• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

ऐनविपरीत प्रिन्साले 'अउडी'को एउटै विद्युतीय कारमा लियो ४६ लाख रुपैयाँ नाफा

सरकारको राहत, उपभोक्तालाई आहत!
64x64
शिव बोहरा सोमबार, भदौ २३, २०७६  १०:०८
1140x725

काठमाडौं- नेपाली बजारमा 'अउडी'को इलेक्ट्रिक कार 'इ-ट्रोन' ल्याएको प्रिन्सा अटोमाबाइल्स प्रालिले एउटा गाडीमा ४६ लाख रुपैयाँभन्दा धेरै नाफा राखेको खुलेको छ। प्रिन्साले अउडी इ-ट्रोनको भन्सार घोषणा मूल्य ७२ हजार ४ सय ५० पाउन्ड स्टर्लिङमा खरिद गरेको देखिन्छ। भन्सार महशुललगायत सबै करसहित कारको मूल्य १ करोड २८ लाख ७२ हजार ८ सय ६२ रुपैयाँ हुन्छ।

तर, कम्पनीले एउटा कार १ करोड ७५ लाख रुपैयाँमा बिक्री गरिरहेको छ। नेपाल लाइभलाई प्राप्त अउडी इ-ट्रोनको भन्सार प्रज्ञापनपत्र र प्रिन्सा अटोमोबाइल्सले कार बिक्रीपछि उपभोक्तालाई दिएको बिलका आधारमा यो तथ्य खुलेको हो।

प्रिन्सा अटोमोबाइल्सले प्रतिगाडी ४६ लाख २७ हजार १ सय ३८ रुपैयाँ नाफा राखेको छ। विद्यमान कानुनअनुसार कुनै पनि सामान बिक्री गर्दा २० प्रतिशतभन्दा बढी नाफा राख्न पाँइदैन। तर, प्रिन्सा अटोमोबाइल्सले सरकारले इलेक्ट्रिक सवारीमा दिएको छुट सुविधा उपयोग गर्दै उपभोक्ताबाट भने अत्याधिक रकम उसुलेको पाइएको हो। 

प्रिन्साले पहिलो चरणमा ३ वटा इ-ट्रोन गाडी नेपाल ल्याएको थियो। त्यसमध्ये २ वटा बिक्री भइसकेको छ भने एउटा बिक्री हुने चरणमा छ।

अउडी इ-ट्रोनको खरिद मूल्य कति?
प्रिन्सा अटोमोबाइल्सले जर्मन सावरी उत्पादक कम्पनी अउडीको इ-ट्रोन बेलायतबाट खरिद गरेको देखिन्छ। यो कारको ‘कन्ट्री अफ ओरिजिन’ बेल्जियम उल्लेख छ।

बेलायतबाट खरिद गरिएकाले यो कारको भुक्तानी पाउन्ड स्टर्लिङमा गरिएको छ। प्रिन्साले अउडी इ–ट्रोनलाई प्रतिएकाई ७२ हजार ४ सय ५० पाउन्ड स्टर्लिङ खर्चिएको छ।

इलेक्ट्रिक कार इ-ट्रोनमा लाग्ने कर र त्यसपछिको मूल्य
इ-ट्रोनको खरिद मूल्य ७२ हजार ४ सय ५० पाउन्ड हो। प्रज्ञापनपत्रमा उल्लेख भएअनुसार त्यो दिनको १ पाउन्ड स्टर्लिङको नेपाली सटही दर १३७.४४ रुपैयाँ छ। त्यस हिसाबले इ-ट्रोनको भन्सार घोषणा मूल्य ९९ लाख ५७ हजार ५ सय २७ रुपैयाँ हुन्छ।

यसमा १० प्रतिशत भन्सार, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र ४ प्रतिशत सडक मर्मत तथा सम्भार दस्तुर गरी २९ लाख १५ हजार ३ सय ३४ रुपैयाँ सरकारलाई राजस्व बुझाएको छ। खरिद मूल्य तथा सरकारलाई बुझाएको राजस्वसहित एउटा कार नेपाल भित्रिँदाको लागत मूल्य १ करोड २८ लाख ७२ हजार ८ सय ६२ रुपैयाँ हुन्छ।

Ncell 2
Ncell 2

प्रिन्साले लिएको नाफा 
अउडीको इ-ट्रोनको खरिद गरिएको लागत, सरकारले तोकेको सबै करपछिको मूल्य १ करोड २८ लाख ७२ हजार ८ सय ६२ रुपैयाँ हो। प्रिन्सा अटोमोबाइल्सले यो कारको नेपाली बजार मूल्य १ करोड ७५ लाख रुपैयाँ तोकेको छ। यो मूल्य प्रिन्साले गाडी खरिद गर्ने ग्राहकलाई दिएको बिजकबाट लिइएको हो।

इ-ट्रोनको बिक्री मूल्य १ करोड ७५ लाखबाट करपछिको मूल्य १ करोड २८ लाख ७२ हजार ८ सय ६२ रुपैयाँ घटाउँदा ४६ लाख २७ हजार १ सय ३८ रुपैयाँ हुन्छ। प्रिन्साले एकै गाडीबाट उक्त रकम नाफा खाएको देखिन्छ। प्रिन्साले कालाबजारी ऐन अनुसार अउडी इ-ट्रोनको बिक्री मूल्य १ करोड ५४ लाख ४७ हजार ४ सय ३४ रुपैयाँ कायम गर्नुपर्थ्यो।

यसरी हेर्दा प्रिन्साले २० लाख ५२ हजार रुपैयाँ अतिरिक्त नाफा लिएको हो। 'कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन'ले मालवस्तुको व्यापार गर्नेले व्यापार प्रचलनअनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिन नपाइने व्यवस्था रहेको छ।

इलेक्ट्रिक सवारीमा सरकारले तोकेको कर
सरकारले वातावरणमैत्री सवारीलाई प्रोत्साहन दिने उद्देश्यले विद्युतीय सवारीमा लाग्ने अन्तःशुल्क मिनाहा गर्दै १० प्रतिशतमात्र भन्सार लाग्ने व्यवस्था गरेको छ। सार्वजनिक प्रयोजनमा ल्याइने इलेक्ट्रिक सवारीमा १ प्रतिशतमात्रै भन्सार लाग्ने कानुन सरकारले बनाएको छ।

डिजेल/पेट्रोलबाट चल्ने प्यासेन्जर कारमा मूल्यको ७४.४ प्रतिशत भन्सार लाग्दै आएको छ भने सवारीको इन्जिन क्षमताका आधारमा ६० देखि १०० प्रतिशतसम्म अन्तःशुल्क लाग्छ।

त्यस्तै इलेक्ट्रिक सवारीमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ। अन्य सवारीमा मूल्यको ८ प्रतिशत सडक मर्मत तथा सम्भार दस्तुर लाग्छ भने इलेक्ट्रिक सवारीमा ४ प्रतिशतमात्र उक्त दस्तुर लाग्ने व्यवस्था सरकारले गरेको छ। यसका साथै इलेक्ट्रिक सवारीमा ब्लु-बुक नवीकरणबाहेकका अन्य वार्षिक सवारी कर लाग्दैन।

सरकारको राहत, उपभोक्तालाई आहत
सरकारले वातावरणमैत्री इलेक्ट्रिक सवारीमा भारी कर छुट दिएपछि विश्वका विलासी कार उत्पादक कम्पनीले उत्पादन गरेका इलेकिट्रक कार नेपाल भित्रिएका छन्। यसैका आधारमा जर्मन विलासी कार उत्पादक कम्पनी अउडीले उत्पादन गरेको इलेक्ट्रिक कार इ-ट्रोन नेपाल भित्रिएको हो।

सवारी व्यवसायीले सरकारले दिएको कर छुटको उपयोग गर्दै महँगा गाडी नेपाल ल्याएका हुन्। तर, कर छुटको उपयोग गरी नेपाल ल्याइएका इलेक्ट्रिक कारको खरिदमा उपभोक्ताले भने राहतको साटो आहत पाएका छन्। कर छुटमा ल्याइएका कारबाट व्यवसायीले मनग्ये नाफा लिँदा उपभोक्ताले सहुलियत दरमा सवारी खरिद गर्नबाट वञ्चित हुनुपरेको छ।

सरकारले व्यवसायीको यस्तो रबैया तत्काल नियन्त्रण गर्न जरुरी रहेको उपभोक्ता अधिकाकर्मीहरु बताउँछन्। सरकारले दिएको छुटको अनुभुति नागरिकले गर्न पाउने वातावरण बनाउन भएका कानुनको कार्यान्वयनमात्र पनि पर्याप्त हुने उनीहरुको भनाइ छ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६  १०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा बिहीबार, माघ १, २०८२
डडेल्धुराको रास्वपा टोलीसँग राखेर बालेनले भने- सागर ढकालनै डडेल्धुराको फिक्स्ड उम्मेदवार हो बुधबार, पुस ३०, २०८२
कांग्रेसलाई ठूलो क्षति भयो : चन्द्र भण्डारी बुधबार, पुस ३०, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता बुधबार, पुस ३०, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्