एजेन्सी– इन्डोनेसियाको गरुड एयरलाइन्सको उडानमा एक जना यात्रुको आईफोन गायब भएपछि हङ्गामा मच्चियो। यात्रु माइकल तजेन्डारा जुन ६ मा जकार्ताबाट मेलबर्न जाँदै थिए।
आफूले आफ्नो फोन सिट पछाडिको खल्तीमा राखेको तर सिट परिवर्तन गरेपछि फोन खोज्न जाँदा आफूले राखेको ठाउँमा फोन फेला नपरेको उनको भनाइ छ। फोन नभेटेपछि, तजेन्डाराले एप्पलको ‘फाइन्ड माई आईफोन’ फिचर प्रयोग गरे।
ट्र्याकिङको क्रममा, आईफोनको सिग्नल मेलबर्नको साउथबैंक प्रोमेनेड नजिकै फेला पर्याे। यो मक्र्याेर होटलको धेरै नजिक छ। यो त्यही होटल थियो जहाँ त्यतिबेला उडानका सबै चालक दलका सदस्यहरू बसेका थिए। आईफोनको लोकेशन ट्र्याक गर्ने क्रममा इभान वाकर ब्रिज तिर सिग्नल सर्याे र पछि यारा नदीमा पुग्यो।
यसको अर्थ फोन होटल वरपर कतै थियो र त्यसपछि नदीमा फ्याँकिएको थियो। यसले शंकाको सुई उडान चालक दलतर्फ मोडियो। यो सम्पूर्ण घटना माइकल तजेन्डाराले इन्स्टाग्राममा विस्तृत रूपमा सेयर गरेका छन्। फाइन्ड माई आईफोनको स्क्रिनसट पनि पोस्ट गर्दै उनले यो केवल फोनको समस्या मात्र नभई यात्रुहरूको सुरक्षाको प्रश्न पनि भएको बताए। उनले मानिसहरूलाई यो स्टोरी शेयर गर्न अनुरोध पनि गरेका थिए।
मुद्दाको गम्भीरतालाई ध्यानमा राख्दै त्यो उडानका सबै चालक दलका सदस्यहरूलाई तत्काल प्रभावबाट निलम्बन गरिएको गरुड इन्डोनेसियाका व्यावसायिक प्रमुख एडे आर सुसार्डीले भनेका छन्।
यस घटनाको सम्पूर्ण सत्यता बाहिर नआएसम्म उनीहरू काममा फर्किन नपाउने उनको भनाइ छ। आफूहरू यात्रुसँग निरन्तर सम्पर्कमा रहेको र उनलाई सम्भावित सबै सहयोग दिएको एयरलाइन्सका प्रवक्ताले भनेका छन्। एयरलाइन्सले घटनाको लागि औपचारिक रूपमा माफी पनि मागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।