• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त

64x64
समर्पण श्री बिहीबार, फागुन १८, २०७९  १०:४२
1140x725

काठमाडौं– अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा हेर्छन्। 

अक्षर प्रिन्ट गरिएका कागज सामुन्ने छन्। दुई कागज सँगै राखेर उनी रुजु गर्छन्। र गलत शब्दलाई काट्दै हरियो मसीले सच्याउँछन्। 

मूल कागजबाट सारिएका अक्षरहरू ए–फोर पेपरसम्म आइपुग्दा केही गलत टिपिएका थिए। ‘ल हेर्नुस्, विज्ञले यसलाई मदवा बन्दुक पढ्नुभयो। मैले भरुवा बन्दुक पढेँ,’ रुजु देखाउँदै उनले भने।

सर्वोच्च अदालतस्थित प्रकाशन शाखाको सम्पादन कोठामा इतिहासविद् दिनेशराज पन्त मसिना अक्षरहरू केलाउँदै गरेको भेटिन्छन्। साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) त्यहाँ पुग्नु उनको रुटिन नै बनिसकेको छ।

‘म धुम्बाराही बस्छु। सरहरूले गाडी पठाइदिनुहुन्छ। साढे ९ बजे गाडी आउँछ। यहाँ आएर खुरु–खुरु काम गर्छु। साढे १२ बजे फर्कन्छु,’ ७३ वर्षीय दिनेशराज भन्छन्।

विसं २०१३ सालमा सर्वोच्च अदालतको स्थापना भयो। सर्वोच्च अदालत स्थापना हुनुअघि प्रधानन्यायालयबाट मुद्दाका फैसलाहरू हुन्थे। त्यतिबेलाका फैसलाहरू कस्ता थिए होलान्? फैसलाका भाषा र प्रयोग गरिएका शब्दमा कति परिवर्तन आए होलान्? आम चासोको विषयलाई सम्बोधन गर्ने गरी सर्वोच्च अदालतले गत वर्ष एउटा निर्णय गर्‍यो, ‘०८देखि १२ सालसम्मका फैसलाहरूलाई डिजिटाइज्‌ड गर्ने।’

७० वर्षअगाडिको अक्षरलाई बुझेर उतार्न सजिलो थिएन। यो काम गर्न सक्ने विज्ञहरू औँलामा गन्न सकिने मात्र छन्। ०७८ असोजतिर दिनेशराज पन्तलाई सर्वोच्चका न्यायाधीश हरि फुँयालले फोनमा अनुरोध गरे, ‘हजुरले नै टिम बनाएर फैसलाहरूको ट्रान्सक्राइब गर्नुपर्‍यो।’

Ncell 2
Ncell 2
nimb
nimb

इतिहास उधिन्दै ठूल्‌ठूला ग्रन्थ लेखिसकेका दिनेशराजलाई यो कुनै अप्ठेरो काम त थिएन।

न्यायाधीश फुयाँलको अनुरोधलाई दिनेशराजले सकारात्मक रुपमा लिए। भने, ‘लामो समयदेखि न्याय सेवामा लागेका विज्ञहरू हुनुहुन्छ। उहाँहरूको टिम बनाउनुस्। मैले जानेको सिकाउने काम गरौँला।’ 

९ पुस ०७८ मा रिटायर्ड उपसचिव लगायतका विज्ञहरूको एउटा समूह बन्यो। दिनेशराजले उनीहरूलाई तालिम दिए। त्यसयता विज्ञहरूले उतारेको फैसलालाई रुजु गर्ने काममा उनी निरन्तर लागिपरेका छन्। दिनेशराजलाई ७० वर्षअघिको अक्षर चिन्न र भाषा बुझ्न त्यति कठिन छैन। उनले मल्लकाल र लिच्छवीकालका न्यायसम्बन्धी थुप्रै डकुमेन्ट पढिसकेका छन्। उसो त उनका थुप्रै ग्रन्थ प्रकाशित नै छन्।

पुराना फाइल पल्टाउँदै जाँदा त्यतिबेलाका भाषाले उनको ध्यान आकृष्ट पार्‍यो। पढ्दै जाँदा चिनेजानेका मान्छेहरूका फैसला पनि आउँदा रहेछन्।

Xtrem

Xtrem

‘मुद्दाहरू कस्ता रहेछन् त?’

उनले उसैगरी फाइल पल्टाउँदै देखाए, ‘धेरैजसो मुद्दा जग्गाजमिनको आउने रहेछ। बाली नबुझाएको, अंशबण्डाको मुद्दा। करणीको मुद्दा पनि रहेछन्।’

नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधानको बेन्चमा आएका मुद्दाका फैसला देखाउँछन् दिनेशराज। त्यो अंशबण्डाकै मुद्दा थियो। हरिप्रसादलाई वीपी कोइरालाको अनुरोधमा नेपाल झिकाएर प्रधानन्यायाधीश बनाइएको थियो। ०८ सालमा सपथ ग्रहण गरेयता उनका बेन्चका थुप्रै फैसला छन्।

उतिबेलाका मुद्दाहरू प्रष्टसँग लेखिएको पाए दिनेशराजले। ‘बोलीचालीका भाषामा लेखिँदा रहेछन्। सामान्य मान्छेले पनि पढेर बुझ्न सक्ने,’ उनले भने।

उतार्दाचाहिँ मूल अक्षरमा जस्तो लेख्यो त्यस्तै उतार्नुपर्दो रहेछ। जस्तो कि त्यतिबेला फैसलाको ठाउँमा ‘फेसला’ लेखिएको भेटिन्छ। दिनेशराज रुजु गर्दा ‘फेसला’ नै लेख्छन्।

किन त?

दिनेशराज भन्छन्, ‘यो ट्रान्सलेशन हैन, ट्रान्सक्राइब हो। हामी जति पुराना कुरामा जान्छौं, भन्न खोजेको कुरा एउटा हुन्छ। हामीले बुझेको अर्को। त्यतिबेलाको आसय मार्नुहुँदैन।’ 

उनको अर्को तर्क छ, ‘राष्ट्रिय अभिलेखालयमा १२ सय वर्षभन्दा पुराना किताब छन्। त्यसलाई हामीले आफ्नो ढंगले अनुवाद गरिदिन थाल्यौँ भने उसले भन्न खोजेको  र बुझेको अर्को हुन्छ। मूललाई जस्ताको तस्तै पो ल्याउनुपर्‍यो त।’

कतिपय ठाउँमा प्रधानन्यायाधीश हरिप्रसादको नाममा प्रसादको ‘स’ को साटो ‘श’ लेखिएको छ। दिनेशराजका अनुसार अहिले उतार्दा ‘श’ नै उतार्नुपर्दो रहेछ।

अदालती भाषाहरूमा त्यतिबेला फारसी शब्दको प्रभाव बढी परेको पाइन्छन्। ‘अदालत’ शब्द पनि फारसीबाटै आएको हो। पछिल्लो समय अदालती भाषामा अंग्रेजी शब्दको प्रभाव परेको पाउँछन् दिनेशराज। 

उतिबेला प्रयोग हुने शब्दका रोचक प्रसङ्ग पनि सुनाउँछन् उनी। एउटा फैसलाका शब्द पढ्दै उनी भन्छन्, ‘हेर्नुस् त त्यतिबेला थापा थरको महिला थिइन् भने थपेनी भनिएको रहेछ। पाँडे थर भएकी महिलालाई पँडिनी भनिँदो रहेछ।’

नियमित सर्वोच्च धाइरहेका दिनेशराज मसिना अक्षर खुट्याउने काममा रमाइरहेका छन्। तर १२ सय पेजको उनको किताबको काम भने अलपत्र छ। त्यसलाई उनले प्रशस्त समय दिन पाएका छैनन्। ‘मसिनो नगरी त म निकाल्दिनँ। निस्कनु मात्र बहादुरी हैन। संसारमा हजारौं पुस्तक निस्किरहेका छन्। तर निकालेपछि मसिनै ढंगले निकाल्नु पर्‍यो नि,’ दिनेशराज भन्छन्।

सर्वोच्चको अभिलेख शाखाको अभिलेखअनुसार २००८ देखि ०१२ सालसम्म ५ हजार ४९९ फैसला भेटिएको सर्वोच्च अदालतका प्रकाशन शाखाका सम्पादक नगेन्द्र केशरी पोखरेल बताउँछन्। ‘त्यसमध्ये २ हजार ५६८ फैसला उतार भइसकेको छ। यसलाई जतिसक्दो चाँडो सिध्याएर सार्वजनिक गर्छौँ,’ उनी भन्छन्।

 नगेन्द्र दिनेशराज पन्तको काम गर्ने शैलीबाट प्रभावित छन्। 

मसिना अक्षरहरू खुट्याउन जो कोहीलाई त झिँजो लाग्नसक्छ। तर उनी आफूले तोकेको समयमा ध्यानमग्न भएर औँलाहरूलाई दौडाइरहेका हुन्छन्। 

‘दिनेशराज सर हुनुभएकैले राम्रोसँग काम भइरहेको छ,’ नगेन्द्र भन्छन्। 

नगेन्द्रका अनुसार सर्वोच्चले गरेको यो काम ऐतिहासिक महत्त्वको हो। ‘ऐतिहासिक महत्वको काम आफ्नो नेतृत्वमा गर्न पाउनु दिनेश सरको लागि पनि खुसीको कुरा हो। र उहाँजस्तो व्यक्तित्वबाट यो काम गराउन पाउनु सर्वोच्चको लागि झन् गौरवको कुरा हो,’ नगेन्द्र भन्छन्। 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १०:४२
  • #दिनेशराज पन्त
  • #सर्वोच्च अदालत
  • #प्रधानन्यायालय
  • #हरिप्रसाद प्रधान

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्