पटक फाइल मगाउने भन्दै आदेश दिएको छ। 

उत्पादक कम्पनीबाट आधिकारिक बिक्रेता नतोकिएका कम्पनीले आयात गरेको भन्दै भन्सारले २०७६ मंसिरबाट त्यस्ता कारको जाँचपास रोक्यो। आर्थिक ऐन २०७७ आएपछि गलत बाटोबाट आयात भएको कार छुटाउन टेस्लाको आयातकर्ता श्रीमा डिस्ट्रिब्युटर्स प्रालि सर्वोच्च अदालत पुगेको थियो। श्रीमाको निवेदनमा सर्वोच्चले जेठ २६ गते अन्तरिम आदेश दिएको थियो। 

उक्त आदेशविरुद्ध भन्सार विभागले असार २ गते भ्याकेट हालेको थियो। असार ११ मा भन्सार विभागको भ्याकेट सर्वोच्चले अस्वीकार गरेपछि श्रीमाले ल्याएका दुईवटा टेस्लाका इलेक्ट्रिक कार आयातकर्तालाई भन्सारले दिनुपर्ने भयो। असार १४ गते भन्सार कार्यालय वीरगञ्जले श्रीमाका प्रतिनिधिलाई कार सुरक्षित राख्ने गरी जिम्मा लगाएको थियो।

यो पनि पढ्नुहोस्

अवैध आयात भएको टेस्ला छुटाउन सर्वोच्चको आदेशबिहीबार, असार ११, २०७७

प्रिन्सा अटोमोटिभ्सले २०७६ भदौमा पहिलोपटक तीनवटा अउडीका इलेक्ट्रिक कार नेपाल भित्र्याएको थियो। उक्त विषयमा नेपाल लाइभले आयातकर्ता कम्पनी आधिकारिक बिक्रेता नियुक्त नभइ अवैधरूपमा गाडी ल्याएको समाचार प्रकाशित गरेको थियो।

Ncell 2
Ncell 2

त्यसपछि भन्सारले प्रिन्साले दोस्रो लटमा ल्याएका ३ वटा इलेक्ट्रिक कार र अन्य कम्पनीका ३ वटा कार जाँचपास गरेको थिएन। भन्सारले आयातकर्ताहरूलाई उत्पादक कम्पनीबाट आधिकारिक बिक्रेता नियुक्त भएको सक्कल कागजात पेश गर्न भनेको थियो। तर ती कम्पनीले सक्कल कागजात पेश गर्न सकेका थिएनन्। 

सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको आर्थिक ऐनमा निजी प्रयोजनका विद्युतीय गाडीमा लाग्दै आएको भन्सार वृद्धि र अन्तःशुल्क बढाएको थियो। नयाँ करका दर लागू भए पनि कार आयातकर्ताहरूले पुरानै करका दरअनुसार गाडी ल्याउन पाउनु पर्ने र इलेक्ट्रिक कार भएकाले बिग्रन लाग्यो भन्ने तर्कका आधारमा गाडी छुटाउन भन्सारले इन्कार गरेको भन्दै सर्वोच्च अदालत पुगेका हुन्।

गएको माघदेखि प्रिन्सा अटोमोटिभ्सले ल्याएका अउडीका ३ वटा इलेक्ट्रिक कार आयातकर्ताले भन्सारले माग गरेअनुरूप आधिकारिक बिक्रेताको प्रमाण पेश गर्न नसक्दा रोकिएको हो। कम्पनीहरूले वाणिज्य विभागमा दर्ता गरेको एजेन्सीलाई नै मुख्य कागजातका रुपमा पेश गरेका थिए।

श्रीमा डिस्ट्रिब्युटर्सले ल्याएका टेस्लाका दुईवटा कार पनि गत माघदेखि भन्सारमा रोकिएका थिए। श्रीमाले सर्वोच्चकै आदेशमा गाडी छुटाएपछि प्रिन्सा पनि गाडी छुटाउने आदेशको माग गर्दै सर्वोच्च पुगेको हो। श्रीमा र प्रिन्सार दुवैले अवैध बाटोबाटै कार आयात गरेका हुन्। टेस्ला र अउडी दुबै कम्पनीले नेपालका लागि आधिकारिक बिक्रेता तोकेका छैनन् भने उत्पादक कम्पनीले तेस्रो पक्षलाई आधिकारिक बिक्रेता नियुक्त गर्ने अधिकारसमेत दिएका छैनन्। 

आर्थिक ऐन २०७७ अनुसार कर र ३० प्रतिशत जरीवाना तिरेर अवैध आयात भएका कार छुटाउन दिने व्यवस्था छ। तर नयाँ व्यवस्थाअनुसार कार भन्सार जाँचपास गराउँदा महँगो हुने र त्यसमाथि जरिवाना समेतले कार अझै मंहगो हुने भएपछि आयातकर्ताहरू पुरानै व्यवस्था अनुसार कार छुटाउन माग गर्दै सर्वोच्च पुगेका थिए। तर सर्वोच्चले टेस्लाका कार छुटाउन आदेश दिए पनि अउडीका कारको भने फाइल मगाउन आदेश दिएको छ। 

यसले सर्वोच्चले एकै प्रकृतिका इलेक्ट्रिक कार टेस्लालाई सुरक्षित गर्नुपर्ने देख्यो भने अउडीका कारलाई देखेन। गलत बाटोबाट आयात भएका कार सर्वोच्चको आदेशमा छुट्ने हो भने यस्तो प्रवृत्ति मौलाउन निश्चित छ। त्यसरी आयात हुने हो भने पुराना गाडीसमेत आयात हुन सक्छ।

गलत बाटोबाट टेस्लाको कार आयात गरेको श्रीमा डिस्ट्रिब्युटर्सले अदालतले सुरक्षित राख्न दिएको आदेशविपरीत कार यातायात व्यवस्था कार्यालय एकान्तकुनामा दर्ता गरेको थियो।

यो पनि पढ्नुहोस्

अवैध आयात भएको टेस्ला गाडी अदालतको आदेशविपरीत दर्ताबिहीबार, साउन १५, २०७७

त्यसरी अदालतको आदेशविपरीत कार दर्ता भएको नेपाल लाइभले लेखेपछि कार्यालयले टेस्लाका दुई कारको दर्ता खारेज गरेको थियो। त्यसैले कानुनको छिद्र प्रयोग गरेर अवैध काम गर्नेहरूलाई सर्वोच्चले चोख्याउने प्रयास गर्न नहुने कानुन व्यवसायीहरूको भनाइ छ। 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्