• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न

महसुल नउठाउने कर्मचारी र नतिर्ने उपभोक्तालाई पनि कारबाही सिफारिस
64x64
नेपाल लाइभ बिहीबार, फागुन १५, २०७६  ०६:२३
1140x725

काठमाडौं- नेपाल विद्युत प्राधिकरण र उद्योगी-व्यवसायीबीच देखिएको डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुल विवादका विषयमा अध्ययन गर्न लेखा समितिअन्तर्गत गठित उपसमितिले प्राधिकरण सञ्चालक समिति र नेतृत्वमाथि नैतिक प्रश्न उठाउने पर्याप्त आधार देखिएको भन्दै प्रतिवेदन बुझाउने तयारी गरेको छ। 

विद्युत प्राधिकरणका सञ्चालक समिति सदस्य भक्तबहादुर श्रेष्ठ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै विषयमा अध्ययन गरिरहेको अवस्थामा लेखा समितिले कांग्रेस सांसद डा. मीनेन्द्र रिजालको संयोजकत्वमा गत साउन ५ गते अध्ययन उपसमिति गठन गरेको हो। उक्त उपसमितिले हालसम्म प्रतिवेदन समितिलाई बुझाएको छैन। भक्तबहादुर पुनसमितिमाथि नै उपसमितिले प्रश्न गरेको छ।

प्राधिकरणको सञ्चालक समितिको २०७५ वैशाख ३१ गतेको बैठकले डेडिकेटेड फिडरलाईन तथा ट्रंकलाइनबाट विद्युत आपूर्ति लिने ग्राहकको विद्युत महसुल संकलनको अवस्था अध्ययन गरी प्रतिवेदन पेश गर्न सञ्चालक भक्तबहादुर पुनको संयोजकत्वमा अध्ययन समिति गठन गर्ने निर्णय गरेको थियो। 

उक्त समितिले २०७५ साउन २५ गते बुझाएको प्रतिवेदन नौ महिनासम्म छलफल नगरिएको र स्वीकृत नै नभएको प्रतिवेदनकै आधारमा बिल छुट भनि ग्राहकलाई पत्राचार गरेको देखिएको,’ उपसमिति स्रोतबाट नेपाललाइभलाई प्राप्त प्रतिवेदनमा उल्लेख छ। 

उपसमितिको प्रतिवेदनमा भनिएको छ– ‘प्राधिकरणले गरिरहेका काममाथि नैतिक प्रश्न उठेको कुराको ख्याल नगरी सोही उपसमितिलाई पुनः उक्त प्रतिवेदनको प्राविधिक पक्ष अपर्याप्त भएको भनि एक महिनाभित्र थप अध्ययन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिनेजस्तो विवादास्पद कार्यहरु प्राधिकरणले गरेको छ,’। 

डेडिकेटेड र ट्रंकलाइन फिडर विद्युत महसुल लामो समयसम्म असुल हुन नसकेकोबारे आवश्यक अध्ययन र कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखि पठाउने विषय पनि उपसमितिको प्रतिवेदनमा उल्लेख छ। 

‘२०७३ असार १६ गते विद्युत महसुल निर्धारण आयोगले लोडसेडिङ ६ घण्टा वा सोभन्दा बढी कायम रहेको अवस्थामा २० घण्टा वा सोभन्दा बढी छुट्टै ट्रंकलाईनबाट निरन्तर विद्युत आपूर्ति लिने ग्राहकले डेडिकेटेड ग्राहकसरह महसुल दर कायम गर्ने निर्णय कार्यान्वयन नगरी, आवश्यक प्रमाण र अभिलेखहरु नराखी राजस्वसम्बन्धी गम्भीर विषयमा चरम लापरबाही गरेको भेटिएको बारे पनि छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रकृया अघि बढाउन उपसमितिले अख्तियारलाई सुझाव दिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सेवा लिएर पनि हालसम्म महसुल संकलन नगर्ने प्राधिकरणका कर्मचारीमात्र नभइ समयमै महसुल नतिर्ने उपभोक्ता तथा ग्राहकलाई पनि आवश्यक कारबाही गरिनुपर्ने सुझाव उपसमितिले दिएको छ। ‘विद्युत वितरण विनियमावली २०६९ र विद्युत महसुल संकलन विनियमावली २०७३ अनुरुप हालसम्म कुनै कारबाही गरेको नदेखिएकाले आवश्यक कारबाही गर्न गराउन नेपाल सरकारलाई निर्देशन दिने,’ प्रतिवेदनमा उल्लेख छ। 

प्राधिकरणको सांगठनिक संरचना र कानुनी प्रावधानअनुसार महसुल निर्धारण गर्ने, विश्लेषण गर्ने, बिल बिजक जारी गर्ने, महसुल उठाउनेजस्ता कार्यहरु समयमै नहुँदा महसुल बुझाउनुपर्ने ग्राहकलाई बहाना बनाउने र समयमै महसुल नतिर्ने स्थिति पैदा भएकोमा यसका लागि जिम्मेवार पदाधिकारीउपर छानबिन गरी आवश्क कारबाही गर्न प्राधिकरण सञ्चालक समितिलाई निर्देशन दिने’ कुरा पनि प्रतिवेदनमा उल्लेख छ। 

प्राधिकरणले डेडिकेटेड लाईनको हकमा प्राधिकरण सञ्चालक समितिको २०७२ असार १२ गतेको निर्णयले २०७२ साउनदेखिको खपतमा नयाँ महसुल दर कायम भएको थियो। उक्त दर विद्युत महशुल निर्धारण आयोगले पनि अनुमोदन गरेको थियो। त्यस्तै, ट्रंकलाइनबाट विद्युत आपूर्ति लिईरहेका ग्राहकको हकमा २०७३ असार १६ गते विद्युत महसुल निर्धारण आयोगले डेडिकेटेड लाइनसरह नै शुल्क लिने गरी निर्णय गरेको थियो। यी दुवै निर्णयअनुसार बाँकी सबै बक्यौता रकम असुल गरी गराई समितिलाई जानकारी गराउन प्राधिकरणलाई निर्देशन दिन पनि प्रतिवेदनमा भनिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उपसमितिको प्रतिवेदन समितिबाट स्वीकृत भने भईसकेको छैन। सार्वजनिक लेखा समितिका सचिव डा रोजनाथ पाण्डेले उपसमितिको प्रतिवेदन समितिमा छलफल हुन बाँकी रहेको बताए। ‘उपसमितिको प्रतिवेदन समितिमा आइसकेको छैन। प्रतिवेदन नआइकनै यो वा त्यो भन्न सकिदैन,’ उनले भने। केही सञ्चार माध्यामले उपसमितिको प्रतिवेदन समितिमा पेश नै नभइकन यो वा त्यो निर्देशन दिएको भनी झुटो समाचार सम्प्रेषण भएकोसमेत उनले स्पष्ट पारे।
 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  ०६:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजको मौसमः कतै सफा, कतै वर्षा र हिमपातको सम्भावना
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आजको मौसमः कतै सफा, कतै वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक ८, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्