काठमाडौं–प्रहरीले नक्कली सुन बरामद प्रकरणमा पूर्वी नवलपरासीबाट ३ जनालाई पक्राउ गरेको छ। अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई काठमाडौं ल्याइँदै गरिएको प्रहरीले जनाएको छ। 
प्रहरीले मंगलबार बिहान काठमाडौंको दरबारमार्गबाट बरामद गरेको १५ केजी पहेंलो धातुमध्ये ५०० ग्राममात्र सक्कली सुन भएको पाइएको थियो।
गाडीले फालेर हिंडेको अवस्थामा महानगरीय प्रहरी परिसरको टोलीले उक्त परिमाणको नक्कली सुन बरामद गरेको थियो। प्रहरीले त्यससँगै पेस्तोल पनि बरामद गरेको थियो। 
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।