Vianet Content Block Ad new Vianet Content Block Ad new
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर १०, २०८२ Wed, Nov 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

अर्थ मन्त्रालय र वाणिज्यको मिलेमतोमा अवैध विलासी गाडी वैध बनाउने खेल

आधिकारिक बिक्रेताको प्रमाणपत्र बिना नै एजेन्सी दर्ता
64x64
नेपाल लाइभ मंगलबार, माघ ७, २०७६  १९:२३
1140x725

काठमाडौं- सवारी साधन भित्र्याउन आवश्यक पर्याप्त कानुनी आधार विना नेपाल भित्रिएका महँगा १२ गाडीको आयातलाई वैधानिक बनाउने चलखेल सुरु भएको छ।

प्रिन्सा अटोमोटिभ्स, किशोर गेयर र ग्यालेक्सी अटोमोटिभ्सले आयात गरेका हाइब्रिड र इलेक्ट्रिक गाडीको आयात शंकास्पद रहेको भन्दै भन्सार कार्यालयले जाँचपास प्रक्रिया रोकेपछि ती गाडीलाई वैध बनाएर भन्सार जाँचपास प्रक्रिया अघि बढाउन चलखेल शुरु भएको हो।

यिनै गाडी छुटाउने वा लिलाम गर्ने विषयमा भन्सार कार्यालयले भन्सार विभागसँग राय मागेको थियो। 

पुस पहिलो साता कार्यालयले पठाएको चिठी विभागले अर्थ मन्त्रालय 'फर्वार्ड' गर्दै राय माग गर्‍यो तर अर्थमा पत्र आइपुगेको थाहा पाएपछि तीनैवटै आयातकर्ताले आफूहरुसँग एजेन्सी दर्ताको प्रमाणपत्र रहेको भन्दै वैधानिकरुपमा गाडी भित्र्याएको दावी गरिरहेका छन्। 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आफ्नो एजेन्सी दर्ता रहेको उनीहरुको दावी छ। ग्यालेक्सी अटोमोटिभ्सका प्रतिनिधि दिवाकर कार्कीले बेलायतमा रहेको आयात-निर्यात कम्पनी जेम्सन कार्टरसँग आफूहरुले आधिकारिक आयातकर्ताको प्रमाणपत्र लिएर वाणिज्य विभागमा एजेन्सी दर्ता गरेको दावी गरे। ग्यालेक्सीले टेस्ला गाडीको आधिकारिक विक्रेता जेम्सनबाट पाएको दावी गरे पनि यही कम्पनीले नेपालमा रहेको प्रिन्सा अटोमोटिभ्सलाई अउडीको आधिकारिक बिक्रेताको प्रमणपत्रसमेत दिएको थियो। 


फरक-फरक ब्राण्डका अमेरिकी र जर्मन गाडीको आधिकारिक बिक्रेता दावी गर्दै जेम्सन कार्टरले दिएको प्रमाणपत्रकै भरमा वाणिज्य विभागले दुईवटा नेपाली कम्पनीलाई गाडी आयातको एजेन्सीका रुपमा दर्ता गरिदिएको छ। अर्थ मन्त्रालयले विस्तृत अनुसन्धानै नगरी यही प्रमाणपत्रका आधारमा भन्सार विभागलाई स्वविवेक प्रयाेग गर्न सक्नेगरी  'कानुनबमोजिमको कारबाही गर्नु' भन्ने व्यहोराको पत्र पठाएको छ। 

यसले वाणिज्यले दिएको एजेन्सी दर्तालाई नै आधार मान्दै अर्थ मन्त्रालय पनि यी गाडीलाई वैधता दिने गरी अघि बढेको देखिएको छ। अर्थले एजेन्सी दर्ताकै प्रमाणपत्रका आधारमा आयातकर्ताले प्रतितपत्र(एलसी)खोलेको र महँगा गाडी आयातका लागि नेपालले विदेशी मुद्रासमेत भुक्तानी गरिसकेको भन्दै ती गाडी छुटाउन 'ग्रिन सिग्नल' दिएको  देखिन्छ। पहिला अर्थ मन्त्रालयका अधिकारी यी गाडीबारे निर्णय गर्न हच्किएका थिए। वाणिज्यको पत्रपछि भने उनीहरु एकाएक लचिलो बनेकाे देखियो। 

Ncell 2
Ncell 2

‘भन्सार ऐनअनुसार जाने हो भने ती सबै गाडी अवैध आयात हुन्,’ अर्थ मन्त्रालयको उच्च स्रोतले भन्यो, ‘तर वाणिज्य विभागले भन्सार ऐनको ख्याल नै नगरी आफ्नो ढंगले नेपालमा एजेन्सी दर्ता गरिदिँदा गम्भीर समस्या आएको छ। हामी भन्सार कार्यालयलाई गाडी दर्ता गर भन्न सक्ने अवस्थामा छैनौं, नगर पनि भन्न सक्दैनौं।’

वाणिज्य विभागको निर्णयले अवैध आयातको बाटो खुलाएको हो। उसले गाडीको उत्पादकबाट जारी भएको प्रमाणपत्र विना नै एजेन्सी दर्ता गरिदिएर अबैध आयातकर्तालाई सजिलो बनाइदिएको छ। विभागका जिम्मेवार अधिकारी चुकेपछि विभाग अहिले  भन्सार ऐनअनुसार नै सवारी आयात गर्न दिने वा नदिने जिम्मा भन्सार विभागको भएको भन्दै तर्कन थालेका छन्।  

'हामीले पनि उत्पादक कम्पनीको आधिकारिक बिक्रेताको प्रमाणका आधारमा एजेन्सी दर्ता गर्ने हो,’ विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले नेपाल लाइभसँग भने, ‘विभागले दिने आधिकारिक एजेन्सी प्रमाणका साथै भन्सार कार्यालयले आफ्नो कानुनआनुसार काजगात हेरेर आयातको अनुमति दिने/नदिने निर्णय गर्न सक्छ।’ 

एउटा सरकारी निकायले बनाएको कानुन अर्को निकायले काट्ने भन्ने अवस्था नरहेको उनले दावी गरे। विभागले उत्पादकको आधिकारिक प्रमाण नभइ एजेन्सी दर्ता गर्ने नगरेको भन्दै सुवेदीले भने, ‘भन्सारले आफ्नो ऐनअनुसार आयातको अनुमति दिने कुरामा वाणिज्यका कारण समस्या आयो भने हामी सहजीकरण गर्न तयार छौं।’

के हो यो प्रकरण?
गएको असोजमा ल्यान्ड रोभरका गाडी ३ वर्षदेखि अवैधरुपमा आयात भएको समाचार नेपाल लाइभले खुलासा गरेको थियो। त्यसयता उत्पादक कम्पनीले आधिकारिक बिक्रेता नतोकेका आयातकर्ताले ल्याएका गाडी सिर्सिया भन्सार कार्यालयले दर्ता गरेको छैन। अहिले भन्सारमा यही ल्यान्ड रोभरकै गाडी पनि अड्किएको छ।

यसअघि प्रिन्सा अटोमोटिभ्सले पनि आधिकारिक बिक्रेता बिनै अउडीका इलेक्ट्रिक कार नेपाल भित्र्याएको थियो। कम्पनीले ३ वटा गाडी ल्याएर बिक्री गरिसकेको छ भने आधिकारिक बिक्रेताको प्रमाण पेश गर्न नसक्दा थप ३ वटा गाडी भन्सारमै रोकिएको छ। त्यस्तै भन्सारमा अमेरिकी इलेक्ट्रिक कार उत्पादक कम्पनी टेस्लाको कार, ज्यागुअरको इलेक्ट्रिक कार आइपेस लगायत अन्य विभिन्न कम्पनीका करिब १ दर्जन इलेक्ट्रिक तथा हाइब्रिड कार भन्सारमै रोकिएका छन्। 

सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको आर्थिक ऐनमा सवारीसाधन पैठारीसम्बन्धी विशेष व्यवस्था गरेको छ। यस्तै व्यवस्था विगतका आर्थिक ऐनमासमेत थियो। व्यवसायीहरुकै आग्रहमा सरकारले विगत १० वर्षभन्दा अघिदेखि आधिकारिक बिक्रेताले मात्र नेपालमा सवारी आयात गर्न पाउने व्यवस्था भन्सार ऐनमै गर्दै आएको छ। 

ऐनको दफा १२ मा सवारी वा ढुवानीका साधन पैठारी गर्दा देहायका सर्तहरु पालना गर्नुपर्नेछ भनी लेखिएको छ। जसको बुँदा ‘क’मा निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधन नेपालस्थित आधिकारिक बिक्रेताले मात्र पैठारी गर्न पाउनेछन्। त्यस्तै सोही उपदफाको बुँदा ‘ङ’ मा ‘यस उपदफको खण्ड ‘क’ वा खण्ड ‘ख’ मा उल्लिखित सर्तहरू उल्लंघन गरी पैठारी गरिएको सवारी वा ढुवानीका साधनहरु जफत गर्न सकिने छ’ उल्लेख छ।

यो पनि पढ्नुहोस्: 

ल्यान्ड रोभरका गाडी ३ वर्षदेखि अवैध आयात : सरकार मौन, प्रवृत्ति मौलाउँदो 

प्रिन्साले भित्र्याएको अउडी कार अवैध, जफत हुन सक्ने : आर्थिक ऐन

ऐनविपरीत प्रिन्साले 'अउडी'को एउटै विद्युतीय कारमा लियो ४६ लाख रुपैयाँ नाफा

प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  १९:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित
एनपीएल-२ : विराटनगरको पहिलो हार, रञ्जितले लिए पाँच विकेट
दल दर्ताको समय चार दिन थपियो
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
फेरि सर्‍यो काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार, मंसिर १०, २०८२
एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान बुधबार, मंसिर १०, २०८२
विशेष महाधिवेशन पक्षधरको सभा सम्पन्न बुधबार, मंसिर १०, २०८२
थाइल्यान्ड र मलेसियामा भीषण बाढी: ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित बुधबार, मंसिर १०, २०८२
रास्वपा र विवेकशील साझाबीच एकता हुँदै, आइतबार घोषणा हुने बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
ईश्वर पोखरेलद्वारा एमाले अध्यक्षमा उम्मेदवारी घोषणा मंगलबार, मंसिर ९, २०८२
मन्त्रिपरिषद्का १४ निर्णय सार्वजनिक (सूचीसहित) मंगलबार, मंसिर ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्