• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नक्कली सुन काण्ड : सुरुवाती आलोचना खेपेको प्रहरी सफल अपरेसनतर्फ

फरार पटेल परिसरको लेन्सभित्र
64x64
नेपाल लाइभ बिहीबार, साउन २९, २०७७  १४:१२
1140x725

काठमाडौं-साढे १५ किलो नक्कली सुन र दुई वटा हतियार बरामद प्रकरणमा सुरुवाती आलोचना खेपेको प्रहरी अहिले सफल अपरेसनतर्फ उन्मुख भएको छ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गका दुई प्रहरीको मिलेमतोमा नक्कली सुन र हतियार बरामद गरेर अभियुक्तलाई भगाएपछि प्रहरी आलोचित बनको थियो। 

काठमाडौंबाट दिउँसै गाडीबाट मान्छे भाग्न सम्भव नहुने भन्दै अनुसन्धानमा जुटेको महानगरीय प्रहरी परिसर काठमाडौंले दरबारमार्गका सिपाही बहादुरसिंह कठायत र प्रशन्न श्रेष्ठले सुन बरामद भएको घटनास्थल पहिचान गरेको थियो।  त्यसपछि अनुसन्धान गर्ने क्रममा परिसरको टोलीले नक्कली सुन तस्करी काण्डमा संलग्न भएको आरोप लागेका कौशल पटेललाई न्यूरोडबाट पक्राउ गरेको थियो।

त्यस्तै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उक्त सुन काण्डमा संलग्न भएको आरोपमा नवलपरासीबाट निलेश खशिया, विजय पटेल र देवानसिंह पटेललाई पक्राउ गरेको थियो।

त्यस्तै उक्त घटनामा संलग्न भएको आरोपमा लागेका प्रहरी जवानद्वय बहादुरसिंह कठायत तथा प्रशन्न श्रेष्ठमाथि प्रहरी थुनामै राखेर फौजदारी अभियोगमा अनुसन्धान गरिरहेको छ।

उता परिसरकै सूचनाका आधारमा नक्कली सुन र पेस्तोल बोक्न प्रयोग भएको गाडीका धनी बाराका इल्ताफ हुसेन अन्सारी पक्राउ परेपछि सुरुवातमा आलोचित बनेको परिसर अहिले सफल अनुसन्धानतर्फ उन्मुख भएको हो। पर्सा प्रहरीले पक्राउ गरेका अन्सारीलाई लिन महानगरीय प्रहरी अपराध महाशाखाको टोली पर्सा गइसकेको छ।

‘एक-दुई सिपाहीको बदमासीका कारण पुरै प्रहरी युनिटलाई जोडेर बद्नाम गर्न खोजिएको थियो । अहिले एकपछि अर्को गरी धमाधम उक्त घटनामा संलग्न भएका अभियुक्त पक्राउ परेका छन् । यसलाई प्रहरीको सफलता मान्नुपर्छ,’महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने।

त्यस्तै नक्कली सुन र पेस्तोल बोक्न प्रयोग भएको गाडी पनि परिसकै टोलीले ललितपुरको नखिपोटबाट पक्राउ गरेको थियो ।

Ncell 2
Ncell 2

पटेल परिसरको लेन्सभित्र
नक्कली सुन तस्करका मुख्य योजानकार हुन् भारतीय नागरिक सञ्जय पटेल। सुन्धारामा प्रहरी जवान बहादुरसिंह कठायतलाई सुन र हतियार सुम्पिएपछि सञ्जय चढेको गाडी भागेको थियो। सञ्जयसँगै गाडीमा थिए बाराका इल्ताफ हुसेन अन्सारी। अन्सारी आजै बाराको निजगढबाट पक्राउ परेका छन् । 

तर अहिलेसम्म फरार रहेका सञ्जयको खोजीमा जुटेको महानगरीय प्रहरी परिसर काठमाडौले उनी काठमाडौंबाट भागेर भारत पुगिसकको विश्लेषण गरेको छ। सुन दिएपछि ललितपुर नखिपोटमा स्कfर्पियो राखेर फरार भएका सञ्जय केही दिन काठमाडौंमै लुकेर भारत छिरेको पाइएको प्रहरी स्रोतको दाबी छ। स्रोतले नेपाल लाइभसँग भन्यो, ‘फरार पटेल हाम्रो अनुसन्धान लेन्समै छन् । उनका गतिविधि पहिचान भइसकेको छ। ढिलोछिटो कानुनी दायरामा आउँछन् ।’

यस्तो थियो नक्कली सुन काण्ड
नक्कली सुन काण्डमा फरार रहेका मुख्य पात्र सञ्जय पटेलको योजना अनुसार चाँदीमा पहँलो जलप लगाएर सक्कली सुन भनेर बेच्ने योजना रहेको अहिलेसम्मको अनुसन्धानले देखाएको छ। सोही योजना अनुसार सञ्जयले यसको जिम्मा निलेश शखियालाई दिए। शखियाले काठमाडौंमै बस्ने पटेल दाजुभाई देवानसिंह र कौशललाई जलप लगाउने जिम्मा दिएका थिए। चाँदी खरिद र जलप लगाउन समेत पटेल दाजुभाइकाे केही रकम खर्च भएको थियो ।

ठूलो मात्रामा चाँदीलाई सुन बनाएर भारत लैजाने काम अवैधानिक थियो। यसैलाई मौका बनाएर प्रहरीसँग मिलेर लुट्ने र आधा-आधा बाँड्ने योजना देवानसिंहले बनाए । 

चिनजान भएका प्रहरी जवान बहादुरसिंह कठायतलाई कौशलले योजना सुनाए। त्यसवापत  १५ लाख कठायतलाई दिन कौशल तयार भए। त्यसपछि उक्त सामान लुट्ने योजना बन्यो।

घटनाको अघिल्लो दिन साउन १२ गते साँझ क्वीक रेस्पोन्स भेइकल (सिआरभी)का चालक कठायतले महानगरीय प्रहरी वृत्त दरबारमार्गका सादा पोशाकका प्रहरी जवान प्रशन्न श्रेष्ठलाई ज्वेलरीका अवैध सामान आउँदै छ पक्राउ गर्नुपर्छ भनेर सुनाए। 

कठायतले दिएको यो सूचना श्रेष्ठले वृत्तका प्रमुख डिएसपी रन्जन दाहाललाई सुनाए। कठायतकै सूचना अनुसार एम्बुसिङ गरेर चेकिङमा प्रहरी बस्यो। डिएसपी दाहाल आफैं फिल्डमा खटिए। डिएसपी दाहाललाई गलत लोकेशन दिइयो। सामान बोकेर गाडी आउने ठाउँमा जवान कठायत बसे। नक्कली सुन बोकेको बा ६ च ५५१९ नम्बरको स्कार्पियो कमलादीबाट घण्टाघर हुँदै बाहिरियो ।

सुन्धाराको आकाशे पुल नजिक पुगेपछि गाडीमा सवार निलेशले झरेर जवान कठायतलाई सुन र पेस्तोलको झोला दिएका थिए। त्यसपछि कठायतले उनीहरुलाई भगाएका थिए ।

सम्बन्धित समाचार

नक्कली सुनकाण्ड : फरार इल्ताफ हुसेन अन्सारी पक्राउ

यस्तो रहेछ 'नक्कली सुन काण्ड'को गुत्थी

नक्कली सुन प्रकरण : पक्राउ परेको पटेल समूह कमलादीस्थित अपार्टमेन्टमा बस्दै आएको खुलासा

नक्कली सुन प्रकरण : कागजातसँग मिल्याे बरामद गाडीको इन्जिन र च्यासिस नम्बर

न्युरोडमै बनेको थियो नक्कली सुन, १ किलो प्रहरीले नै लुकाएका थिए साथीको घरमा

नक्कली सुन काण्ड : दरबारमार्ग वृत्तका डिएसपी दाहाललाई जिम्मेवारीबाट हटाइयो

सुन काण्डमा प्रयोग भएको गाडी ललितपुरमा फेला

नक्कली सुन प्रकरण : प्रहरी मिलेमतोको आशंका, चार मुद्दा चलाउने तयारी

नक्कली सुन प्रकरण : पूर्वीनवलपरासीबाट ३ जना पक्राउ, काठमाडौं ल्याइँदै

बरामद भएकाे १५ किलो पहेंलाे धातुमध्ये ५०० ग्राममात्रै सुन

काठमाडौंबाट १२ करोड बराबरको १५ केजी सुन बरामद

प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १४:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश
युवराज सफल पक्राउ
फागुन ७ गते जनकपुरधाममा विशेष सभा गर्दै काँग्रेस
सम्बन्धित सामग्री
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा माघ ११ गतेदेखि विभिन्न कार्यालयको प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्न लागेका अधिकृतहरूलाई... सोमबार, माघ १२, २०८२
खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ प्रहरी प्रभाग तथा लागूऔषध नियन्त्रण ब्यूरो नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वाइन्टमा काँकडभिट्टाबाट काठमाडौँ आ... सोमबार, माघ १२, २०८२
नागढुंगाबाट खैरो हेराइनसहित युवक पक्राउ पक्राउ पर्नेमा बागमती प्रदेश–००१–००६ ख ७३३५ नम्बरको बसमा सवार ३६ वर्षीय निरोज न्यौपाने छन्। आइतबार, माघ ११, २०८२
ताजा समाचारसबै
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
फागुन ७ गते जनकपुरधाममा विशेष सभा गर्दै काँग्रेस मंगलबार, माघ १३, २०८२
राष्ट्रिय सभामा संसदीय समितिका दुईवटा प्रतिवेदन प्रस्तुत मंगलबार, माघ १३, २०८२
रास्वपाका पूर्व सांसद श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश, हर्क साम्पाङले गरे स्वागत मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
अमेरिकामा भीषण हिमआँधी : तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार सोमबार, माघ १२, २०८२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्