काठमाडौं- सेक्युरिटी प्रेस खरिदमा अनियमितता भएको उजुरीबारे निर्णय गर्न बसेको संसदको सार्वजनिक लेखा समितिले तत्काल प्रेस खरिदको प्रक्रिया अगाडि नबढाउन सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले यो विषय जटिल बन्दै गएको भन्दै निर्णयमा पुग्न नसके र गहन अध्ययन आवश्यक रहेको भन्दै अर्को निर्णय नभएसम्म खरिद प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको हो।
सेक्युरिटी प्रेस खरिदको क्रममा एजेन्टसँग कमिसनबारे सञ्चार तथा प्रविधीमन्त्री गोकुल बाँस्कोटाले गरेको डिलको अडियो सार्वजनिक भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।