काठमाडौं- प्रहरीले मंगलबार बिहान काठमाडौंको दरबारमार्गबाट बरामद गरेकाे १५ केजी सुनमध्ये ५०० ग्राममात्र सक्कली भएकाे पाइएकाे छ। महानगरीय प्रहरी परिसरको टोलीले बिहान गाडीले फालेर हिंडेकाे अवस्थामा उक्त परिमाणकाे सुन बरामद गरेको थियाे।
काठमाडौं परिसरका डिएसपी राजकुमार केसीले बरामद भएकाे सुन परीक्षण गर्दा बाँकी सुनकाे लेप लगाएकाे चाँदी भएकाे खुलेकाे जानकारी दिए। यस्तै प्रहरीले सुनसँगै गोली नभएकाे दुई पेस्तोल पनि बरामद गरेकाे थियाे।
प्रहरीले बिहान ९ बजेको समयमा काठमाडौंको कमलादीबाट महेन्द्र शालिकतर्फ जाने सडकमा चेकजाँच गर्दा कृष्ण पाउरोटीबाट कमलादीतर्फ तीव्र गतिमा आएको बा ६ च ५५११ नम्बरको स्कार्पियोलाई रोक्दा गाडीबाट सेतो रङको कपडाको झोला फ्याँकिएको थियो। साेही झाेलामा सुन र पेस्ताेल बरामद भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।