• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

अवैध आयात भएको टेस्ला गाडी अदालतको आदेशविपरीत दर्ता

गाडी दर्ता नगर्न असार १६ मा भन्सारले पठायाे पत्र, यातायातले भने १८ गते नै गाडी दर्ता गराइदियो
64x64
शिव बोहरा बिहीबार, साउन १५, २०७७  ०९:२४
1140x725

काठमाडौं-सर्वोच्च अदालतको अन्तरिम आदेशको उल्लंघन गर्दै अवैधरूपमा आयात भएका दुईवटा टेस्लाका गाडी दर्ता भएको छ। श्रीमा डिस्ट्रिब्युटर्सले यी दुई गाडी अदातलको आदेश र भन्सार कार्यालयको पत्रविपरीत दर्ता गरेको पाइएको हो। 

सर्वोच्च अदालतले मुद्दाको किनारा लागेपछि मात्र कर तथा दर्ताको प्रक्रिया अघि बढाउन भन्दै गाडी सुरक्षित राख्ने गरी आयातकर्तालाई जिम्मा लागाउन भन्सार कार्यालयको नाममा अन्तरिम आदेश दिएको थियो। तर आयातकर्ता श्रीमाले यही आदेशको उल्लंघन गर्दै गाडी दर्ता गरेको भेटिएको हो। 

श्रीमा डिस्ट्रिब्युटर्सले गाडी छुटाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेकोमा सर्वोच्चले जेठ २६ गते अन्तरिम आदेश जारी गरेको थियो। वीरगञ्ज भन्सार कार्यालयले यातायात व्यवस्था विभागलाई टेस्लाका दुई गाडी दर्ता नगर्न भन्दै असार १६ मा पत्र पठाएको थियो। 

जेठ २६ गते सर्वोच्चले जारी गरेकाे अन्तरिम आदेश 

आयातकर्ता श्रीमाले ती गाडी असार १८ मा कम्पनीकै नाममा दर्ता गराएको यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी एकान्तकुना, बागमती प्रदेशको ढड्डामा छ। भन्सार कार्यालयले यातायात व्यवस्था विभागलाई पत्र पठाएकाले उक्त पत्र बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय हुँदै हालसम्म पनि कार्यालयमा आइनपुगेको कार्यालय स्रोतले जनाएको छ। 

‘सर्वोच्चमा मुद्दा परेको विषयमा हामीलाई पत्र नआएसम्म कार्यालय जानकार हुने कुरा भएन,’ स्रोतले भन्यो, ‘कागजातसहित आएपछि हामीले दर्ता गर्नुपर्ने हुन्छ। थप कुरा थाहा भएन, पत्र आयो भने कानुन र आदेशअनुसार प्रक्रिया अघि बढाउँछौं।’ 

कार्यालयको रेकर्ड अनुसार टेस्लाका दुई गाडी बागमती प्रदेश–०१–०२३ च–५६५६ र बागमती प्रदेश–०१–०२३ च–५६८८ नम्बरमा दर्ता भएका छन्। ती गाडी आयातकर्ता कम्पनी श्रीमा डिस्ट्रिब्युटर्सकै नाममा छ। गाडी दर्ता भएको ३५ दिनभित्र नामसारी गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको कार्यालयले जनाएको छ। तोकिएको अवधिमा दर्ता नभए जरिवाना तिर्नुपर्छ।

सर्वोच्चको अन्तरिम आदेशविरुद्ध भन्सार विभागले जेठ २ मा ’भ्याकेट’ माग गरेको थियो। आयातकर्ता श्रीमा डिस्ट्रिब्युटर्सको पक्षमा दिएको अन्तरिम आदेशविरुद्ध भन्सार विभागको भ्याकेट निवेदनमा अदालतले असार ११ गते अन्तरिम आदेश खारेज गर्न अस्वीकार गरेको हो। असार ११ मा भएको सुनुवाइमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले भन्सारको मागबमोजिम आदेश खारेज गर्न अस्वीकार गरेको थियो।

यो पनि पढ्नुहोस्

अवैध आयात भएको टेस्ला छुटाउन सर्वोच्चको आदेशबिहीबार, असार ११, २०७७

अदालतले भन्सारको माग अस्वीकार गरेपछि टेस्लाका गाडी छुटाउने बाटो खुलेको थियो। श्रीमा डिष्ट्रिब्युटर्सले भन्सारले साविकबमोजिमकै कर तिरेको आधारमा गाडी छुटाउन पाउनुपर्ने मागदाबी गर्दै रिट दायर गरेको थियो। तर सर्वोच्चले मुद्दाको अन्तिम किनारा लागेपछि मात्र कर र सवारी दर्ताको बाटो खुल्ने उल्लेख गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट ल्याइएसँगै नयाँ आर्थिक ऐनबाट लगाइएको जरिवाना तथा कर गैरकानुनी भएको र आफूलाई त्यसअनुसार व्यवहार गर्न नहुने मागदाबी गर्दै श्रीमा सर्वोच्च पुगेको थियो। वीरगञ्ज भन्सार कार्यालयले जाँचपास गर्दै छुटाएका गाडी कानुनविपरीत छुटेको समाचार सार्वजनिक भएपछि धादिङको गजुरीबाट फर्काइएको थियो। 

भन्सारको यार्डमा रहेका दुईवटा टेस्ला गाडी छुटाउन चाहे आयातकर्ताले जेठ १५ गते परिवर्तित करको दरअनुसार भन्सार शुल्क तिरी ३० प्रतिशत जरिवानासमेत तिरेर मात्रै छुटाउन सक्ने आर्थिक ऐनको व्यवस्था आफूलाई लागू हुन नहुने दावीसहित श्रीमा अदालत पुगेको थियो। 

भन्सार ऐन, २०६४ को दफा २८ को उपदफा ८ बमोजिम एकपटक जाँचपास भएका मालवस्तु भन्सारबाट छुटाई लैजानुपूर्व पुनः पूरा वा आंशिक जाँचपास गर्न पाइने व्यवस्था छ। श्रीमा डिस्ट्रिब्युटर्सले ल्याएका दुईवटा टेस्लाका इलेक्ट्रिक कार २०७६ माघ १५ गते भन्सार जाँचपासमा शंका लागेको भन्दै फिर्ता गरिएको थियो। 

श्रीमाले वाणिज्यबाट लिएको प्रमाणपत्रलाई आधार मानेर आफू टेस्लाको नेपालका लागि आधिकारिक बिक्रेता भएको जिकिर गरेको थियो। कम्पनीले ती कार हङकङको कम्पनीबाट किनेको थियो। कम्पनीले टेस्ला मोटर एचके लिमिटेडसँग ३१ नोभेम्बर २०१९ मा टेस्ला मोडल एक्स खरिदको सम्झौता गरेको रिटमा उल्लेख छ। २ वटा गाडी खरिद भने साउथ चाइना एक्जिम लिमिटेडसँग खरिद गरेको थियो। 

Xtrem

Xtrem

आर्थिक ऐन २०७७ मा एकपटकका लागि आधिकारिक बिक्रेता बिना नै अवैधरूपमा ल्याएका गाडी भन्सारपछि ३० प्रतिशत जरिवाना तिरेर ल्याउन पाउने व्यवस्था छ। भन्सार विभागले श्रीमा डिस्ट्रिब्युटर्स नेपाललाई सोही आधारमा गाडी छुटाउन भनेको छ। 

टेस्लाकै इलेक्ट्रिक कार नेपालमा श्रीमाका साथै अर्को कम्पनी ग्यालेक्सी अटोमोटिभ्स प्रालिले समेत आयोत गरेको थियो। सर्वोच्च अदालतले असार ११ गते भन्सारको भ्याकेट खारेज गरेपछि आयातकर्ता श्रीमा डिस्ट्रिब्युटर्स १३ गते भन्सार पुगेको थियो। १३ गते शनिबार भएकाले १४ गते आइतबार श्रीमाका प्रतिनिधिलाई भन्सार कार्यालय वीरगञ्जले टेस्लाका दुई इलेक्ट्रिक कार सुरक्षित राख्ने गरी बुझाएको थियो।

याे पनि

टेस्ला र अउडीको आधिकारिक प्रमाणपत्र दिने कम्पनी एउटै

सुरक्षित राख्ने गरी भन्सारले श्रीमालाई टेस्लाका गाडी बुझायो

प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  ०९:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी लैजान सकिने सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने अभियानमा ग्राहकले ४.३ लाख रुपैयाँ डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्ने कम्पनीले ज... आइतबार, असोज ४, २०८३
रोयल इन्फिल्ड हन्टर ३५० नयाँ भेरियन्ट र दुई नयाँ रंगमा नयाँ भेरियन्टमा अलोय ह्विल, डीजी–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, नयाँ राइडर इन्टरफेस तथा सिंगल च्यानल एबीएसलगायतका सुविधा छन्। हन्टर ३... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्