• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २१, २०८३ Sun, Jul 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

१५ किलो नक्कली सुन काण्डमा इल्ताफको बयान : पेस्तोल देखेको थिएँ, सुनबारे केही थाहा भएन

सुन कारोबारमा एक करोड डुबेको बयान
64x64
नारायण अधिकारी आइतबार, असोज ११, २०७७  २०:४७
1140x725

काठमाडौं- १५ किलो नक्कली सुन र पेस्तोल काण्डमा पक्राउ परेका अभियुक्तविरुद्ध जिल्ला अदालत काठमाडौंमा आइतबार मुद्दा दर्ता भएको छ। १७ जनालाई अभियुक्त बनाउँदै हातहतियार खरखजना, अवैध सुनचाँदी चोरी पैठारी तथा चोरी निकासी, डाँका चोरी, र संगठित अपराधमा आइतबार मुद्दा दर्ता भएको हो। 

यही पकरणमा जोडिएका एक मुख्य व्यक्ति हुन् बाराका इल्ताफ हुसेन अन्सारी। राजु, मुन्ना खान, सदरूल अन्सारी र अल्ताफ अन्सारी जस्ता उपनामले समेत चिनिने उनै इल्ताफ यो घटनामा कसरी जोडिए भने विषय निकै अनौठो छ। जबकि उनले प्रहरीसँग दिएको बयानमा सुन तस्करीको काण्डबारे आफू अनविज्ञ भएको बयान दिएका छन्।

भारतीयले पाकिस्तानी आतंकवादी संगठन आइएसआइसँग जोडेर हेर्नु र इल्ताफले सुनबारे आफूलाई केही जानकारी नभएको बयान दिनुले घटना निकै रहस्यमय भएको छ। अझ भारतीय जाली नोट कारोबारीमा संलग्न हुन र सुन तस्करीको योजनाबारे आफूलाई केही सुराक पनि नभएको भन्ने बयान दिएकाले घटनामा इल्ताफ कसरी पयोग भए भन्नेसम्म प्रश्न उठेको छ।

यो पनि पढ्नुहोस्

नक्कली सुनकाण्ड : फरार इल्ताफ हुसेन अन्सारी पक्राउबिहीबार, साउन २९, २०७७

यस्तो छ इल्ताफको बयान
मैले पहिलेदेखि नै बारामा चामलको व्यापार गर्ने र जग्गा खरिद बिक्रीको कारोबारसमेत गर्दै आएको थिएँ। बेलाबखतमा कामविशेषले काठमाडौं आउनेजाने गर्ने गरेको थिएँ। त्यसै क्रममा आजभन्दा डेढ वर्ष अगाडि ललितपुरको हात्तीवनमा जग्गाको कारोबारका शिलशिलामा मिलन ताम्राकारसँग चिनजान भएको थियो। 

उनीसँग कुरा हुँदा उनले 'सुन किन्ने कोही मान्छे छ' भने सम्पर्क गराइदिनु भनेका थिए। सोही सिलसिलामा १ वर्ष अगाडि म काठमाडौं आउँदा सागिर भन्ने साथीले संजय पटेलसँग भेट गराएका थिए। त्यसबेला सोल्टी होटलमा भाडामा क्यासिनो चलाउने कुराकानी भई संजय पटेल र मेरो मोबाइल नम्बर आदानप्रदान भएको थियो। 

यो पनि पढ्नुहोस्

नक्कली सुन काण्डमा नयाँ ट्वीस्ट : पीडित बनेर प्रहरी कार्यालय धाउने व्यक्ति नै फरारबिहीबार, भदौ २५, २०७७

कुराकानीकै क्रममा मैले निजलाई '१ जना सुन बिक्री गर्ने मानिस चिनेको छु, तपाईंलाई सुन चाहिएमा भन्नु होला'भन्दा निजले आफूले सुनको खरिद बिक्री गर्ने कुरा गरेका थिए। त्यसको २-३ महिना पछि उनले मसँग सम्पर्क गरी 'सुन लिनको मेरो मान्छेलाई नेपाल पठाएको छु, तपाईंले नेपालबाट सुन पठाई दिनुहोला' भनेका थिए। 

उनीसँग कुरा भएको १-२ दिनमै उनले पठाएको जयस सोलंकी भन्ने व्यक्ति भारतीय नम्बरको ब्रेजा गाडी लिएर काठमाडौं आएका बखत काठमाडौंको सोल्टीमोडमा जयस सोलंकीसंग भेट भएको हो। त्यसपछि मैले उनलाई ललितपुरको हात्तीवनमा लगी मिलन ताम्राकारसँग चिनजान गराई दिएको हुँ। 

उनीहरु भेटी कुराकानी गरी सकेपछि जयस सोलंकीले मिलन ताम्राकारबाट २ केजी सुन लिएर गएका हुन्। के, कति रकममा उक्त सुन खरिद गरी लगेका हुन मलाई थाहा छैन।

nimb
nimb
Ncell 2
Ncell 2

त्यसको १५-२० दिनपछि‍ जयस सोलंकी ब्रेजा गाडीमा काठमाडौं आई मिलन ताम्राकारबाट ५ केजी सुन लिएर गएकोमा मिलन ताम्राकारले जयस सोलंकीबाट एक करोड रूपैयाँ रकम लिएर भागेकोले उक्त सुन लिन नपाएको भनी जयस सोलंकीले फोन गरी बताएका थिए। सोही शिलशिलामा कोराना भाइरसको कारण लकडाउन हुनुभन्दा १ महिना अगाडि म मेरो खुट्टाको उपचार गराउनको लागि काठमाडौं आएको बखत काठमाडौंको कुलेश्वरमा निज संजय पटेलसँग भेटी सँगै बसी खाजासमेत खाएका थियौं। 

यो पनि पढ्नुहोस्

नक्कली सुन काण्ड : सुरुवाती आलोचना खेपेको प्रहरी सफल अपरेसनतर्फबिहीबार, साउन २९, २०७७

त्यस पश्चात लकडाउन शुरू भईसके पछि संजय पटेलले मलाई फोन गरी हामीहरू नेपालबाट भारत जाँदैछौं भन्ने कुरा गरेका थिए। त्यस दिनको साँझ उनले पुन: मलाई फोन गरी हामीहरू वीरगंज आई पुगेका छौं, हामीलाई लिन आउनु भनी बोलाएकोले म पैदल हिड्दै वीरगंज बजारसम्म गई संजय पटेल समेतलाई भेटी मेरो घरमा लिई गएको हुँ। 

त्यसबेला संजयको साथमा निलेश एल शखिया पनि भएकोले निलेश एल शखियासंग सोही समयमा चिनजान भएको हो। उनीहरु १ रात मेरो घरमा बसी त्यहाँबाट भारत गएका हुन्। 

मिति २०७७ साउन १३ गतेभन्दा १०-१५ दिन अगाडि म सुगरको उपचार गराउन काठमाडौं आएका बखत संजय पटेलले मलाई फोन गरी 'मैतीदेवीस्थित गणेश भन्ने व्यक्तिको सुन पसलबाट आधा केजी सुन खरिद गरी मेरो मान्छेलाई दिनु, रकम मेरो मान्छेले तपाईलाई दिन्छ' भनेका थिए। 

त्यसपछि उनको मान्छे (मलाई तत्काल नाम थाहा नभएका पछि नाम थाहा भएका देवाँग पटेल)ले मलाई काठमाडौं जिल्लाको कमलपोखरीस्थित सिटी सेन्टर नजिक भेटी सैँतीस लाख पचहत्तर हजार रूपैयाँ दिए। पछि म मैतीदेवी पिपलबोटमा गई गणेश भन्ने व्यक्तिलाई भेटी सोही स्थानमा रहेको उनको पसलमा गई देवांग पटेलले दिएको सैँतीस लाख पचहत्तर हजार रूपैयाँ रकम गणेशलाई उनको पसलमा ६ वटा टुक्राको आधा केजी सुन खरिद गरी दिउँसो ३-४ बजेतिर कमलपोखरी सिटी सेन्टरको नजिक रहेको मन्दिर अगाडि गई देवांग पटेललाई भेटी उक्त सुन दिई पठाएको हुँ।

यो पनि पढ्नुहोस्

यस्तो रहेछ 'नक्कली सुन काण्ड'को गुत्थीआइतबार, साउन २५, २०७७

त्यसपछि लकडाउनको समयमा संजय पटेलले मलाई फोन गरी क्यासिनोको कुरा मिल्ला जस्तो छ, एक पटक काठमाडौं जानु पर्ने भयो भनेका थिए। मेरो खुट्टामा पानी जमेको थियो। उनीसँगै काठमाडौं गई क्यासिनोको कुरा गर्ने र खुट्टाको उपचार समेत गराउने सोच बनाई जिल्ला प्रशासन कार्यालय बाराबाट उपचारको लागि बा ६ च ५५१९ नम्बरको कारमा ५ जना काठमाडौं जाने भनी गत साउन ६ गतेको लागि पास बनाएको हुँ।

त्यसपछि साउन ५ गते संजय पटेल र निलेश एल शखिया भारतबाट वीरगंज आई मलाई फोन गरी लिन बोलाएकोले म मेरो उक्त कार लिएर निजहरुलाई लिन गई मेरो घरमा लिएर आएँ। साउन ६ गते म, संजय पटेल, निलेश एल शखिया, मेरो काकाको छोरा र निजको स्टाफ १ जना समेत ५ जना मेरो बा ६ च ५५१९ नम्बरको कारमा बसी उक्त कार मैले चलाई काठमाडौं आएका हौं। 

काठमाडौं आएपछि मेरो काकाको छोरा र उनको १ जना स्टाफ कुलेश्वरस्थित उनीहरुको सिट कभरको कारखानामा तथा संजय पटेल र निलेश एल शखियालाई जिल्ला काठमाडौं कामनपा -१ कमलपोखरीस्थित कमलपोखरी अपार्टमेन्टमा छोडी म ललितपुर सातदोबाटो स्थित मेरो सालोको घरमा गई बसेको हो। 

ललितपुरको जावलाखेलस्थित आरोग्य अस्पतालमा गई मेरो खुट्टा देखाई औषधि समेत लिएको हुँ। सोहीक्रममा मिति साउन ८ गते संजय पटेलले मलाई फोन गरी काठमाडौंको न्युरोडमा बोलाएकोले म न्युरोडमा गई उनलाई भेटी कुरा गर्दा संजय पटेलले मलाई आफ्नो मोबाइलमा म्याग्जिन र पेस्तोलको फोटो देखाएका थिए। 

यो पनि पढ्नुहोस्

नक्कली सुन प्रकरण : पक्राउ परेको पटेल समूह कमलादीस्थित अपार्टमेन्टमा बस्दै आएको खुलासाशुक्रबार, साउन १६, २०७७

त्यसपछि उक्त पेस्तोलको फोटो मेरो मोबाइलमा पठाउन लगाए। मेरो मोबाईलमा पेस्तोलको फोटो पठाएपछि म फर्केर गएको हुँ। त्यसपछि साउन १० गते शनिवार संजय पटेलले मलाई खाना खान बोलाएकोले म खाना खान उनीहरूको फ्ल्याटमा गई खाना खाई फर्केको हुँ। 

उक्त समयमा मैले निजहरूलाई 'म अब घर फर्किन्छु, बकर ईद पनि चलिरहेको छ, दुई दिन भनेर आएको ४ दिन बितिसक्यो भन्दा संजय पटेलले मलाई भोली आइतबार र पर्सी सोमबार हाम्रो मिटिङ छ, उक्त मिटिङ सकेपछि साउन १३ गते मंगलबार बिहान काठमाडौंबाट जाऔंला' भनेका थिए। 

मैले 'ढिलो भइसक्यो म भोलि नै फर्किन्छु भन्ने कुरा गर्दा उनीहरुले लकडाउनको समयमा हामीहरू कसरी जाने १-२ दिन पर्खनुहोस्। मंगलबार बिहान जसरी भए पनि काठमाडौंबाट जाऔंला' भनेकोले म काठमाडौं बसेको हुँ।

त्यसको भोली पल्ट साउन ११ गते आइतबार दिनको ३ बजे न्युरोडमा गई संजय पटेललाई भेटी निजलाई मेरो स्कारपियो गाडीमा राखी सो गाडी राख्नको लागि पार्किङ खोज्दा पार्किङ नपाएपछि सुनधारा नजिकको सिभिल मलमा आई मैले उक्त गाडी सिभिल मलमा पार्किङ गरी संजय पटेल र म पैदल हिँड्दै न्युरोड आएका हौं।

यो पनि पढ्नुहोस्

नक्कली सुन प्रकरण : कागजातसँग मिल्याे बरामद गाडीको इन्जिन र च्यासिस नम्बरशुक्रबार, साउन १६, २०७७

न्युरोडमा केही समय बसे पछि निलेश एल शखियासमेत उक्त स्थानमा आएका थिए। त्यसपछि उक्त दिनको सांझको ६ बजेतिर न्युरोडबाट सन्जय पटेल ट्याक्सी चढी गएका हुन भने म सिभिल मलमा आई मेरो गाडी लिएर सातदोबाटो स्थित सालोको घरमा गएको हुँ। 

उक्त दिन साँझतिर संजय पटेलले मलाई फोन गरी 'तपाईंको गाडीमा मेरो झोला छुटेको छ, उक्त झोला गाडीमा नै राखी दिनु। म भोलि लिऔंला भनेका थिए। साउन १२ गते दिउसो १२ बजेतिर संजय पटेललाई मैले फोन गरी झोला लिन आऊ भनी भन्दा निज नआएपछि बेलुका तिर म न्युरोड जानको लागि निस्केकोमा ललितपुर जिल्लाको चापागाँउ दोबाटोमा आईपुगे पछि संजय पटेलको झोलामा के सामान रहेछ भनी हेर्दा उक्त झोलामा १ थान पेस्तोलदेखि मैले उक्त पेस्तोलको फोटो खिचेको हुँ।

त्यसपछि म न्युरोड गेटमा संजय पटेललाई फोन गर्दा संजय पटेल र निलेश एल शखिया आई मेरो गाडीमा राखी उनीहरूलाई कमलपोखरीको सिटी सेन्टर अगाडि छोडी दिई संजय पटेलको पेस्तोल भएको झोला समेत दिई म गौशाला गई साथीलाई भेटी ललितपुरको सातदोबाटोस्थित सालोको घरमा गएको हुँ।

उनीहरूलाई छोडेर जाने क्रममा संजय पटेलको मोबाइल मेरो कारमा नै छुटेकोले मैले निलेश एल शखियालाई फोन गरी उक्त कुरा बताउदा निजले भोलि हामीसँगै जाने भएकोले मोबाइल भोल‍ि नै लिऔंला भनेका थिए। 

यो पनि पढ्नुहोस्

न्युरोडमै बनेको थियो नक्कली सुन, १ किलो प्रहरीले नै लुकाएका थिए साथीको घरमाशुक्रबार, साउन १६, २०७७

त्यसको भोली पल्ट अर्थात् साउन १३ गते बिहान साढे ७ बजेतिर म सातदोबाटोबाट निजहरू बस्ने गरेको अपार्टमेन्टमा जानको लागि निस्की बाटोबाट निलेश एल शखियालाई फोन गरी म आउँदैछु भने। अन्दाजी पौन ८ बजे उक्त अपार्टमेन्टमा पुगी निलेश एल शखियालाई फोन गरी तल आउनुभन्दा निजले चिया खाएर जाउँला भनेकोले म निजहरू बस्ने फ्ल्याटमा गएको हुँ।

म निजहरू बस्ने फ्ल्याटमा जादा कोठामा संजय पटेल, निलेश एल शखिया, विजय पटेल भन्ने विजय कुमार मगनलाल हर्सोडा र पछि नाम थाहा भएका देवांग पटेल थिए। त्यसपछि चिया खाई करिब १५ मिनेट पछाडि अन्दाजी ८ बजेतिर हामीहरू उक्त अपार्टमेन्टबाट बाहिर निस्केका हौं। फ्ल्याटबाट तल पार्किङमा आउदा मैले संजय पटेलको एउटा सुटकेस बोके, संजय पटेलले एउटा सुटकेस, झोलासमेत बोकेका र विजय पटेल भन्ने विजय कुमार मगनलाल हर्सोडाले पछाडी भिर्ने कालो झोला बोकी हामी ४ जना लिफ्टबाट तल झरेका हौँ।

कार पार्किङ गरेको स्थानमा आइसकेपछि संजय पटेलको सुटकेस डिक्कीमा राख्नको लागि मैले डिक्कीमा राखेको चामल, दुपट्टाहरु (पछ्यौरा), बेडसिट र बिस्कुटको प्याकेट मिलाई संजय पटेलको २ वटा सुटकेस डिक्कीमा राखेको हुँ। झोलाहरू पछाडि सिटमा राखेको थिए। 

फ्ल्याटबाट निस्कने समयमा मैले कार चलाई संजय पटेल मभन्दा पछाडिको सिटमा र निलेश एल शखिया मेरोभन्दा बाँया तर्फ रहेको अगाडिको सिटमा बसेका हुन्। हामीहरू फ्ल्याटबाट निस्की त्रिचन्द्र, भद्रकाली, शहिदगेट, सुन्धारा हुँदै त्रिपुरेश्वर चोकमा आई टेकु तर्फ कार लैजान लाग्दा एक जना पुरूष व्यक्तिले मेरो कार अगाडि मोटरसाइकल ल्याई त्रिपुरेश्वर चोकमा रहेका ट्राफिकलाई केही कुरा बताएको जस्तो लागेको थियो। 

यो पनि पढ्नुहोस्

नक्कली सुन काण्ड : दरबारमार्ग वृत्तका डिएसपी दाहाललाई जिम्मेवारीबाट हटाइयोबिहीबार, साउन १५, २०७७

त्यसपछि संजय पटेलले कार नरोक्नु भनेको र टेकु तर्फ जान सक्ने अवस्था नभएकोले मैले थापाथली जाने बाटो तिर खालीदेखि कार अगाडि बढाएको हुँ। कार अगाडि जाने क्रममा त्रिपुरेश्वर र थापाथलीको बीचमा पुग्दा मोटरसाइकलमा आएका २ जना व्यक्तिले मेरो कार अगाडि मोटरसाइकल रोकेकोले मैले आफू तर्फको सिसा खोली तपाइहरू किन मेरो कारको पिछा गरी रहनु भएको छ भनी सोध्दा तीमध्ये १ जनाले हामी नेपाल प्रहरी हौं भनेका थिए। 

त्यसपछि संजय पटेलले पछाडिबाट कार मत रोको आगे बढाओ भनेकोले मैले त्यहाँबाट पनि कार अगाडि बढाई थापाथलीतिरबाट शहिदगेटतिर ल्याएको हुँ। संजय पटेलले मलाई कार नरोकी भगाउनु भनेकोले मैले निजलाई कारमा के सामान राख्नु भएको छ, किन प्रहरीले मेरो कारको पिछा गरेको छ भनी सोध्दा निजले केही सामान छ, उक्त सामानको बारेमा तपाईलाई पछि बताउँछु भनेका थिए। 

त्यसपछि कार शहिदगेटको अगाडि त्रिपुरेश्वर जाने बाटोमा आकाशेपुल नजिक कारहरू रोक्ने स्थानमा आई संजय पटेललाई तपाईंको सामान लिएर कारबाट ओर्लिनु भन्दा संजय पटेलले पछाडीबाट गह्रौं सामान सहितको सेतो झोला निलेश एल शखियालाई दिई कारबाट ओर्लिन भनेकोले निलेश एल शखिया सेतो झोलामा रहेको सामान लिएर कारबाट ओर्लिएका हुन्। 

त्यसपछि म र संजय पटेल टेकुबाट भित्री बाटो भई ललितपुरको सानेपा हुदै जावलाखेल तर्फ जाँदै गर्दा निलेश एल शखियाले मेरो मोबाईलमा फोन गरेका थिए, मैले कार चलाई रहेकोले मेरो फोनबाट संजय पटेलले निलेश एल शखियासंग कुरा गरी निलेशले बोलाई रहेको छ भनेकोले मैले निजलाई म जान्न भनेको हुँ। त्यसपछि हामीहरु एकान्तकुना हुँदै ललितपुरको नखिपोट गयौं। नखिपोटमा सडक छेउमा कार पार्किङ गरी मैले चिनेको दिदीको घरमा गएर हामीहरू दुवैजना सो रात सोही घरमा बास बस्यौं। 

यो पनि पढ्नुहोस्

नक्कली सुन प्रकरण : प्रहरी मिलेमतोको आशंका, चार मुद्दा चलाउने तयारीबिहीबार, साउन १५, २०७७

भोलिपल्ट साउन १४ गते बिहानको खाना निजै दिदीको घरमा खाईसकेपछि दिनको अन्दाजी १ बजे बजे संजय पटेल निजैले चिनेको मानिसलाई फोन गरी मोटरसाईकल झिकाई मोटरसाईकल चढेर गएँ भने म र दिदी भाडामा लिनको लागि मलाई घर चाहिएकोले खोज्दै जाँदा जिल्ला ललितपुर ललितपुर महानगरपालिका-१४ नखिपोट स्थित बन्दै गरेको घरमा गई घरधनीसंग उक्त घरको दोस्रो तलाको फ्ल्याट मासिक रु २२ हजारमा लिने कुरा भई १० हजार पेश्की दिई १-२ दिन पछि बस्न आउछु भनी त्यहाँबाट म निस्केको हुँ। 

उक्त घरको कम्पाउन्डको गेट बनाएको थिएन। त्यसै दिन साँझ अन्दाजी ७.३० बजे मैले मेरो कार उक्त घरको कम्पाउण्डमा लगी राखेको हुँ। मैले कार राख्दा घर धनी तथा अन्य कोही पनि मानिस उक्त घरमा थिएनन्। उक्त घरमा कार राखे पछि म काठमाडौंको बल्खु र कलंकीको वीचमा रहेको खसी बजारमा आई उक्त स्थानको मोटर बाटोमा रोकी राखेको ट्रकका चालकसंग कुरा गरी उक्त ट्रक वीरगंज जाने भन्ने चालकले बताएकोले मैले उक्त ट्रक चालकलाई मलाई पनि विरगंज लगी दिनु भन्दा उक्त ट्रकका चालकले  २ हजार भाडा लाग्छ भनेकोले म उक्त भाडा तिरी सोही ट्रकमा चढी मुग्लिन, नारायणगढको बाटो हुँदै काठमाडौंबाट बारा फर्केको हुँ। बारा फर्कने क्रममा साउन १४ गते सांझ साढे ८ बजेतिर ट्रकमा चढेकोमा साउन १५ गते गते बिहान ६ बजे बाराको जितपुर सिमरा पुगेको हुँ। 

यो पनि पढ्नुहोस्

नक्कली सुन प्रकरण : पूर्वीनवलपरासीबाट ३ जना पक्राउ, काठमाडौं ल्याइँदैबिहीबार, साउन १५, २०७७

त्यसपछि म मेरो जितपुर सिमरामा रहेको घरमा २ दिन बसेपछि आफ्नो गाउँमै रहेको गोठमा गई बसेको थिएँ। साउन १९ गते म कामको शिलशिलामा चन्द्रानिगाहापुर जाँदै गरेको अवस्थामा निजगढबाट प्रहरी टोलीले मलाई पक्राउ गरी काठमाडौं ल्याएका हुन्। संजय पटेलले निलेश एल शखियालाई दिएको सामान सहितको सेतो झोला मेरो कारमा कुन समयमा राखे भन्ने मलाई थाहा भएन। 

प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  २०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का सुमार्गीमाथि कर उन्मुक्ति हुने मुलुकहरुबाट शंकास्पद रुपमा नेपालमा रकम भित्र्याएको आरोप छ । उनले मुक्तिश्री सिमेन्ट र स्याटलाईट टेलिक... बिहीबार, असार ११, २०८३
गैरकानुनी रुपमा नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विभिन्न समयमा नेपाल प्रवेश गरेका ती नागरिक स्थायी परिचय खुल्ने कागजात र पासपोर्टबिनै तथा म्याद... बुधबार, असार १०, २०८३
लागु औषधसहित वडासदस्य जैरू पक्राउ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतअनुसार शनिबार उक्त क्षेत्रमा अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाक... सोमबार, असार ८, २०८३
ताजा समाचारसबै
यस्ता छन् वालेन्द्र नेतृत्वको सरकारका एक सय दिने उपलब्धि शनिबार, असार २०, २०८३
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
भेनेजुएलामा भूकम्प अपडेट: मृतकको संख्या दुई हजार ६४५ पुग्यो शनिबार, असार २०, २०८३
‘मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ’ : अर्थमन्त्री शनिबार, असार २०, २०८३
प्रचण्डले भने– सरकारका सय दिन पूर्णत असफल शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
विमलेन्द्र निधि भेट्न निवासमै पुगे शेखर शनिबार, असार २०, २०८३
विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन–कुन टीम पुगे ? शनिबार, असार २०, २०८३
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीको सुविधाबापत रकम असार २५ भित्र भुक्तानी गर्न महालेखाको निर्देशन शनिबार, असार २०, २०८३
सरकारको १०० दिन: सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेस नेता अभिषेक गिरी पक्राउ शनिबार, असार १३, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्