• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

टेस्ला र अउडीको आधिकारिक प्रमाणपत्र दिने कम्पनी एउटै

वाणिज्यले अर्थलाई भन्यो- आवश्यक निर्णय गर्नु, नजिर बनाउने व्यवसायीको योजना विफल
64x64
शिव बोहरा बिहीबार, माघ १६, २०७६  १२:१६
1140x725

काठमाडौं- भन्सारमा आएर रोकिएका टेस्ला र अउडीको आधिकारिक बिक्रेताको प्रमाणपत्र दिने एउटै कम्पनी भएको खुलेको छ। अउडीको इ-ट्रोन नेपाल ल्याउने प्रिन्सा अटोमोटिभ्स र टेस्लाको इलेक्ट्रिक कार ल्याउने ग्यालेक्सी अटोमोटिभ्सले एउटै कम्पनी जेम्सन कार्टर प्रालिबाट आधिकारिक बिक्रेताको प्रमाणपत्र दिएको पाइएको हो। 

जेम्सन कार्टर प्रालि बेलायतको आयात/निर्यात व्यवसाय गर्ने कम्पनी हो। यो कम्पनी कुनै पनि सवारी बिक्रेताको आधिकारिक बिक्रेता होइन। कार्टरले केवल सामान खरिद गर्ने र अर्को कम्पनीलाई बिक्री गर्ने काम गर्छ। यस अर्थ यो कम्पनीले बिचौलियाको काम गर्छ। तर नेपालका सवारी माफियाहरुले त्यही कम्पनीको कागजात पेस गरी सवारी आयात गरेका हुन्। 

प्रिन्सा र ग्यालेक्सी दुवैले जेम्सन कार्टरले दिएको प्रमाणका आधारमै वाणिज्य विभागले आधिकारिक एजेन्सी दर्ता गरेको र त्यही कागजात भन्सारमा पेस गरिएको हो। यसअघि प्रिन्सा अटोमोटिभ्सले त्यही कागजातका आधारमा ल्याएको अउडीको इ-ट्रोन भन्सारले पास गरेर भित्रिएको थियो। जुन गाडी अहिले सडकमा गुडिरहेका छन्। 

वाणिज्य विभाग र भन्सार विभागले कम्पनीहरुले पेस गर्ने कागजातमा ध्यान नदिँदा अवैध कारोबार गर्ने प्रवृत्ति मौलाएको हो। अउडीको कार अवैध रुपमा आयात भएको समाचार नेपाल लाइभले लेखेपछि भन्सारले आधिकारिकताको प्रमाण पेस गर्न भनेपछि यो तथ्य बाहिर आएको हो। 

भदौमा प्रिन्साले ल्याएको ३ वटा अउडीको कार भन्सार पास भए पनि त्यसपछि आएका अउडीकै ३ वटा, ग्यालेग्सीले ल्याएको टेस्ला, किशोर गेयरले ल्याएका ज्यागुअरको इलेक्ट्रिक कार र अन्य केही हाइब्रिड कार भन्सारमै रोकिएका छन्। उनीहरुले आधिकारिकताको प्रमाणपत्र पेस गर्न नसक्दा समस्या आएको भन्सार विभागले जनाएको छ। 

चोर बाटो प्रयोग गरेर ल्याइएका सवारी चोर बाटोबाटै पास गराउने व्यवसायीको योजना विफल भएको छ। उनीहरुले कम्पनीसँग असम्बन्धित पक्षसँग ल्याएको प्रमाणका आधारमा वाणिज्यमा एजेन्सी दर्ता गरेको र त्यही कागज भन्सारलाई देखाएका थिए। वाणिज्यले भन्सारले यस विषयमा प्रश्न उठाएपछि छानबिन गर्दा एउटै कम्पनीले दुई बेग्लै ब्रान्डका गाडीको आधिकारिक प्रमाणपत्र पेस गरेको पाइएको वाणिज्य उच्च स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

‘हामीले वाणिज्यमा दर्ता हुँदा पेस गरेको कागजपत्र छानबिन गर्यौंज,’ स्रोतले भन्यो, ‘दुवै ब्रान्डका गाडी एउटै कम्पनीले दिएको आधिकारिक प्रमाणपत्रका आधारमा आएको पाइएको छ। हामीले अर्थ मन्त्रालय र भन्सार विभागलाई पेस भएको कागजात सहित सबै विवरण लेखिपठाएका छौं।’ यसबारे के गर्ने भन्ने निर्णय गर्ने अधिकार भन्सार ऐन अनुसार अर्थमन्त्रालयलाई नै रहेको स्रोतको भनाइ छ। 

यसबारे अर्थ मन्त्रालयले के गर्छ भन्ने जिज्ञासा राख्दा अर्थका अधिकारीहरु औपचारिक प्रतिक्रिया दिनबाट पन्छिएका छन्। भन्सार ऐन र अन्य कानुन अनुसार अर्थले भन्सारलाई निर्देशन दिने भन्दै उनीहरुले प्रतिक्रिया दिन इन्कार गरेका छन्। 

Ncell 2
Ncell 2

पुस पहिलो साता सिर्सिया भन्सार कार्यालयले पठाएको चिठी भन्सार विभागले अर्थ मन्त्रालय 'फर्वार्ड’ गर्दै राय माग गर्योो तर अर्थमा पत्र आइपुगेको थाहा पाएपछि तीन वटै आयातकर्ताले आफूहरुसँग एजेन्सी दर्ताको प्रमाणपत्र रहेको भन्दै वैधानिक रुपमा गाडी भित्र्याएको दावी गरिरहेका छन्। 

वाणिज्य विभागमा आफ्नो एजेन्सी दर्ता रहेको उनीहरुको दावी छ। ग्यालेक्सी अटोमोटिभ्सका प्रतिनिधि दिवाकर कार्कीले बेलायतमा रहेको आयात/निर्यात कम्पनी जेम्सन कार्टरसँग आफूहरुले आधिकारिक आयातकर्ताको प्रमाणपत्र लिएर वाणिज्य विभागमा एजेन्सी दर्ता गरेको दावी गरे। ग्यालेक्सीले टेस्ला गाडीको आधिकारिक बिक्रेता जेम्सनबाट पाएको दावी गरे पनि यही कम्पनीले नेपालमा रहेको प्रिन्सा अटोमोटिभ्सलाई अउडीको आधिकारिक बिक्रेताको प्रमणपत्रसमेत दिएको थियो। 

फरक-फरक ब्राण्डका अमेरिकी र जर्मन गाडीको आधिकारिक बिक्रेता दावी गर्दै जेम्सन कार्टरले दिएको प्रमाणपत्रकै भरमा वाणिज्य विभागले दुई वटा नेपाली कम्पनीलाई गाडी आयातको एजेन्सीका रुपमा दर्ता गरिदिँदा भन्सारले अप्ठेको भएको दाबी गरेको थियो। यसबारे प्रष्ट पारेर वाणिज्यले अर्थमन्त्रालयलाई पत्र पठाएकाले अब गाडी जफत गर्ने वा गैर कानुनी कामलाई प्रसय दिइनै रहने भन्ने कुरा अर्थकै पोल्टामा पुगेको छ। 

सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको आर्थिक ऐनमा सवारी साधन पैठारीसम्बन्धी विशेष व्यवस्था गरेको छ। यस्तै व्यवस्था विगतका आर्थिक ऐनमा समेत थियो। व्यवसायीहरुकै आग्रहमा सरकारले विगत १० वर्षभन्दा अघिदेखि आधिकारिक बिक्रेताले मात्र नेपालमा सवारी आयात गर्न पाउने व्यवस्था भन्सार ऐनमै गर्दै आएको छ। 

ऐनको दफा १२ मा सवारी वा ढुवानीका साधन पैठारी गर्दा देहायका सर्तहरु पालना गर्नुपर्ने छ भनी लेखिएको छ। जसको बुँदा ‘क’मा निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधन नेपालस्थित आधिकारिक बिक्रेताले मात्र पैठारी गर्न पाउनेछन्। त्यस्तै सोही उपदफाको बुँदा ‘ङ’ मा ‘यस उपदफको खण्ड ‘क’ वा खण्ड ‘ख’ मा उल्लिखित सर्तहरू उल्लंघन गरी पैठारी गरिएको सवारी वा ढुवानीका साधनहरु जफत गर्न सकिने छ’ उल्लेख छ।

भन्सार ऐन आकर्षित हुनेगरी व्यवसायीले अवैध काम गर्दा अर्थमन्त्रालयले ५ महिनादेखि कुनै निर्णय गर्न सकेको छैन। वाणिज्यले दिएको आधिकारिक एजेन्सीका कारण भन्सार ऐन अनुसार कारबाही गर्न अप्ठेरो भएको अर्थ बताउँदै आएको थियो। अब भने वाणिज्यले एकै कम्पनीले दुई ब्रान्डका सवारीलाई आधिकारिकता दिन नमिल्ने आसयको पत्र अर्थलाई पठाएको जनाएको छ। 

सिर्सियामा गाडी रोकिएपछि वीरगञ्जबाट ल्याइयो
गत असोजदेखि आधिकारिकताको प्रमाणपत्र पेस गर्न नसक्दा १ दर्जनभन्दा बढी इलेक्ट्रिक तथा हाइब्रिड गाडी सिर्सिया भन्सारमै रोकिएका छन्। तर मंगलबार वीरगञ्ज भन्सारबाट अवैध रुपमा आएका टेस्लाका दुई इलेक्ट्रिक कार पास भएका हुन्। आधिकारिकता नखुलेको र त्यस्तै प्रकृतिका गाडी सिर्सियामा रोकिएकाले अर्थमन्त्रालयले उक्त गाडी नियन्त्रणमा लिन बुधबार निर्देशन दिएको थियो। 

लगत्तै वीरगञ्ज भन्सार कार्यालयबाट जाँचपास भएको दुई वटा टेस्ला गाडी अर्थ मन्त्रालयले नियन्त्रणमा लिएको छ। काठमाडौं ल्याइँदै गरेको अवस्थामा भन्सारको विशेष टोलीले धादिङबाट ती दुई गाडी नियन्त्रणमा लिइएको अर्थ मन्त्रालयले जनाएको छ। 

साउथ चाइना एक्जिम लिमिटेडले उपलब्ध आयातकर्ता श्रीमा डिष्ट्रिब्युटर्स प्रालिलाई दिएको भन्सार कमर्सियल इन्भोइसअनुसार दुई वटा गाडी २ लाख १० हजार अमेरिकी डलरमा भित्र्याइएको थियो। आधिकारिक आयातकर्ता विना भित्र्याइएका ती गाडी बुधबार बेलुकी नियन्त्रणमा लिइएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ। 

आयातकर्ताले प्रतिगाडी १२ लाख २० हजार १२० रुपैयाँ भन्सार राजस्व, १७ लाख ४४ हजार ७७१ रुपैयाँ मूल्य अभिवृद्धि कर र ६ लाख ६ हजार ६४४ रुपैयाँ सडक विकास दस्तुर तिरेर भित्र्याएका थिए। तर जाँचपास प्रक्रियामा त्रुटि भएको भन्दै सरकारले गाडी नियन्त्रणमा लिएको हो।

नजिर बनाउने व्यवसायीको योजना विफल
उत्पादक कम्पनीले आधिकारिक बिक्रेता नदिने भएपछि व्यवसायीहरु तेस्रो पक्षसँग सवारी खरिद गरेर नेपाल ल्याउने प्रवृत्ति बढ्दै गएको छ। प्रिन्सा अटोमोटिभ्सले जर्मन विलासी कार उत्पादक अउडीको ३ अटा इलेक्ट्रिक कार नेपाल भित्र्यायो। उक्त कार प्रिन्साले जेम्सन कार्टरसँग किनेको हो। जेम्सन कार्टर न अउडी उत्पादक न त आधिकारिक बिक्रेता दिन सक्ने अधिकार पाएको एजेन्सी। 

तर त्यही कम्पनीसँग किनिएको गाडी नेपाल आयो। तर त्यही बाटो प्रयोग गरेर प्रिन्साले पुनः र ग्यालेक्सीले टेस्लाको इलेक्ट्रिक कार नेपाल ल्यायो। तर भन्सारले आधिकारिक प्रमाणपत्र मागेपछि समस्या बल्झियो। 

यस्तैमा श्रीमा डिष्ट्रिब्युटर्सले साउथ चाइन एक्जिम लिमिटेडसँग किनिएको दुई वटा टेस्लाका इलेक्ट्रिक कार सिर्सियाबाट नभई वीरगञ्ज भन्सारबाट पास गरेर मंगलबार नेपाल भित्र्यायो। व्यवसायीहरुले सिर्सियामा रोकिएका सवारी छुटाउन यसलाई नजिरको रुपमा स्थापित गर्न चाहन्थे। केही हससम्म व्यवसायीहरु यसमा सफल देखिए। तर अर्थमन्त्रालय त्यतिबेला ब्युँझियो जतिबेला सिर्सियामा यस्तै प्रक्रियाबाट आएका गाडी त रोकिएका छन् भन्ने थाहा पायो। 

त्यस लगत्तै अर्थले टेस्लाका लागि ल्याएको गाडी नै नियन्त्रणमा लिएर भन्सारमै फर्काउन दिर्नेशन दियो। अर्थको टोलीले गाडी नियन्त्रणमा लिइसकेको र भन्सार लैजाने क्रममा रहेको छ। योसँगै व्यवसायीको योजना बिफल भएको छ।

यो पनि पढ्नुहोस्

अर्थ मन्त्रालय र वाणिज्यको मिलेमतोमा अवैध विलासी गाडी वैध बनाउने खेल

ल्यान्ड रोभरका गाडी ३ वर्षदेखि अवैध आयात : सरकार मौन, प्रवृत्ति मौलाउँदो

प्रिन्साले भित्र्याएको अउडी कार अवैध, जफत हुन सक्ने : आर्थिक ऐन

प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  १२:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
डडेल्धुराको रास्वपा टोलीसँग राखेर बालेनले भने- सागर ढकालनै डडेल्धुराको फिक्स्ड उम्मेदवार हो बुधबार, पुस ३०, २०८२
कांग्रेसलाई ठूलो क्षति भयो : चन्द्र भण्डारी बुधबार, पुस ३०, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता बुधबार, पुस ३०, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन थापाले भने : ‘म भरोसा दिलाउँछु, विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिन्छ’ बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्