काठमाडौं – निर्वाचन आयोगले दल दर्ताको समयावधि चार दिन थप गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय थप गरेको हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मंसिर १४ गतेसम्म दल दर्ताको समयावधि थप गरेको जानकारी दिए ।
निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय बुधबार (आज)सम्म तोकिएको थियो ।
आयोगमा कुल १३४ दल रहेका छन् । मंगलबारसम्म ८० दलले दल दर्ता गराएका थिए । नयाँ दल दर्ता संख्या १८ पुगेको छ भने २० दल प्रक्रियामा रहेको भट्टराईले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।