• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नक्कली सुन काण्ड : सुरुवाती आलोचना खेपेको प्रहरी सफल अपरेसनतर्फ

फरार पटेल परिसरको लेन्सभित्र
64x64
नेपाल लाइभ बिहीबार, साउन २९, २०७७  १४:१२
1140x725

काठमाडौं-साढे १५ किलो नक्कली सुन र दुई वटा हतियार बरामद प्रकरणमा सुरुवाती आलोचना खेपेको प्रहरी अहिले सफल अपरेसनतर्फ उन्मुख भएको छ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गका दुई प्रहरीको मिलेमतोमा नक्कली सुन र हतियार बरामद गरेर अभियुक्तलाई भगाएपछि प्रहरी आलोचित बनको थियो। 

काठमाडौंबाट दिउँसै गाडीबाट मान्छे भाग्न सम्भव नहुने भन्दै अनुसन्धानमा जुटेको महानगरीय प्रहरी परिसर काठमाडौंले दरबारमार्गका सिपाही बहादुरसिंह कठायत र प्रशन्न श्रेष्ठले सुन बरामद भएको घटनास्थल पहिचान गरेको थियो।  त्यसपछि अनुसन्धान गर्ने क्रममा परिसरको टोलीले नक्कली सुन तस्करी काण्डमा संलग्न भएको आरोप लागेका कौशल पटेललाई न्यूरोडबाट पक्राउ गरेको थियो।

त्यस्तै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उक्त सुन काण्डमा संलग्न भएको आरोपमा नवलपरासीबाट निलेश खशिया, विजय पटेल र देवानसिंह पटेललाई पक्राउ गरेको थियो।

त्यस्तै उक्त घटनामा संलग्न भएको आरोपमा लागेका प्रहरी जवानद्वय बहादुरसिंह कठायत तथा प्रशन्न श्रेष्ठमाथि प्रहरी थुनामै राखेर फौजदारी अभियोगमा अनुसन्धान गरिरहेको छ।

उता परिसरकै सूचनाका आधारमा नक्कली सुन र पेस्तोल बोक्न प्रयोग भएको गाडीका धनी बाराका इल्ताफ हुसेन अन्सारी पक्राउ परेपछि सुरुवातमा आलोचित बनेको परिसर अहिले सफल अनुसन्धानतर्फ उन्मुख भएको हो। पर्सा प्रहरीले पक्राउ गरेका अन्सारीलाई लिन महानगरीय प्रहरी अपराध महाशाखाको टोली पर्सा गइसकेको छ।

‘एक-दुई सिपाहीको बदमासीका कारण पुरै प्रहरी युनिटलाई जोडेर बद्नाम गर्न खोजिएको थियो । अहिले एकपछि अर्को गरी धमाधम उक्त घटनामा संलग्न भएका अभियुक्त पक्राउ परेका छन् । यसलाई प्रहरीको सफलता मान्नुपर्छ,’महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने।

त्यस्तै नक्कली सुन र पेस्तोल बोक्न प्रयोग भएको गाडी पनि परिसकै टोलीले ललितपुरको नखिपोटबाट पक्राउ गरेको थियो ।

Ncell 2
Ncell 2
nimb
nimb

पटेल परिसरको लेन्सभित्र
नक्कली सुन तस्करका मुख्य योजानकार हुन् भारतीय नागरिक सञ्जय पटेल। सुन्धारामा प्रहरी जवान बहादुरसिंह कठायतलाई सुन र हतियार सुम्पिएपछि सञ्जय चढेको गाडी भागेको थियो। सञ्जयसँगै गाडीमा थिए बाराका इल्ताफ हुसेन अन्सारी। अन्सारी आजै बाराको निजगढबाट पक्राउ परेका छन् । 

तर अहिलेसम्म फरार रहेका सञ्जयको खोजीमा जुटेको महानगरीय प्रहरी परिसर काठमाडौले उनी काठमाडौंबाट भागेर भारत पुगिसकको विश्लेषण गरेको छ। सुन दिएपछि ललितपुर नखिपोटमा स्कfर्पियो राखेर फरार भएका सञ्जय केही दिन काठमाडौंमै लुकेर भारत छिरेको पाइएको प्रहरी स्रोतको दाबी छ। स्रोतले नेपाल लाइभसँग भन्यो, ‘फरार पटेल हाम्रो अनुसन्धान लेन्समै छन् । उनका गतिविधि पहिचान भइसकेको छ। ढिलोछिटो कानुनी दायरामा आउँछन् ।’

यस्तो थियो नक्कली सुन काण्ड
नक्कली सुन काण्डमा फरार रहेका मुख्य पात्र सञ्जय पटेलको योजना अनुसार चाँदीमा पहँलो जलप लगाएर सक्कली सुन भनेर बेच्ने योजना रहेको अहिलेसम्मको अनुसन्धानले देखाएको छ। सोही योजना अनुसार सञ्जयले यसको जिम्मा निलेश शखियालाई दिए। शखियाले काठमाडौंमै बस्ने पटेल दाजुभाई देवानसिंह र कौशललाई जलप लगाउने जिम्मा दिएका थिए। चाँदी खरिद र जलप लगाउन समेत पटेल दाजुभाइकाे केही रकम खर्च भएको थियो ।

ठूलो मात्रामा चाँदीलाई सुन बनाएर भारत लैजाने काम अवैधानिक थियो। यसैलाई मौका बनाएर प्रहरीसँग मिलेर लुट्ने र आधा-आधा बाँड्ने योजना देवानसिंहले बनाए । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चिनजान भएका प्रहरी जवान बहादुरसिंह कठायतलाई कौशलले योजना सुनाए। त्यसवापत  १५ लाख कठायतलाई दिन कौशल तयार भए। त्यसपछि उक्त सामान लुट्ने योजना बन्यो।

घटनाको अघिल्लो दिन साउन १२ गते साँझ क्वीक रेस्पोन्स भेइकल (सिआरभी)का चालक कठायतले महानगरीय प्रहरी वृत्त दरबारमार्गका सादा पोशाकका प्रहरी जवान प्रशन्न श्रेष्ठलाई ज्वेलरीका अवैध सामान आउँदै छ पक्राउ गर्नुपर्छ भनेर सुनाए। 

कठायतले दिएको यो सूचना श्रेष्ठले वृत्तका प्रमुख डिएसपी रन्जन दाहाललाई सुनाए। कठायतकै सूचना अनुसार एम्बुसिङ गरेर चेकिङमा प्रहरी बस्यो। डिएसपी दाहाल आफैं फिल्डमा खटिए। डिएसपी दाहाललाई गलत लोकेशन दिइयो। सामान बोकेर गाडी आउने ठाउँमा जवान कठायत बसे। नक्कली सुन बोकेको बा ६ च ५५१९ नम्बरको स्कार्पियो कमलादीबाट घण्टाघर हुँदै बाहिरियो ।

सुन्धाराको आकाशे पुल नजिक पुगेपछि गाडीमा सवार निलेशले झरेर जवान कठायतलाई सुन र पेस्तोलको झोला दिएका थिए। त्यसपछि कठायतले उनीहरुलाई भगाएका थिए ।

सम्बन्धित समाचार

नक्कली सुनकाण्ड : फरार इल्ताफ हुसेन अन्सारी पक्राउ

यस्तो रहेछ 'नक्कली सुन काण्ड'को गुत्थी

नक्कली सुन प्रकरण : पक्राउ परेको पटेल समूह कमलादीस्थित अपार्टमेन्टमा बस्दै आएको खुलासा

नक्कली सुन प्रकरण : कागजातसँग मिल्याे बरामद गाडीको इन्जिन र च्यासिस नम्बर

न्युरोडमै बनेको थियो नक्कली सुन, १ किलो प्रहरीले नै लुकाएका थिए साथीको घरमा

नक्कली सुन काण्ड : दरबारमार्ग वृत्तका डिएसपी दाहाललाई जिम्मेवारीबाट हटाइयो

सुन काण्डमा प्रयोग भएको गाडी ललितपुरमा फेला

नक्कली सुन प्रकरण : प्रहरी मिलेमतोको आशंका, चार मुद्दा चलाउने तयारी

नक्कली सुन प्रकरण : पूर्वीनवलपरासीबाट ३ जना पक्राउ, काठमाडौं ल्याइँदै

बरामद भएकाे १५ किलो पहेंलाे धातुमध्ये ५०० ग्राममात्रै सुन

काठमाडौंबाट १२ करोड बराबरको १५ केजी सुन बरामद

प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १४:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार दिउँसो इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित बुलबुल यादवको घरमा खानतलासी गर्दा ९१५ किलो ६८० ग्राम गाँजा बरामद भएको जिल्ला प्रह... आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार गौमुखी गाउँपालिका–३ घर भएका घर्ती आइतबार दिउँसो करिब २ बजे कारागारको बाथरुममा झुण्डिएको अवस्... आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्