• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

एउटै बाटोबाट आएका दुई कार : सर्वोच्चले टेस्ला छाड्यो, अउडी अड्कायो

64x64
शिव बोहरा बिहीबार, साउन २९, २०७७  १०:००
1140x725

काठमाडौं-अवैध आयात भएका टेस्लाका दुई इलेक्ट्रिक कार सर्वोच्च अदालतको आदेशमा छुटे। आयातकर्ता श्रीमा डिस्ट्रिब्युटर्सले गाडी छुटाउन माग गर्दै जेठ १९ मा दायर गरेको उद्दामा सर्वोच्चले जेठ २६ गते निवेदकको पक्षमा अन्तरिम आदेश दिएको थियो। तर त्यही बाटोबाट आयात भएको अउडी आयातकर्ता प्रिन्सा अटोमोटिभ्स प्रालिले दायर गरेको मुद्दामा सर्वोच्चले दुईपटक छलफल गरी फाइल मगाउने आदेश गरेको छ।

श्रीमाले सर्वोच्चकै आदेशमा गाडी छुटाएपछि प्रिन्सा पनि गाडी छुटाउने आदेशको माग गर्दै सर्वोच्च पुगेको थियो। असार २८ प्रिन्सा अटोमोटिभ्स प्रालिका तर्फबाट रमेशकुमार जालानले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। 

यो पनि पढ्नुहोस्

अवैध आयात भएको टेस्ला छुटेपछि अउडी छुटाउन प्रिन्सा पुग्यो सर्वोच्चसोमबार, असार २९, २०७७

त्यसको भोलिपल्ट असार २९ गते सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कार आयात रोकिनुको कारणसहित भन्सारलाई छलफलमा बोलाउने आदेश दिएको थियो। साउन २७ मा पुनः पेशी तोकिएको प्रिन्साको मुद्दामा सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले फाइल मगाउन आदेश दिएको छ। 

यो पनि पढ्नुहोस्

सर्वोच्चले भन्सारलाई सोध्यो- प्रिन्साले ल्याएका अउडीका गाडी किन रोकियो?सोमबार, असार २९, २०७७

अवैध आयात भएका टेस्ला, अउडीलगायत कम्पनीका इलेक्ट्रिक कार लामो समयसम्म भन्सारमै अड्किए, कतिपय अहिलेपनि अड्किएकै छन्। सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको आर्थिक ऐनमार्फत् निजी प्रयोजनका इलेक्ट्रिक कारमा कर बढायो। कर बढाएपछि श्रीमा पुरानै कर अनुसार कार छुटाउन माग गर्दै सर्वोच्च पुगेको थियो।

सर्वोच्चले करको विषय अन्तिम फैसलापछि टुंगो लाग्ने र इलेक्ट्रिक कार लामो समयदेखि भन्सारमै अड्किएकाले क्षति हुने भन्दै सुरक्षित राख्ने गरि आयातकर्तालाई जिम्मा लगाउन भन्सारका नाममा आदेश दिएको थियो। तर टेस्लाकै कार आइपुगेको समयमा भन्सार आइपुगेका अउडीको आयातकर्ताले दायर गरेको मुद्दामा भने सर्वोच्चले एकपटक छलफलका लागि र अर्को पटक फाइल मगाउने भन्दै आदेश दिएको छ। 

उत्पादक कम्पनीबाट आधिकारिक बिक्रेता नतोकिएका कम्पनीले आयात गरेको भन्दै भन्सारले २०७६ मंसिरबाट त्यस्ता कारको जाँचपास रोक्यो। आर्थिक ऐन २०७७ आएपछि गलत बाटोबाट आयात भएको कार छुटाउन टेस्लाको आयातकर्ता श्रीमा डिस्ट्रिब्युटर्स प्रालि सर्वोच्च अदालत पुगेको थियो। श्रीमाको निवेदनमा सर्वोच्चले जेठ २६ गते अन्तरिम आदेश दिएको थियो। 

उक्त आदेशविरुद्ध भन्सार विभागले असार २ गते भ्याकेट हालेको थियो। असार ११ मा भन्सार विभागको भ्याकेट सर्वोच्चले अस्वीकार गरेपछि श्रीमाले ल्याएका दुईवटा टेस्लाका इलेक्ट्रिक कार आयातकर्तालाई भन्सारले दिनुपर्ने भयो। असार १४ गते भन्सार कार्यालय वीरगञ्जले श्रीमाका प्रतिनिधिलाई कार सुरक्षित राख्ने गरी जिम्मा लगाएको थियो।

यो पनि पढ्नुहोस्

अवैध आयात भएको टेस्ला छुटाउन सर्वोच्चको आदेशबिहीबार, असार ११, २०७७

प्रिन्सा अटोमोटिभ्सले २०७६ भदौमा पहिलोपटक तीनवटा अउडीका इलेक्ट्रिक कार नेपाल भित्र्याएको थियो। उक्त विषयमा नेपाल लाइभले आयातकर्ता कम्पनी आधिकारिक बिक्रेता नियुक्त नभइ अवैधरूपमा गाडी ल्याएको समाचार प्रकाशित गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि भन्सारले प्रिन्साले दोस्रो लटमा ल्याएका ३ वटा इलेक्ट्रिक कार र अन्य कम्पनीका ३ वटा कार जाँचपास गरेको थिएन। भन्सारले आयातकर्ताहरूलाई उत्पादक कम्पनीबाट आधिकारिक बिक्रेता नियुक्त भएको सक्कल कागजात पेश गर्न भनेको थियो। तर ती कम्पनीले सक्कल कागजात पेश गर्न सकेका थिएनन्। 

सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको आर्थिक ऐनमा निजी प्रयोजनका विद्युतीय गाडीमा लाग्दै आएको भन्सार वृद्धि र अन्तःशुल्क बढाएको थियो। नयाँ करका दर लागू भए पनि कार आयातकर्ताहरूले पुरानै करका दरअनुसार गाडी ल्याउन पाउनु पर्ने र इलेक्ट्रिक कार भएकाले बिग्रन लाग्यो भन्ने तर्कका आधारमा गाडी छुटाउन भन्सारले इन्कार गरेको भन्दै सर्वोच्च अदालत पुगेका हुन्।

गएको माघदेखि प्रिन्सा अटोमोटिभ्सले ल्याएका अउडीका ३ वटा इलेक्ट्रिक कार आयातकर्ताले भन्सारले माग गरेअनुरूप आधिकारिक बिक्रेताको प्रमाण पेश गर्न नसक्दा रोकिएको हो। कम्पनीहरूले वाणिज्य विभागमा दर्ता गरेको एजेन्सीलाई नै मुख्य कागजातका रुपमा पेश गरेका थिए।

श्रीमा डिस्ट्रिब्युटर्सले ल्याएका टेस्लाका दुईवटा कार पनि गत माघदेखि भन्सारमा रोकिएका थिए। श्रीमाले सर्वोच्चकै आदेशमा गाडी छुटाएपछि प्रिन्सा पनि गाडी छुटाउने आदेशको माग गर्दै सर्वोच्च पुगेको हो। श्रीमा र प्रिन्सार दुवैले अवैध बाटोबाटै कार आयात गरेका हुन्। टेस्ला र अउडी दुबै कम्पनीले नेपालका लागि आधिकारिक बिक्रेता तोकेका छैनन् भने उत्पादक कम्पनीले तेस्रो पक्षलाई आधिकारिक बिक्रेता नियुक्त गर्ने अधिकारसमेत दिएका छैनन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आर्थिक ऐन २०७७ अनुसार कर र ३० प्रतिशत जरीवाना तिरेर अवैध आयात भएका कार छुटाउन दिने व्यवस्था छ। तर नयाँ व्यवस्थाअनुसार कार भन्सार जाँचपास गराउँदा महँगो हुने र त्यसमाथि जरिवाना समेतले कार अझै मंहगो हुने भएपछि आयातकर्ताहरू पुरानै व्यवस्था अनुसार कार छुटाउन माग गर्दै सर्वोच्च पुगेका थिए। तर सर्वोच्चले टेस्लाका कार छुटाउन आदेश दिए पनि अउडीका कारको भने फाइल मगाउन आदेश दिएको छ। 

यसले सर्वोच्चले एकै प्रकृतिका इलेक्ट्रिक कार टेस्लालाई सुरक्षित गर्नुपर्ने देख्यो भने अउडीका कारलाई देखेन। गलत बाटोबाट आयात भएका कार सर्वोच्चको आदेशमा छुट्ने हो भने यस्तो प्रवृत्ति मौलाउन निश्चित छ। त्यसरी आयात हुने हो भने पुराना गाडीसमेत आयात हुन सक्छ।

गलत बाटोबाट टेस्लाको कार आयात गरेको श्रीमा डिस्ट्रिब्युटर्सले अदालतले सुरक्षित राख्न दिएको आदेशविपरीत कार यातायात व्यवस्था कार्यालय एकान्तकुनामा दर्ता गरेको थियो।

यो पनि पढ्नुहोस्

अवैध आयात भएको टेस्ला गाडी अदालतको आदेशविपरीत दर्ताबिहीबार, साउन १५, २०७७

त्यसरी अदालतको आदेशविपरीत कार दर्ता भएको नेपाल लाइभले लेखेपछि कार्यालयले टेस्लाका दुई कारको दर्ता खारेज गरेको थियो। त्यसैले कानुनको छिद्र प्रयोग गरेर अवैध काम गर्नेहरूलाई सर्वोच्चले चोख्याउने प्रयास गर्न नहुने कानुन व्यवसायीहरूको भनाइ छ। 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी लैजान सकिने सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने अभियानमा ग्राहकले ४.३ लाख रुपैयाँ डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्ने कम्पनीले ज... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्