काठमाडौ- संसदको सार्वजनिक लेखा र अर्थ समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको बारेमा चासो राखेर छलफल गर्न थालेपछि पुस २४ गतेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चारमन्त्रीले चुनौती दिएका थिए। समितिले प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको आशंका भएको भन्दै विवरण मागेकोको विषयमा पत्रकारले प्रश्न सोधेपछि उनले आफूले खेतको गरो किन्न नखोजेको टिप्पणी गरेका थिए।
उनले यससम्वन्धी सम्पूर्ण डकुमेन्टहरु सार्वजनिक गर्ने बताएका थिए।
‘यसमा अर्थ र लेखा समितिको पत्र आएको जानकारी पाएको छु, नेपाल सरकारले फ्रान्स र जर्मन सरकारसँग गरेको सम्पूर्ण पत्राचारहरु करिब हजार पेजका छन्’ बाँस्कोटाले भनेका थिए, ‘आर्थिक, प्राविधिक र अरु जे–जे छन् सबै हामी संसदको समितिलाई पठाइदिन्छौं।’
समिति र सांसदहरुले आनन्दले छलफल गरेर खरिद गर्ने कि नगर्ने निर्णय गरेर पठाएपछि सञ्चार मन्त्रालयले निर्णय लिने जिकीर उनले पत्रकार सम्मेलनमा गरेका थिए।
‘समितिमा छलफलपछि हुने निर्णयले हामीलाई फाइदा पुग्छ । गलत छ भने सुझाव देला’ उनले भने ‘कोठाभित्र बसेर निर्णय नहोस् भन्ने मेरो पनि चाहना हो। यस्तै सम्मेलन गरेर गर्न पाइयोस् भन्ने मेरो चासो हो।’
उनले संसदको समितिले देशको हितमा निर्णय गर्ने भन्दै देशलाई चाहिने नचाहिने र प्रक्रिया पुगे नपुगेकोबारे छलफल गर्नुपर्ने भनेका थिए। ‘ संसदले आवश्यक भए खरिद गर्न भन्ला’ उनले भने ‘ मैले व्यक्तिगत रुपमा खेतको गरो जोड्न पर्ने कुरा रहेन त्यसैले यो स्पष्ट छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।