काठमाडौं– एकताको सहमतिपछि नेकपा माओवादीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ।
प्रचण्ड वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथ लिएर पार्टी कार्यालय आलोकनगर पुगेका हुन्।
हिजोमात्रै माओवादी–समाजवादीसहित आठ दलले एकता गर्ने घोषणा गरेका थिए।एकीकृत पार्टीको चुनाव चिह्न भने ‘पाँचकुने तारा’ राख्ने सहमति भइसकेको छ। यद्यपि, नामबारे अझै निष्कर्षमा पुगेका छैनन्।
भेटमा एकता सभादेखि आगामी रणनीतिबारे छलफल भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।