• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

ऐनविपरीत प्रिन्साले 'अउडी'को एउटै विद्युतीय कारमा लियो ४६ लाख रुपैयाँ नाफा

सरकारको राहत, उपभोक्तालाई आहत!
64x64
शिव बोहरा सोमबार, भदौ २३, २०७६  १०:०८
1140x725

काठमाडौं- नेपाली बजारमा 'अउडी'को इलेक्ट्रिक कार 'इ-ट्रोन' ल्याएको प्रिन्सा अटोमाबाइल्स प्रालिले एउटा गाडीमा ४६ लाख रुपैयाँभन्दा धेरै नाफा राखेको खुलेको छ। प्रिन्साले अउडी इ-ट्रोनको भन्सार घोषणा मूल्य ७२ हजार ४ सय ५० पाउन्ड स्टर्लिङमा खरिद गरेको देखिन्छ। भन्सार महशुललगायत सबै करसहित कारको मूल्य १ करोड २८ लाख ७२ हजार ८ सय ६२ रुपैयाँ हुन्छ।

तर, कम्पनीले एउटा कार १ करोड ७५ लाख रुपैयाँमा बिक्री गरिरहेको छ। नेपाल लाइभलाई प्राप्त अउडी इ-ट्रोनको भन्सार प्रज्ञापनपत्र र प्रिन्सा अटोमोबाइल्सले कार बिक्रीपछि उपभोक्तालाई दिएको बिलका आधारमा यो तथ्य खुलेको हो।

प्रिन्सा अटोमोबाइल्सले प्रतिगाडी ४६ लाख २७ हजार १ सय ३८ रुपैयाँ नाफा राखेको छ। विद्यमान कानुनअनुसार कुनै पनि सामान बिक्री गर्दा २० प्रतिशतभन्दा बढी नाफा राख्न पाँइदैन। तर, प्रिन्सा अटोमोबाइल्सले सरकारले इलेक्ट्रिक सवारीमा दिएको छुट सुविधा उपयोग गर्दै उपभोक्ताबाट भने अत्याधिक रकम उसुलेको पाइएको हो। 

प्रिन्साले पहिलो चरणमा ३ वटा इ-ट्रोन गाडी नेपाल ल्याएको थियो। त्यसमध्ये २ वटा बिक्री भइसकेको छ भने एउटा बिक्री हुने चरणमा छ।

अउडी इ-ट्रोनको खरिद मूल्य कति?
प्रिन्सा अटोमोबाइल्सले जर्मन सावरी उत्पादक कम्पनी अउडीको इ-ट्रोन बेलायतबाट खरिद गरेको देखिन्छ। यो कारको ‘कन्ट्री अफ ओरिजिन’ बेल्जियम उल्लेख छ।

बेलायतबाट खरिद गरिएकाले यो कारको भुक्तानी पाउन्ड स्टर्लिङमा गरिएको छ। प्रिन्साले अउडी इ–ट्रोनलाई प्रतिएकाई ७२ हजार ४ सय ५० पाउन्ड स्टर्लिङ खर्चिएको छ।

इलेक्ट्रिक कार इ-ट्रोनमा लाग्ने कर र त्यसपछिको मूल्य
इ-ट्रोनको खरिद मूल्य ७२ हजार ४ सय ५० पाउन्ड हो। प्रज्ञापनपत्रमा उल्लेख भएअनुसार त्यो दिनको १ पाउन्ड स्टर्लिङको नेपाली सटही दर १३७.४४ रुपैयाँ छ। त्यस हिसाबले इ-ट्रोनको भन्सार घोषणा मूल्य ९९ लाख ५७ हजार ५ सय २७ रुपैयाँ हुन्छ।

यसमा १० प्रतिशत भन्सार, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र ४ प्रतिशत सडक मर्मत तथा सम्भार दस्तुर गरी २९ लाख १५ हजार ३ सय ३४ रुपैयाँ सरकारलाई राजस्व बुझाएको छ। खरिद मूल्य तथा सरकारलाई बुझाएको राजस्वसहित एउटा कार नेपाल भित्रिँदाको लागत मूल्य १ करोड २८ लाख ७२ हजार ८ सय ६२ रुपैयाँ हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रिन्साले लिएको नाफा 
अउडीको इ-ट्रोनको खरिद गरिएको लागत, सरकारले तोकेको सबै करपछिको मूल्य १ करोड २८ लाख ७२ हजार ८ सय ६२ रुपैयाँ हो। प्रिन्सा अटोमोबाइल्सले यो कारको नेपाली बजार मूल्य १ करोड ७५ लाख रुपैयाँ तोकेको छ। यो मूल्य प्रिन्साले गाडी खरिद गर्ने ग्राहकलाई दिएको बिजकबाट लिइएको हो।

इ-ट्रोनको बिक्री मूल्य १ करोड ७५ लाखबाट करपछिको मूल्य १ करोड २८ लाख ७२ हजार ८ सय ६२ रुपैयाँ घटाउँदा ४६ लाख २७ हजार १ सय ३८ रुपैयाँ हुन्छ। प्रिन्साले एकै गाडीबाट उक्त रकम नाफा खाएको देखिन्छ। प्रिन्साले कालाबजारी ऐन अनुसार अउडी इ-ट्रोनको बिक्री मूल्य १ करोड ५४ लाख ४७ हजार ४ सय ३४ रुपैयाँ कायम गर्नुपर्थ्यो।

यसरी हेर्दा प्रिन्साले २० लाख ५२ हजार रुपैयाँ अतिरिक्त नाफा लिएको हो। 'कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन'ले मालवस्तुको व्यापार गर्नेले व्यापार प्रचलनअनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिन नपाइने व्यवस्था रहेको छ।

इलेक्ट्रिक सवारीमा सरकारले तोकेको कर
सरकारले वातावरणमैत्री सवारीलाई प्रोत्साहन दिने उद्देश्यले विद्युतीय सवारीमा लाग्ने अन्तःशुल्क मिनाहा गर्दै १० प्रतिशतमात्र भन्सार लाग्ने व्यवस्था गरेको छ। सार्वजनिक प्रयोजनमा ल्याइने इलेक्ट्रिक सवारीमा १ प्रतिशतमात्रै भन्सार लाग्ने कानुन सरकारले बनाएको छ।

डिजेल/पेट्रोलबाट चल्ने प्यासेन्जर कारमा मूल्यको ७४.४ प्रतिशत भन्सार लाग्दै आएको छ भने सवारीको इन्जिन क्षमताका आधारमा ६० देखि १०० प्रतिशतसम्म अन्तःशुल्क लाग्छ।

त्यस्तै इलेक्ट्रिक सवारीमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ। अन्य सवारीमा मूल्यको ८ प्रतिशत सडक मर्मत तथा सम्भार दस्तुर लाग्छ भने इलेक्ट्रिक सवारीमा ४ प्रतिशतमात्र उक्त दस्तुर लाग्ने व्यवस्था सरकारले गरेको छ। यसका साथै इलेक्ट्रिक सवारीमा ब्लु-बुक नवीकरणबाहेकका अन्य वार्षिक सवारी कर लाग्दैन।

सरकारको राहत, उपभोक्तालाई आहत
सरकारले वातावरणमैत्री इलेक्ट्रिक सवारीमा भारी कर छुट दिएपछि विश्वका विलासी कार उत्पादक कम्पनीले उत्पादन गरेका इलेकिट्रक कार नेपाल भित्रिएका छन्। यसैका आधारमा जर्मन विलासी कार उत्पादक कम्पनी अउडीले उत्पादन गरेको इलेक्ट्रिक कार इ-ट्रोन नेपाल भित्रिएको हो।

सवारी व्यवसायीले सरकारले दिएको कर छुटको उपयोग गर्दै महँगा गाडी नेपाल ल्याएका हुन्। तर, कर छुटको उपयोग गरी नेपाल ल्याइएका इलेक्ट्रिक कारको खरिदमा उपभोक्ताले भने राहतको साटो आहत पाएका छन्। कर छुटमा ल्याइएका कारबाट व्यवसायीले मनग्ये नाफा लिँदा उपभोक्ताले सहुलियत दरमा सवारी खरिद गर्नबाट वञ्चित हुनुपरेको छ।

सरकारले व्यवसायीको यस्तो रबैया तत्काल नियन्त्रण गर्न जरुरी रहेको उपभोक्ता अधिकाकर्मीहरु बताउँछन्। सरकारले दिएको छुटको अनुभुति नागरिकले गर्न पाउने वातावरण बनाउन भएका कानुनको कार्यान्वयनमात्र पनि पर्याप्त हुने उनीहरुको भनाइ छ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६  १०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
‘नाडा अटो शो’को आज चौथो दिन, बुकिङ गर्नेले चाडपर्वमा गाडी पाउने भदौ १० गते अप्रत्याशित रुपमा भोटेकोशीमा आएको बाढीका कारण ठूलो जनधनको क्षेती पुग्यो । यसबाट अटोमोबाइल्स क्षेत्रपनि निकै प्रताडित बन्न... शुक्रबार, भदौ १२, २०८३
‘यात्री पीटू’ निर्मातालाई अर्थमन्त्री भने– अघि बढ्नुहोस्, सरकार साथमा छ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताएका छन्। आइतबार, साउन ३१, २०८३
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
ताजा समाचारसबै
आफैंलाई साढे ३ करोड क्षति हुँदा पनि वर्ल्डलिंकले बाढीपीडितलाई १ करोड १ लाख दियो सोमबार, भदौ २२, २०८३
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ सोमबार, भदौ २२, २०८३
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, भदौ २२, २०८३
एनपीएलको मिडिया र टिकेटिङ अधिकार ३३ करोडभन्दा बढीमा बिक्री सोमबार, भदौ २२, २०८३
रसुवा जाने वैकल्पिक सडक सञ्चालनमा, ठूला सवारी दुईतर्फी चल्ने सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्