• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब?

64x64
सविन मिश्र बुधबार, फागुन १४, २०७६  २१:१४
1140x725

काठमाडौं- २०७४ सालमा स्थानीय तहको निर्वाचनको परिणाम आइसकेपछि तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन बहुमतसहित सत्तारोहणको प्रतीक्षामा थियो। सत्ताबाट बहिर्गमनको चरणमा रहेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भने, 'सेक्युरिटी प्रेस खरिदका लागि तत्काल बजेटको टुंगो गरिहाल्नू।'

चुनावको ठूलो खर्चको दबाबमा रहेको अर्थ मन्त्रालय अर्थमन्त्रीले भन्ने बित्तिकै पैसा निकाल्न सक्ने अवस्थामा थिएन। त्यसमाथि ओलीसहित नेकपाका नेताहरू त्यतिबेला भनिरहन्थे, 'निजामती कर्मचारीले बाहिर जान लागेको सरकारले भनेको कुनै काम गरे हामी आएपछि ठेगान लगाउछौँ।'

चुनावको परिणाम सार्वजनिक भइसकेको र सत्तारुढ दल नराम्रोसँग पराजित भएको नतिजा सामुन्नेमा राखेका कर्मचारीहरु तत्काल प्रधानमन्त्री र अर्थमन्त्रीले भनेअनुसार ८ अर्ब रुपैयाँ दिन तयार देखिएनन्। उनीहरूले उल्टै अर्थमन्त्री कार्कीलाई 'कन्भिन्स' गरे र यो विषय थाँती राखे। 

सूचना तथा सञ्चार मन्त्रालयले मकवानपुरको हेटौँडामा सुरक्षण मुद्रण उद्योग स्थापना गर्ने र त्यसका लागि ८ अर्ब रुपैयाँ लाग्ने भन्दै बजेटका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो। प्रेस स्थापनाका लागि जग्गाको व्यवस्था भइसकेको भन्दै ८ अर्बमा मुद्रण उद्योगका लागि आवश्यक उपकरण खरिदका लागि बजेट माग गरिएको थियो। 

मन्त्री कार्कीले तत्कालीन अर्थसचिव शंकरप्रसाद अधिकारीसहितको टोलीलाई यसबारे केही गर्न सकिन्छ कि, सभापतिले भन्नुभएको छ भनेर सोधिरहन्थे। कर्मचारीले तत्काल निकासा दिन नसकिने बताएपछि उनले स्रोत सुनिश्चितताको प्रस्ताव अघि बढाउन भने। तर कर्मचारीहरुले कार्कीलाई यसमा पनि रोके। 'स्रोत सुनिश्चितता दिनु भनेको पनि भविष्यका लागि दायित्व नै सिर्जना गर्नु हो त्यसकारण अहिले यो काम गर्न गाह्रो छ,' कर्मचारीले मन्त्रीलाई जवाफ दिए। 

अर्थमन्त्री कार्कीले प्रधानमन्त्री देउवाको जोडअनुसार निर्णय गराउन सकेनन्। यो विषय त्यत्तिकै अलमलियो। कार्कीसँगै त्यतिबेला एकजना नौलो अनुहारका व्यक्तिको अर्थ मन्त्रालयमा हिमचिम बढ्यो। आफूलाई 'सामानको सप्लाएर' बताउने ती व्यक्ति पनि चासोका साथ घुमिरहे। तर मन्त्रीले अघि बढाउन नसकेको काम उनको पनि जोड चलेन। मन्त्रालय धाउनै छाडे। 

000

सरकारले राष्ट्रिय सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक नियुक्तिको विज्ञापन गर्‍यो। खुला प्रतिस्पर्धामा छानिए विकल पौडेल। विभिन्न सरकारी नियुक्ती खाएका इन्जिनियर पौडेलको नियुक्तिपछि सेक्युरिटी प्रेस स्थापनाको प्रक्रिया अघि बढाउने जिम्मा पाए।

Ncell 2
Ncell 2
nimb
nimb

२०७४ फागुनमा ओलीले प्रधानमन्त्रीको सपथ लिए। ओलीले विश्वासपात्र गोकुल बास्कोटलाई सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बनाए। बास्कोटाकै नेतृत्वमा अब यो काम अघि बढ्ने भयो। 

२०७५/०७६ को बजेट ओली सरकारको पहिलो बजेट थियो। यही बजेटमा पर्‍यो सुरक्षण मुद्रण उद्योग स्थापनाको विषय। अर्थमन्त्री डा युवराज खतिवडाले बजेट बक्तव्यको बुँदा नं १८७ मा यो उद्योग स्थापनाका लागि ६५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको घोषणा गरे। 

नेपाल सरकारको सम्पूर्ण स्वामित्वमा स्थापना हुने यो उद्योगका लागि मेसिनरी खरिदमा २७ करोड रुपैयाँ खर्च हुने उक्त आर्थिक वर्षको 'रातो किताब'मा उल्लेख छ। चालु आर्थिक वर्षको रातो किताबमा पनि यही उद्योग स्थापनाका लागि मेसिनरी खरिदका लागि भन्दै ४१ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको उल्लेख छ। 

पौडेलको नियुक्तिको करिब १० महिनापछि आफ्नै स्रोतबाट हेटौँडामा सुरक्षण मुद्रण उद्योग स्थापना गर्ने प्रस्ताव तोडमोड हुन थाल्यो। हेटौँडामा स्थापना गर्ने भनिएको उद्योग एकाएक काभ्रेपलाञ्चोक सर्‍यो। 'हेटौँडामा बोर्डसमेत राखिएको थियो, तर मन्त्रिपरिषदमार्फत् हेटौँडाबाट काभ्रे सारिएको थियो,' स्रोतले भन्यो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सुरक्षण मुद्रण केन्द्रका अनुसार २०७५ पुसमा यो केन्द्र काभ्रेको पनौतीमा रहेको सूचना प्रविधि पार्कमा स्थानान्तरण गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाइएको थियो। करिब २ महिनापछि त्यो स्वीकृत भयो। सूचना प्रविधि पार्कमा रहेका संरचना मर्मत गरी सुरक्षण मुद्रण उद्योग स्थापनाको प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ। 

000

काभ्रेको सूचना प्रविधि पार्कमा उद्योग स्थापनाको प्रक्रियागत टुंगो लगाइसकेपछि खेल सुरु भयो, अब कति रकममा यसका उपकरण किन्ने? सुरुमा ८ अर्ब रुपैयाँमा उपकरण किन्ने र सम्पूर्ण रकम आफ्नै स्रोतबाट ब्यहोर्ने सरकारी तयारी भए पनि बास्कोटा र पौडेलले यसलाई नयाँ ढंगबाट अघि बढाउन खोजे। 

बास्कोटा र पौडेल मात्रै होइन, यो खरिदमा प्रवेश भयो नयाँ पात्रको। उनी थिए प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अली। सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएको एफ वान सफ्टका सञ्चालकमध्येका एक अली प्रधानमन्त्रीको भित्री समूहका सदस्य हुन्। सरकारले गर्ने सूचना प्रविधिसम्बन्धी खरिदमा अली प्रत्यक्षरुपमा संलग्न हुँदै आएका छन्। 

'पौडेल र अलीले प्राविधिक विषय मिलाउने जिम्मेवारी लिएका थिए, त्यसपछि तत्कालीन् मन्त्री बास्कोटाले यसको मूल्य बढाउँदै अघि बढ्न उनीहरुलाई सहयोग गरे,' यो खरिदबारे जानकार एक सरकारी अधिकारीले भने, 'उनीहरुले यसैको कमिसनको चक्करमा परेर मूल्य बढाउँदै २७ अर्ब रुपैयाँसम्म पुर्‍याए।'

यो खरिदबारे जानकार कम्तिमा ३ जना सरकारी अधिकारीहरुका अनुसार उनीहरु ३ जनाले नै यो खरिदको बाटो मोडिदिएका हुन्। 'सरकारी स्रोतबाट उद्योग स्थापना गर्दा कमिसन प्राप्त नहुने भएपछि उनीहरुले विदेशी कम्पनीबाट खरिद गर्ने योजना अघि बढाए, त्यसैअनुसार फ्रान्स पुगेर मन्त्री बास्कोटाको उपस्थितिमा पौडेलले त्यहाँकै कम्पनीसँग खरिदको समझदारीपत्रमा हस्ताक्षर गरे,' स्रोतले भन्यो। 

यो खरिदमा घुस मागेको अडियो सार्वजनिक भएपछि तत्कालीन मन्त्री बास्कोटाले राजीनामा दिएका छन् भने पौडेल अमेरिका उडेका छन्। अली भने रातो कारमा बालुवाटारको चौघेराभित्र घुमिरहेका छन्। 
'अलीले विभिन्न मन्त्रालयको सूचना प्रविधिसम्बन्धी खरिदमा प्रत्यक्ष चासो राख्दै आएका छन्, कतिपय अवस्थामा उनले प्रत्यक्ष हस्तक्षेप पनि गरेको हामीले देखेका छौँ,' प्रधानमन्त्री कार्यालयमा काम गरिसकेका उच्च सरकारी अधिकारीले भने, 'प्रधानमन्त्री कार्यालयमातहत रहेको वाररुम र एक्सन रुम निर्माणका बेला करिब ९ करोड रुपैयाँको खरिद भएको थियो, त्यो पनि उनकै इच्छाअनुसार विना प्रतिस्पर्धा भएको थियो।' 

प्रधानमन्त्री ओलीको सचिवालय समूहभित्र विष्णु रिमालपछि शक्तिको दुरुपयोग गर्नेमा पर्छन् अली। नेपाल सरकारका दुई सचिवको भनाइअनुसार प्रधानमन्त्रीका सल्लाहकारदेखि अधिकांश सचिवसमेत उनको अगाडि नतमस्तक देखिन्छन्। 'उहाँको के शक्ति छ थाहा छैन तर सम्पूर्ण सचिवहरु र प्रधानमन्त्रीको सल्लाहकारसमेत उनको अगाडि कमजोर देखिन्छन्,' स्रोतले भन्यो। 

सम्बन्धित समाचार
सेक्युरिटी प्रेस स्थापना प्रक्रिया तत्कालका लागि स्थगित गर्न लेखा समितिको निर्देशन 

सेक्युरिटी प्रिन्टिङ प्रेसबारे लेखा समितिका ८ प्रश्न

सेक्युरिटी प्रेस खरिदमा आफ्नो नामसमेत मुछिएको भन्दै लेखा समितिका सांसदहरुको आपत्ति

सेक्युरिटी खरिद विवादमा बाँस्कोटा भन्थे- मैले व्यक्तिगत खेतको गरो जोड्ने होइन

सेक्युरिटी प्रेस किन्न सञ्चारमन्त्रीको घुस सम्वाद : ७० करोडमा डिल [अडियोसहित]

सेक्युरिटी प्रेस विवाद : लेखा समितिको बैठकअघि सञ्चारमन्त्रीले घुस मागेको अडियो सार्वजनिक

सेक्युरिटी प्रिन्टिङ खरिदबारे अध्ययन गर्ने लेखा समितिको निर्णय

सञ्चारमन्त्री भन्छन्– सरकारले छिट्टै आफ्नै ‘स्याटेलाइट’ र ‘सेक्युरिटी प्रिन्टिङ’ स्थापना गर्छ

प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६  २१:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्