• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

प्रिन्साले भित्र्याएको अउडी कार अवैध, जफत हुन सक्ने : आर्थिक ऐन

64x64
नेपाल लाइभ बुधबार, असोज १, २०७६  १६:२४
1140x725

काठमाडौं- प्रिन्सा अटोमोबाइल्सले भित्र्याएको अउडीको इलेक्ट्रिक कार अवैध भएको खुलेको छ। यो कार भित्र्याउँदा प्रिन्साले आर्थिक ऐनका व्यवस्था तथा प्रावधान पूरा नभएको फेला परेको हो। प्रिन्साले उत्पादक कम्पनी वा उसले तोकेको एजेन्टसँग नभई तेस्रो पक्षसँग गाडी खरिद गरेको ल्याएको पाइएको छ। 

प्रिन्सा अटोमोबाइल्सले बेलायतको आयात/निर्यात कम्पनी जेमसन कार्टर लिमिटेड मार्फत आयात गरेको छ। यो कम्पनी अउडीको आधिकारिक डिलर पनि होइन र इ–ट्रोन उत्पादकसमेत होइन। उक्त कम्पनीले अउडीले बेलायतमा बिक्रीका लागि उपलब्ध कार प्रिन्सा अटोमोबाइल्सलाई बिक्री गरेको देखिन्छ। नेपाल लाइभले प्राप्त गरेको जेमसन कार्टरको इनभ्वाइस २०१९ जुन २५ मा जारी भएको छ। 

नेपालका कानुन अनुसार उत्पादक कम्पनी वा कम्पनीले तोकेको एजेन्ट मार्फत मात्र खरिद गरेर ल्याउन पाइन्छ। त्यसरी नयाँ सवारी खरिद गरेर ल्याउने कम्पनी नेपालका लागि आधिकारिक बिक्रेता समेत तोकिएको हुनुपर्छ।  

सरकारले २०७६/७७ का लागि ल्याएको आर्थिक विधेयको दफा १२ मा सवारीसाधन पैठारी सम्बन्धी विशेष व्यवस्था गरेको छ।

उक्त दफाको उपदफा १ मा सवारी वा ढुवानीका साधनहरु पैठारी गर्दा देहायका शर्तहरु पालना गर्नु पर्नेछ लेखिएको छ। जसको बुँदा क मा निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधनहरु नेपालस्थित आधिकारिक बिक्रेताहरुले मात्र पैठारी गर्न पाउने छन्। 

त्यस्तै सोही उपदफाको बुँदा 'ङ' मा ‘यस उपदफको खण्ड क वा खण्ड ख मा उल्लिखित शर्तहरु उल्लंघन गरी पैठारी गरिएको सवारी वा ढुवानीका साधनहरु जफत गर्न सकिने छ’ उल्लेख गरिएको छ। 

वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले भने यातायात व्यवस्था विभाग र वाणिज्य विभागले उपलब्ध गराएको कागजातअनुसार नै आफूहरुले सवारी साधनको भन्सार पास गराएको जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

'हामीले कागजात हेरेरै पास गरेका हौँ, आवश्यक परे फेरि अनुसन्धान गर्न सकिन्छ,' उनले भने, 'आयातकर्ताले कुनै कमजोरी गरेको पाइएमा भन्सार ऐनबमोजिम कारबाही प्रक्रिया अघि बढ्छ।'

आफूहरुले अउडीको इलेक्ट्रिक कार बेलायतको जेमसन कार्टर लिमिटेडसँग खरिद गरेको प्रिन्सा अटोमोबाइल्सका म्यानेजर हिमांशु गर्गले बताए। अउडीले प्रिन्सालाई आधिकारिक बिक्रेता तोकिएको बताए पनि उनले ठोस कुरा बताउन सकेनन्। अउडीले आफ्नो आधिकारिक बिक्रेता भएको देशको नाम आफ्नो वेभसाइटमा राखेको छ। नेपालको नाम अउडीको वेबसाइटमा उल्लेख नभएकाले पनि प्रिन्साले उक्त गाडी तेस्रो पक्षसँग खरिद गरेको प्रष्ट हुन्छ। 

उनीसँग नेपाल लाइभले थप जिज्ञासा राख्दा उनले प्रतिक्रिया दिन चाहेनन्। सबै कुरा आफूलाई थाहा नभएको र बुझेर थप जानकारी दिने बताएका गर्ग मंगलबारदेखि सम्पर्कमा आउन चाहेनन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रिन्साले ल्याएको अउडीका इलेक्ट्रिक कारमा कम्पनीले प्रति कार ४६ लाख रुपैयाँभन्दा बढी नाफा राखेको छ। प्रिन्साले अउडी इ–ट्रोनको भन्सार घोषणा मूल्य ७२ हजार ४ सय ५० पाउन्ड स्टर्लिङमा खरिद गरेको हो। भन्सार महसुललगायत सबै करसहित कारको मूल्य १ करोड २८ लाख ७२ हजार ८ सय ६२ रुपैयाँ हुन्छ। 

कम्पनीले एउटा कार १ करोड ७५ लाख रुपैयाँमा बिक्री गरेको छ। नेपाल लाइभलाई प्राप्त अउडी इ–ट्रोनको भन्सार प्रज्ञापनपत्र र प्रिन्सा अटोमोबाइल्सले कार बिक्रीपछि उपभोक्तालाई दिएको बिलका आधारमा यो तथ्य खुलेको हो। प्रिन्सा अटोमोबाइल्सले प्रति गाडी ४६ लाख २७ हजार १ सय ३८ रुपैयाँ नाफा राखेको छ। प्रिन्साले पहिलो चरणमा ३ वटा इ–ट्रोन नेपाल ल्याएको हो। नोपल भित्रिएका ३ वटै कार बिक्री भइसकेको छ। 

सरकारले वातावरणमैत्री सवारीलाई प्रोत्साहन दिने उद्देश्यले विद्युतीय सवारीमा लाग्ने अन्तःशुल्क मिनाहा गर्दै १० प्रतिशतमात्र भन्सार लाग्ने व्यवस्था गरेको छ। त्यस्तै इलेक्ट्रिक कारमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर र ४ प्रतिशत सडक मर्मत तथा सम्भार दस्तुर लाग्दै आएको छ। यसका साथै इलेक्ट्रिक सवारीमा ब्लुबुक नवीकरणबाहेकका अन्य वार्षिक सवारी कर नलाग्ने व्यवस्था सरकारले गरेको छ।

थप समाचार
पहिलो पटक भित्रियो जर्मन विलासी कार अउडी

ऐनविपरीत प्रिन्साले 'अउडी'को एउटै विद्युतीय कारमा लियो ४६ लाख रुपैयाँ नाफा

प्रकाशित मिति: बुधबार, असोज १, २०७६  १६:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा
घरबाटै विपद् उत्थानशीलता अभियान सुरु, पूर्वतयारीमा एआई प्रयोगमा जोड
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा मंगलबार, असोज २७, २०८३
घरबाटै विपद् उत्थानशीलता अभियान सुरु, पूर्वतयारीमा एआई प्रयोगमा जोड मंगलबार, असोज २७, २०८३
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम मंगलबार, असोज २७, २०८३
काठमाडौं प्रहरीको स्वीप अपरेशनमा ९८ जना पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्