• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो

64x64
समर्पण श्री शनिबार, माघ ६, २०८०  ०८:१४
1140x725

काठमाडौं– लक्षण हेर्दा त क्यान्सरझैं पनि लाग्थ्यो। मध्यरातमा उनी ऐनामा असिन–पसिन भएको आफ्नै अनुहार हेर्दै तर्सिन थाले, ‘यसरी कहिलेसम्म बाँचुला?’

पानी पिउन पनि ठूलै कसरत पर्ने र घाँटीबाट खाना निल्न अर्काे संघर्ष गर्नुपर्थ्यो। महिनौँदेखि उनले दुई चम्चाभन्दा बढी भात निल्न सकेनन्।

‘तपाईंले अत्यधिक मात्रामा अल्कोहल र खैनी खानुभएछ,’ पहिलो पटक अस्पताल पुगेपछि नाक, कान, घाँटीका विशेषज्ञ डाक्टरले भने, ‘छालाको टिस्यू मरेको छ। बढ्दै गयो भने क्यान्सर पनि हुन सक्छ।’

अभिनेता महेश त्रिपाठीले यस्तो होला भन्ने सोचेकै थिएनन्। उनले त फिल्म ‘हल्कारा’को राम क्यारेक्टरलाई जीवन्त र विश्वसनीय बनाउन यी सब गरेका थिए। 

‘हल्कारा’ले उनलाई अमेरिकाको प्रतिष्ठित अन्तर्राष्ट्रिय हयुस्टन फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेताको अवार्ड दिलायो। उनी फिल्ममा बाँचेको राम पात्रले थुप्रै दर्शक र समीक्षकको प्रेम पनि पायो। तर त्यही पात्रलाई जीवन्त बनाउन खाएको खैनीले महेशलाई निकै वर्षसम्म कष्टको बाटो हिँडायो। 

उनी एक अभिनेता (नाम सम्झना भएन)को चर्चित भनाइ सापटी लिँदै भन्छन्, ‘कुनै पात्रमा बाँचिसकेपछि कति कुरा त्यो क्यारेक्टरलाई आफूले दिइन्छ। कति क्यारेक्टरले आफूलाई दिएर जान्छ।’

महेशको हकमा पनि त्यस्तै भयो।

०००

Ncell 2
Ncell 2
nimb
nimb

लामो समयदेखि सोचेजस्तो स्क्रिप्टमा काम नआउँदा महेश तनावमा जेलिएका थिए। जे गर्न उनी काठमाडौंमा टिकिरहेका थिए, त्यो हुन सकिरहेको थिएन। 

महेशलाई अभिनयको भोकले सताइरहेको थियो। त्यही बेलामा उनलाई निर्देशक विक्रम सापकोटाले फिल्म ‘हल्कारा’को मुख्य भूमिकाका लागि प्रस्ताव गरे। स्क्रिप्ट पढेपछि लाग्यो, ‘यस्तो कथामा अवसर त विरलै पाइन्छ।’ त्यसपछि उनले फिल्मको राम पात्रमा आफूलाई ढाल्न कसरत गर्न थाले।

उनी आफैं एक्टिङका विद्यार्थी। फिल्म कलेजमा विद्यार्थीहरूलाई अभिनय नै पढाउँथे। आफूले सिकेको अभिनय प्रकियालाई उनले फिल्ममा पछ्याउन कुनै कसर बाँकी छाडेनन्।  
राम अल्कोहोलिक पात्र थियो। ‘रामले यदि रक्सी खान नपाउँदा तलतल कसरी मेटाउँछ होला ?,’ महेशले खोजी गर्न थाले। उनको सूक्ष्म अवलोकनले भेट्टायो– खैनी।

‘पात्रले खैनी खाएको कुरा नियतबस क्यामेरामा देखाउनु पनि थिएन। यसरी बनोस् कि, त्यसको लजिक त्यही सिनेमा भित्र होस्,’ महेश सम्झन्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फिल्ममा राम बोल्नुअघि उसको घाँटीमा केही अड्केजस्तो हुन्छ। त्यो पात्रले खाने खैनीको प्रभाव थियो। 

सानो छँदा महेशलाई एक जना काकाले खैनी खान दिएका थिए। पहिलो पटक मुखमा पर्दा उनलाई गाह्रो भएको थियो। यस पटक क्यारेक्टरका लागि उनले सुटिङको तीन महिना अघिबाट खैनी खान थाले। त्यतिबेला खैनी र रक्सी महेशका निम्ति नियमित जस्तो भयो। 
‘यसरी बानी परेछ कि राति उठेर पनि खान थालेँ,’ महेश सम्झन्छन्।  

०००

सन् २०१८, सुटिङको अन्तिमतिर ‘हल्कारा’ टिम बन्दीपुरमा थियो। 

त्यहाँ छँदा पहिलो पटक उनले घाँटीबाट खाना निल्न असहज भएको महसुस गरे। क्रमशः अफ्ठ्यारो हुँदै गएपछि खाना खाने समयमा महेश समूहबाट छुट्टिए। अनि एक्लै बसेर खान थाले। तर मुस्किलले २ चम्चाभन्दा खाना खान सक्दैनथे।

सुटिङ सकेर काठमाडौं फर्केपछि ओस्कार कलेज र एभरेस्ट कलेजमा उनले नियमित अध्यापन गराउन थाले। अध्यापनको समयमा धेरै बोल्पथ्र्यो। उनलाई बोल्न पनि गाह्रो हुन थाल्यो। थुक निल्न पनि असहज हुन थाल्यो। घाँटी सुक्खा भएकाले उनी थुकिरहन्थे। 
विद्यार्थीहरू सोच्थे, ‘सरलाई खैनी खान बानी परेछ।’

महेशले सुटिङबाट फर्कनासाथ खैनी खान छाडिसकेका त थिए। तर उनलाई त्यो खैनीको दुखाइले भने ४ वर्षसम्म छाडेन। उनी ७२ केजी तौलबाट घटेर ५५ केजीमा झरे। ‘मैले खाना खान नसक्दा ममी धरधरी रुनुहुन्थ्यो। मलाई यस्तो गर्दागर्दै खाना नखाई मर्छु भन्ने लाग्न थालेको थियो,’ उनी सुनाउँछन्।

कतिपय बेला खाना निल्न नसकेर साटो स्लाइन पानी चढाउनुपरेका दिन पनि उनी सम्झिन्छन्। 

सुरुमा उनले चाबहिलस्थित नाक, कान, घाँटीका एक विशेषज्ञ डाक्टरलाई समस्या देखाए। चेकअपश्चात् डाक्टरले भने, ‘छालाको टिस्यू मरेको छ। बढ्दै गयो भने क्यान्सर पनि हुन सक्छ।’ 

नियमित औषधि खाएमा ३/४ वर्षसम्ममा निको हुने आश्वासन डाक्टरले दिए। ‘तर जति औषधि खाँदा पनि ठिक हुँदैन। गाह्रो भइरहेको छ। फेरि अल्का अस्पताल गएँ। नर्भिक गएँ। टिचिङ गएँ। ग्रान्डी गएँ। सबैले आत्तिनु पर्दैन भने,’ उनी सुनाउँछन्।

महेशलाई बेलाबेला श्वास फेर्न गाह्रो भएझैं लाग्थ्यो। यही समस्याले उनको एन्जाइटी बढ्यो। उनी साइकोलोजिस्ट कहाँ पनि धाए।
दुई वर्षपछि विस्तारै सहज महसुस हुन थाल्यो। उनी पहिलेभन्दा सहज तरिकाले पानी पिउन सक्ने भए। विस्तारै खानाको गाँस पनि बढ्न थाल्यो। ५ वर्षपछि पहिलो पटक महेशले औषधि घुटुक्क निले। त्यतिबेला उनलाई निकै आनन्द समेत लाग्यो। अहिले त धेरै सहज भइसकेको छ। तर पनि उनी समूहमा बसेर अझै खान सक्दैनन्। यो समस्या पूर्ण निको हुने क्रममै छ। 
महेशलाई अहिले आएर लाग्छ, ‘त्यो पात्रका लागि मैले जे गरेँ, त्यसको अल्टरनेटिभ तरिकाले पनि गर्न सक्थेँ।’

किनकि, स्वास्थ्यभन्दा ठूलो अरु हुन्न भने कुरा त्यसपछि मात्र महेशले महसुस गरे। ‘खासमा क्यारेक्टरमा अथेन्टिक चाहिन्छ। तर अथेन्टिकको नाममा आफूलाई हार्म गर्ने काम चाहिँ गर्न हुन्न रहेछ,’ महेश भन्छन्, ‘बरु त्यसका लागि विकल्पहरू खोज्नुपर्छ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  ०८:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म मनाइने यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छ । बिहीबार, असोज २९, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
हानी नोक्सनी कोषको आकस्मिक बैठक कात्तिक ५ गतेका लागि बोलाइयो, रसुवा बाढी मुख्य एजेण्डा शनिबार, असोज ३१, २०८३
के तोप र बन्दुकको चर्को आवाजले चराहरूको ज्यानै जानसक्छ ? शनिबार, असोज ३१, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह शनिबार, असोज ३१, २०८३
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन शनिबार, असोज ३१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्