• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नक्कली सुन प्रकरण : प्रहरी मिलेमतोको आशंका, चार मुद्दा चलाउने तयारी

64x64
नेपाल लाइभ बिहीबार, साउन १५, २०७७  १४:१३
1140x725

काठमाडौं- साढे १४ किलो नक्कली र आधा किलो सक्कली सुन बरामदमा प्रहरी मिलेमतोको आशंका देखिएको छ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गले बरामद गरेको भनिएको १५ किलो सुनमध्ये साढे १४ किलो चाँदीमा पहेँलो लेप लगाइएको नक्कली र आधा किलोमात्रै सक्कली सुन पाइएको थियो। उक्त सुनसहित दुईवटा चाइनिज पेस्तोल प्रहरीले बरामद गरेको थियो। तर अभियुक्त भने फरार हुन सफल भएका थिए। 

सो घटनाको अनुसन्धानका क्रममा प्रहरीकै कमजोरीका कारण अभियुक्त भाग्न सफल भएको देखिको, फिल्डमा खटिएका प्रहरीकै मिलेमतोमा बेलैमा घटनाबारे मातहत निकायलाई जानकारी नगराएको, घटनास्थल परिवर्तन गरेको लगायतका कारणले फिल्डमा खटिएका प्रहरी कर्मचारीको मिलेमतोमा उक्त घटना भएको प्रारम्भीक अनुसन्धानले देखाएको एक प्रहरी अधिकारीले नेपाल लाइभलाई जानकारी दिए।

चार जना पक्राउ, सुन फाल्ने अझै फरार
उक्त घटनाको अनुसन्धान गरिरहेको प्रहरीले अहिलेसम्म चार जनालाई पक्राउ गरेको छ। उनीहरुलाई पूर्वनवलपरासीबाट जिल्ला प्रहरी कार्यालय पूर्वीनवलपरासीको समन्वयमा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो। पक्राउ पर्नेमा निशेश सखिया, देवान पटेल‚ विजय पटेल र सन्दीप गुरुङ छन्। गुरुङ ट्याक्सी चालक हुन् भने बाँकी तीन जना नक्कली सुन ओसारपसार तथा बेचबिखनमा संलग्न रहेका भारतीय नागरिक रहेको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। सुन फालेर भागेपछि उनीहरू तीन जना गुरुङको ट्याक्सीमार्फत पूर्वनवलपरासी हुँदै भारत प्रवेश गर्न लागेका थिए।

सुन र हतियार फालेर थानकोट पुगेका उनीहरु गुरुङले चलाएको ट्याक्सीमार्फत् मनकामनासम्म जाने भनेर चढेका थिए। गुरुङ भने राजधानीकै एक अस्पतालमा बिरामी पुर्‍याएर थानकोटतर्फ फर्कंदै थिए। सोही मौकामा उनीहरु गुरुङकै ट्याक्सीमार्फत् नवलपरासीसम्म पुगेर भारत छिर्न लाग्दा पक्राउ परेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

चार मुद्दा लगाउने तयारी
पक्राउ परेका ट्याक्सी चालकको भूमिकामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। पक्राउ परेका बाँकी तीन जना र फिल्डमा खटिएका प्रहरीको समेत मिलेमतो देखिएकाले उनीहरुसहितलाई गरी चार मुद्दा चलाउने तयारी भइरहेको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। स्रोतका अनुसार तीन जनाभन्दा बढी व्यक्ति संलग्न भएकाले उनीहरुलाई संगठित अपराधको मुद्दा, हतियार समेत भेटिएकाले हातहतियार तथा खरखजना, राजश्व छलेर सुन भित्र्याइएको पाइएकाले राजश्व छली र योसँगै प्रहरीकै मिलेमतोमा अपराध गर्नेहरु उम्किएको भन्दै अपराधीलाई भएको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको स्रोतले जानकारी दियो।

सो घटनामा फिल्डमा खटिने प्रहरीले तस्करको मिलेमतोमा मातहतको हाकिमलाई गलत ब्रिफिङ गरेर घटनास्थल नै परिवर्तन गरेको, अपराधी भगाउन मद्दत गरेको देखिएकाले पनि उनीहरुलाई विभागीय कारबाही नभएर फौजदारी मुद्दा नै चलाउने तयारी भएको स्रोतले जानकारी दियो।

प्रहरीले यसअघि घटनास्थल कमलादी बताएको थियो। तर अनुसन्धानको क्रममा घटनास्थल भने सुन्धारा देखिएकाले पनि प्रहरी मिलेमतोका आशंका उब्जिएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

राजधानीमै गायव भयो गाडी
यसअघि प्रहरीले कमलादीबाट महेन्द्रसालिकतर्फ आउँदै गरेको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडी जाँच गर्न रोक्न खोज्दा सेता झोला फालेर भागेको बताएको थियो। उक्त झोलाबाटै सक्कली/नक्कली सुन र म्यागजिनसहितको दुई थान पेस्तोल बरामद भएको थियो। त्यसरी भागेको स्कोर्पियो प्रहरीले खोजे पनि अहिलेसम्म फेला भने पर्न सकेको छैन। उक्त स्कोर्पियोको नम्बर प्लेट नक्कली रहेको अनुसन्धानबाट खुलेको छ। स्कर्पियोको बारेमा अनुसन्धान गरेको प्रहरीले काठमाडौं उपत्यकाकाबाट अहिलेसम्म बाहिर गएको रेकर्ड प्रहरीसँग छैन। जसअनुसार उक्त स्कोर्पियो काठमाडौं उपत्यकामै लुकाएर राखेको हुनसक्ने प्रहरी आशंका छ।

अनुसन्धान समिति संयोजक परिवर्तन
उक्त घटनाको अनुसन्धान गर्न लागि गठित भएको समितिका संयोजक परिवर्तन गरिएको महानगरीय प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ। महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दीपक थापाको संयोजक रहेकोमा परिवर्तन गरिएर उनको ठाउँमा महानगरीय प्रहरी कार्यालय रानिपोखरीका एसएसपी सुशील यादवलाई संयोग बनाइएको छ। ‘यसअघि समितिमा किरण बज्रचार्य राखिएकोमा उहाँ एसिड आक्रमण घटनाको छानबिन समितिमा समेत रहेकाले उहाँको ठाउँमा सुशील यादवलाई राखिएको हो। यादव सिनियर एसएसपी भएकाले उहाँलाई नै संयोजक बनाइएको हो’ रानिपोखरीका डिआइजी विश्वराज पोखरेलले भने।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १४:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
सम्बन्धित सामग्री
प्रहरीको ‘स्वीप अपरेसन’ : ९२ जना पक्राउ परिसरका अनुसार पक्राउ परेकामध्ये ८४ जना पुरुष र आठ जना महिला छन्। पक्राउ परेकामा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आशङ्का गरिएक... बुधबार, कात्तिक ११, २०८३
धनुषामा गाँजाको पुरिया बनाई बिक्री गर्ने दुईजना पक्राउ प्रहरीले धनुषाको दुई छुट्टाछुट्टै स्थानबाट गाँजा र बिक्रीका लागि तयार घरमै पारिएका पोकासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। सोमबार, कात्तिक ९, २०८३
गोलबजारमा खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ लागू औषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय गोलबजार, सिरहाका प्रहरी निरीक्षक दीपक खरेलको कमान्डमा खटिएको प्र... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्