• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ १०, २०८२ Sat, May 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष
यस्तो रहेछ 'नक्कली सुन काण्ड'को गुत्थी
64x64
नारायण अधिकारी आइतबार, साउन २५, २०७७  २०:२६
1140x725

काठमाडौं- ‘दुई वटा पेस्तोल बरामद नभएको भए सायद नक्कली सुन काण्डले यति ठूलो चर्चा लिने थिएन। लुटपाटमा सहयोग गर्ने प्रहरीले केही रकम पाउँथे। कथा यही टुंगिन्थ्यो,’ साढे १५ किलो नक्कली सुन (चाँदीमा पहँलो लेप लगाएको), आधा किलो सक्कली सुन र दुई वटा पेस्तोल बरामद घटनाको सुक्ष्म अनुसन्धान गरिरहेका एक अधिकारीले सुनाए।

नक्कली सुन तस्करीको कारोबार  गर्नेले पेस्तोल नै प्रहरीलाई नबुझाएको भए घटना सामसुम हुने तर्क ती अधिकारीको थियो। उनका अनुसार तस्करहरूले योजना पनि सोही अनुसार बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

देवानसिंह पटेल र कौशल पटेल (दाजुभाइ)को योजना अनुसार महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी जवान बहादुरसिंह कठायत सुन लुट्ने काममा सहयोग गर्न राजी हुन्छन्। सोही योजनाअनुसार सुन बोकेको स्कोर्पियो पच्छ्याउँदै सुन्धारा पुगेपछि गाडीमा सवार निलेश सखिया झरेर सुनको झोला कठायतलाई हात लगाई दिन्छन्।

सो सुन पटेल दाजुभाइलाई जिम्मा लगाएर १५ लाख रुपैयाँ लिने योजनामा हुन्छन् प्रहरी जवान कठायत। तर सुन राखेको झोला हेर्दा दुई वटा पेस्तोल भेटिएपछि घटनाले अर्कै मोड लिएको एक अधिकारीले बताए। ‘पटेललाई बोलाएर सुन दिएर १५ लाख रुपैयाँ लिए पनि दुई वटा हतियार कसरी व्यवस्थापन गर्ने? भन्ने सोचेरै कठायतले सुन र हतियारको झोला वृत्त लगेको देखिएको छ,’ अनुसन्धानमा संलग्न ती अधिकारीले भने, ‘हतियार नभएको भए सुन बाटोबाटै पटेल दाजुभाइलाई दिएर 'अर्कै बाटोबाट गाडी भाग्यो' भन्ने योजनामा प्रहरी जवान कठायत रहेछन्।’

वृत्त प्रमुख डिएसपी रञ्जन दाहाललाई हतियार र सुन फेला परेको तर गाडीसहित मान्छे फरार भएको रिपोर्टिङ गरेपछि दाहालले सूचना दिने मान्छेलाई बोलाउन लगाएका थिए। त्यसपछि दबारमार्ग वृत्तमै कौशल पटेल पुगेको अनुसन्धानबाट खुलेको छ। कौशलले सुनको मात्रै सूचना दिएका थिए। तर दुई वटा पेस्तोल पनि बरामद भएको थियो। त्यसपछि वृत्तमै प्रहरीले कौशललाई सोधे, ‘ओ पटेल जी एैसे हतियार कहाँ से आया (पटेलजी यस्ता हतियार कहाँबाट आयो)?’

यसको जवाफ कौशलसँग थिएन। हतियार फेला परेको भनेपछि उनी पनि अचम्ममा परे। स्रोतका अनुसार दरबारमार्ग वृत्तबाट कौशलले दाजु देवानसिंहलाई फोन गरेको पाइएको छ। ‘हतियार पनि छ। सामान प्रहरीकोमा पुगिसक्यो,’ कौशलले फोनमा दाजुलाई भनेका थिए। त्यसको केही मिनेटमै कौशल दरबारमार्ग वृत्तबाट बाहिरिए।

योजना विफल भएपछि मदिरा खाएर झ्याप
त्यसपछि कौशल न्युरोड हुँदै कीर्तिपुरसम्म पुगेको मोबाइल लोकेशनले देखाएको छ। प्रहरीकै मिलेमतोमा योजना भएको थाहा पाएपछि महानगरीय प्रहरी परिसरले घटनाको अनुसन्धान सुरु गरेको थियो। सूचना पाउने पहिलो प्रहरी कठायतलाई लिएर सोधपुछ गरेपछि कौशलले सूचना दिएको उनले बताए। त्यसपछि परिसरको टोलीले कौशललाई बोलाउन कठायतलाई लगाइयो। कौशलले भेट्नका लागि कहिले 'कीर्तिपुर आउने' त कहिले 'न्यूरोड' भनेर झुक्याए।

तर मोबाइल लोकसनले उनी कीर्तिपुर एरियामा रहेको देखाएको थियो। कौशल बस्ने न्यूरोड क्षेत्रको घरमा समेत निगरानी गरेर प्रहरी बसेको थियो। अन्ततः उनी सुन बरामद भएको साउन १३ गते राति ९ बजेतिर रक्सीले मातेको अवस्थामा घरभित्र पस्न लाग्दा पक्राउ परे। 

Ncell 2
Ncell 2

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार सुन प्रहरी चौकी पुगिसकेपछि उनी कीर्तिपुर पुगेर मोबाइल अफ गरेको र कीर्तिपुरकै एक रेस्टुरेन्टमा रक्सी पिउनुका साथै राती त्यहाँबाट हिँड्दै बल्खुसम्म पुगेको र बल्खुमा आएपछि मात्रै मोबाइल अन गरेको पाइएको छ। बल्खुबाट भने उनी गाडी चढेर न्यूरोड पुगेका थिए। 

तीन भाइको गौशालामा भेट, गमलामा गाडियो सुन
प्रहरीलाई सुन र हतियारको झोला दिएपछि निलेश सखियाले विजय पटेल र देवानसिंह पटेललाई सम्पर्क गरेका थिए। त्यसपछि उनीहरुको भेट गौशालामा भएको अनुसन्धानमा संलग्न अधिकारीको भनाइ छ। जतिसक्दो छिटो काठमाडौं छाड्दा सुरक्षित हुने भन्दै गौशालामै योजना बनाएर उनीहरू हिँड्दै नागढुंगासम्म पुगेका थिए। त्यहाँबाट भने उनीहरू ट्याक्सीमार्फत् नवलपरासी पुगेपछि पक्राउ गरेका थिए।

निलेशको हातबाट सुनको पोका लिएपछि जवान कठायतले आफैसँग भएका साथी उमेश श्रेष्ठलाई १ किलो नक्कली सुन लुकाउन दिएका थिए। श्रेष्ठले उक्त सुन आफ्नो घरको गमलामा लगेर गाडेको अवस्थामा भेटिएको थियो।

गाडी पच्छ्याउँदै जवान श्रेष्ठ पुगेका थिए टेकु
सुन बरामद भएको तर गाडीसहितको मान्छे फरार भएको रिपोर्टिङ दरबारमार्ग वृत्तले महानगरीय प्रहरी परिसरलाई गरेको थियो। सुन फ्याकेर राजधानीबाटै दिनदहाडै कसरी गाडीमा मान्छे भाग्न सम्भव छ? यो प्रश्नको गुत्थी पहिल्याउन परिसरको टोली जुटेको थियो। परिसरको टोलीले सडकमा राखिएका सिसीटिभी फुटेज र फरार अभियुक्तको मोबाइल लोकेसनका आधारमा गाडीमाथिको अनुसन्धान अघि बढायो।

सुन दिइसकेपछि उक्त गाडी त्रिपुरेश्वर हुँदै टेकुतर्फ मोडिएको सिसीटिभी फुटेज प्रहरीले फेला पार्‍यो। टेकुको साल्ट ट्रेडिङ हुँदै सानेपा जाने मूलबाटो नपुग्दै शुक्रराज शास्त्रीको शालिक भएको गल्लीबाट दक्षिणतर्फ मोडियो। त्यसपछि ललितपुर छिरेको विश्लेषण गरेको परिसरको टोलीले पत्रकार सम्मेलन गरेर घटनाको जानकारी गराएको दिन सातदोबाटोसम्म गाडी पुगेको सिसीटिभी फुटेज पत्ता लगाएको थियो।

त्यसको भोलिपल्ट पनि परिसरको टोली गाडीको खोजीमा जुट्यो। भोलिपल्ट ललितपुरकै नखिपोटसम्म गाडी पुगेको सिसीटिभी फुटेजमा देखा पर्‍यो। त्यसपछि भने गाडी कता गयो प्रहरीले कुनै सुराक पाउन सकेको थिएन। 

तेस्रो दिन पनि परिसरको टोली गाडी खोज्नमा जुट्यो। ‘नखिपोट क्षेत्रमै वडा कार्यालयले राखेको सिसीटिभीमा उक्त गाडी कैद भएको देखियो। त्यो सिसीटिभी फुटेज हाम्रा लागि ठूलो 'क्लू' थियो। त्यसपछि पक्कै त्यतै वरपर हुनुपर्छ भन्ने विश्लेषण गरेर हामीले सर्च गर्‍यौं। नभन्दै त्यही नजिकै एक घरमा गाडी फेला पर्‍यो,’ एक प्रहरी अधिकारीले नेपाल लाइभसँग भने।

दोस्रो दिन नखिपोटसम्म पुगेको सिसीटिभी फुटेजबाट परिसरको टोलीले पत्ता लगाएको थियो। त्यतिन्जेल गाडी मकवानपुर पुगिसकेको हल्ला फैलिसकेको थियो।

तेस्रो दिन बिहान 'नखिपोट क्षेत्रमै गाडी हुनपर्छ' भन्दै प्रहरीले सर्च अपरेसन नै चलायो। वडा कार्यालयल राखेको सिसी टिभीटिभी फुटेजसमा समेत गाडी देखिएको पाइएको थियो। त्यसको अलि टाढा कभर राखेको अवस्थामा गाडी फेला परेको थियो। कागजातअनुसार इन्जिन र च्यासिस नम्बर मेल खाएपछि सोही गाडी नै सुन तस्करीमा प्रयोग भएको पुष्टि भएको थियो।

१५ लाखमा सेटिङ
नक्कली सुन काण्डमा फरार रहेका मुख्य पात्र सञ्जय पटेलको योजना अनुसार चाँदीमा पहँलो जलप लगाएर सक्कली सुन भनेर बेच्ने योजना रहेको हालसम्मको प्रहरी अनुसन्धानले देखाएको छ। सोही योजनाअनुसार सञ्जयले यसको जिम्मा निलेश सखियालाई दिए। सखियाले काठमाडौंमै बस्ने पटेल दाजुभाइ देवानसिंह र कौशललाई जलप लगाउने जिम्मा दिएका थिए। चाँदी खरिद र जलप लगाउनसमेत पटेल दाजुभाइको केही रकम खर्च भएको थियो।

ठूलो मात्रामा चाँदीलाई सुन बनाएर भारत लैजाने काम अवैधानिक थियो। यसैलाई मौका बनाएर प्रहरीसँग मिलेर लुट्ने र आधा आधा बाँड्ने योजना देवानसिंहले बनाए। यो कुरा उनले आफ्ना भाइ कौशललाई सुनाए। कौशल पनि तयार भए। 'स्पट' र प्रहरी मिलाउने जिम्मा कौशललाई सुम्पिए देवानले।

लाजिम्पाट बिटमै रहँदा चिनजान भएका प्रहरी जवान बहादुरसिंह कठायतलाई कौशलले योजना सुनाउँदै भने, ‘करोड बराबरको अवैधानिक ज्वेलरीको सामान आउँदै छ। लुट्नु पर्‍यो। सामान आधीआधी।’

उनले चाँदीमा लेप लगाएर बनाएको नक्कली सुन भनेका थिएनन् कठायतलाई। मात्रै ज्वेलरीको सामान भनेका थिए। सुरुमा सामान आधाआधा भने पनि कठायतले सामान भन्दा क्यास लिने शर्त राखे। १५ लाख कठायतलाई दिन कौशल तयार भए। त्यसपछि उक्त सामान लुट्ने योजना बन्यो।

क्विक रेस्पोन्स भेइकल (सिआरभी)का चालक कठायतले घटनाको अघिल्लो दिन साउन १२ गते साँझ महानगरीय प्रहरी वृत्त दरबारमार्गका सादा पोशाकका प्रहरी जवान प्रशन्न श्रेष्ठलाई 'ज्वेलरीका अवैध सामान आउँदैछ पक्राउ गर्नुपर्छ' भनेर सुनाएका थिए। स्रोतले नेपाल लाइभसँग भन्यो, ‘कठायतले त्यसबेला श्रेष्ठसँग लुट्नेबारे केही पनि सुनाएका थिएनन्। ठूलो मात्रामा अवैध सामान आएको र पक्राउ गर्ने मात्रै सुनाएको पाइएको छ।’

कठायतले दिएको सो सूचना श्रेष्ठले वृत्तका प्रमुख डिएसपी रञ्जन दाहाललाई सुनाए। कठायतकै सूचनाअनुसार एम्बुसिङ गरेर चेकिङमा प्रहरी बस्यो। डिएसपी दाहाल आफैं फिल्डमा खटिए। डिएसपी दाहाललाई गलत लोकेसन दिइयो। सामान बोकेर गाडी आउने ठाउँमा जवान कठायत बसे। नक्कली सुन बोकेको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो कमलादीबाट घण्टाघर हुँदै बाहिरियो।

सिसिटिभी फुटेजमा देखिएको स्कोर्पियो।

जवान कठायत साथी उमेश श्रेष्ठसँगै थिए। उनै उमेशको मोटरसाइकलको पछाडि बसेका कठायतले भनेजसरी नै उमेशले गाडीलाई पच्छ्याउँदै मोटरसाइकल कुदाए।

प्रहरीका अनुसार त्यसबेला स्कोर्पियोमा निलेशसहित बाराका इल्ताफ हुसेन अन्सारी, र भारतीय नागरिक सञ्जय पनि थिए। पूर्वयोजना अनुसार पटेल दाजुभाइले निलेशलाई प्रहरीले पच्छ्याउँदै गरेकाले र सुन छाडेर भाग्ने सुझाउँछन्। गाडीमै सवार सञ्जयले पनि सुन छाडेर सार्वजनिक गाडीमा चढेर आउन भन्दै निलेशलाई सुन्धाराको आकाशे पुल नजिक गाडीबाट झार्छन्। इल्ताफ र सञ्जय स्कोर्पियोमा फरार हुन्छन्।

गाडीबाट झरेका निलेश भने सुन्धाराको आकाशे पुलमा पुगेर नक्कली सुन र हतियारको झोला प्रहरी जवान कठायतलाई सुम्पिन्छन्। जवान कठायतले निलेशलाई भगाइदिन्छन्।

प्रकाशित मिति: आइतबार, साउन २५, २०७७  २०:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
अमेरिकाको सान डिएगो विमान दुर्घटना : पाइलटसहित ६ जनाको मृत्यु शनिबार, जेठ १०, २०८२
कम्युनिस्टहरू नसुध्रिए ०८४ सालको चुनावमा जनताले बढार्छन् : झलनाथ खनाल शनिबार, जेठ १०, २०८२
शुभमन गिल बने भारतको नयाँ टेस्ट कप्तान शनिबार, जेठ १०, २०८२
जुम्लाका दुई पालिका पूर्ण खोप सुनिश्चितता घोषित शनिबार, जेठ १०, २०८२
नेताहरूले गरेको योगदान जनतासामु लैजानुपर्छ : शेरबहादुर देउवा शनिबार, जेठ १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
गोर्खा मिडियाको प्रवन्ध निर्देशक हुनुअघि नै रवि आर्थिक कारोबारमा संलग्न थिए : सर्वोच्च अदालत शुक्रबार, जेठ ९, २०८२
विवादास्पद अभिव्यक्ति पछि बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्