काठमाडौं– संघीय संसदको सार्वजनिक लेखा समितिले सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र सुरक्षण मुद्रण केन्द्रसँग सेक्युरिटी प्रिन्टिङ स्थापनाका विषयमा ८ प्रश्न सोधेको छ।
लेखा समितिका सभापति भरत शाहले बैठकको सुरुवात गर्दै ८ वटा प्रश्नमा ती दुई निकायसँग जवाफ माग गरेका हुन्।
१. जीटुजी प्रस्तावना प्रतिस्पर्धा भएन
२. लागत अनुमान यथार्थ किन भएन?
३. पोल्यान्डको सरकारी कम्पनीले प्रधानमन्त्रीलाई लेखेको पत्रको किन बेवास्ता गरियो?
४. स्वीस कम्पनीको प्रस्ताव बेवास्ता किन गरिएको हो?
५. विभिन्न कम्पनीहरुको प्रस्तावित मूल्यमा ठूलो भिन्नता कसरी देखियो?
६. सरकारले प्राप्त गरेका प्रस्ताव र मन्त्रिपरिषदको निर्णयमा किन धेरै अस्पष्टता?
७. प्रस्तावित कम्पनीहरुको अनुभवमा पनि कमजोरी हुनुको कारण के हो?
८. संकट समाधान, समन्वय र मितव्यता किन अपनाइएन?
लेखा समितिका प्रश्नको विस्तृत विवरण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।