Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो

64x64
समर्पण श्री सोमबार, माघ १५, २०८०  ०८:२६
1140x725

‘ओ दयारानी,’ उनी सानो छँदा बाले आमालाई मायाले बोलाएको यो नाम पछिसम्म पनि कानमा गुन्जिरहन्थ्यो। 

‘बा खुसी हुँदा किन आमालाई यही नामले बोलाउँछन्?’ उनी जान्न उत्सुक थिए। 

आफ्नो संस्कृतिलाई नजिकबाट केलाउँदै गएपछि थाहा भयो, ‘यो त गुरुङ युवतीहरूलाई दिइने उपमा रहेछ।’

अभिनेता माओत्से गुरुङले पाँच वर्षअगाडि एक निसन्तान गुरुङ दम्पतीको कथामाथि स्क्रिप्ट लेखे। 

फाइनल भएपछिका केही दिन नाम जुराउनैमा खर्चिए। मन्थनको बेला बाले आमालाई दिएको उही उपमा सम्झिए। 
अनि साथीहरूलाई सुनाए, ‘मैले फिल्मको नाम दयारानी जुराएँ।’ 

साथीहरूबाट नाम सदर भयो। त्यहीबखत एक साथीले ठट्टामा भने, ‘यदि दयाहाङले फिल्म खेल्यो भने उसकै नामबाट शीर्षक जुराएको भन्ठान्छन् होला, हाSSS...।’

संयोग पनि त्यस्तै। यो भूमिकाका लागि दयाहाङको विकल्प माओत्सेले फेला पारेनन्। दयालाई स्क्रिप्ट देखाए। कथा मन पर्यो। दया फिल्ममा ‘गुरुङ’ बन्न राजी भए। अभिनेत्री दिया पुनलाई स्क्रिप्ट लेख्नुअघि प्रस्ताव गरेका थिए। उनै दुई परिचित अनुहारलाई लिएर माओत्सेले ‘दयारानी’ बनाए। 

अब यो फिल्म २६ माघबाट दर्शकहरूको हुनेछ। यतिबेला माओत्से कतिपयले गरेको अड्कलबाजी सुन्छन्, ‘दयाहाङले खेलेको भएर फिल्मको नाम दयारानी राखेको होला।’ 

Ncell 2
Ncell 2
nimb
nimb

उनी पाँच वर्षअघि साथीले गरेको ठट्टा सम्झेर मुसुक्क हाँस्छन्। 

र भन्छन्, ‘ त्यसो त हैन।’ 

०००

माओत्से कुशल चरित्र अभिनेता हुन्। चाहे ‘पुरानो डुंगा’ होस् वा ‘कबड्डी’ शृंखला।

Xtrem

Xtrem

दर्जन भन्दा बढी फिल्महरूबाट उनी दर्शकहरूमाझ लोकप्रिय भइसकेका छन्। तर धेरैलाई उनको निर्देशकीय छवीबारे थाहा नहुनसक्छ। यसअघि गुरुङ फिल्महरू मात्र बनाइरहेका माओत्सेले पहिलो पटक नेपाली भाषाको फिल्म निर्माण गरे। केहीदिनअघि बागबजारको एक क्याफेमा हामीले उनीसँग ‘दयारानी’को यात्राबारे भलाकुसारी गर्यौँ। 

माओत्से झण्डै १ दशक अगाडिको स्मृतिमा फर्किए।

००० 

समाजको एउटा तीतो यथार्थले उनलाई सधैं पोलिरहने रहेछ। ‘त्यो के भने श्रीमान्‌को कारण बच्चा हुँदैन थियो। दोष श्रीमतीले खेप्नुपर्थ्यो। पुरुष अहम्‌का कारण महिलाले खेपिरहेको पीडाले मलाई झक्झक्याइरह्यो। यो विषयमा सोचिरहँदा थाहै नपाई मस्तिष्कमा कथाको भ्रूण जन्मिएछ,’ माओत्से स्मृतिको पत्र उप्काउँछन्।

Maotse_Gurung-(1)-1706497797.jpeg
चार वर्षसम्म मस्तिष्कमा बोकेर हिँड्दा भ्रूणले आकार लिँदो रहेछ। नयाँ चित्रहरू कोरिँदै जाँदा रहेछन्। दृश्यहरू मडारिने रहेछन्। ‘दिमागमा रहँदा यस्तो सुन्दर तरिकाले बन्दो रहेछ कि एउटा सुन्दर फिल्म भित्रै निर्माण भइसकेको हुन्छ,’ माओत्से भन्छन्।

त्यसलाई पटकथामा उतार्नुअघि माओत्से मस्तिष्कले कल्पेको ठाउँ हेर्न लमजुङको घले गाउँ गए। कल्पेको लोकेसन यथार्थसँग मेलै खाएन। फर्कनेबेलामा सोचे, ‘अब स्क्रिप्ट नसकी लोकेसन खोज्दिनँ।’

पटकथा एकपटक मात्र लेखेनन्। पटक पटक लेखे। २०औँ ड्राफ्टपछि मात्र ‘ओके’ गरे। त्यसपछि लोकेसनका लागि जहा जहाँ धाए, अनुहार खुम्च्याएर मात्र फर्किए। ‘स्याँजा, तनहुँ, कास्की र लमजुङका थुप्रै गाउँ डुलेँ। कहीँ पनि भनेजस्तो ठाउँ भेटिनँ। कथामा जस्तो घरमा धनसार, नजिकै रुख, फराकिलो आँगन, नबारिएको पिँडी, यस्ता खालका घर भेट्नै मुस्किल भयो,’ माओत्से सुनाउँछन्। 

एकदिन युट्युवमा ठाउँहरू खोज्दै थिए। मादी गाउँपालिकाको याङ्जाकोट गाउँ फेला पर्यो। गाउँको संरचना उनले सोचे जस्तै थियो। देखेलगत्तै त्यो गाउँ घुम्न निस्किए। चाहेको जस्तो घर त्यहाँ पनि फेला परेन। निराश भएर फर्किँदै गर्दा एक स्थानीयले सुझाए, ‘एकपटक पुछारको घरमा जानुस् त। तपाईंहरूले भनेजस्तो फेला पर्छ कि।’

माओत्से र प्रोडक्सन म्यानेजर स्थानीयले सुझाएपछि गाउँकै पुछार घरमा गए। सोचेजस्तो घर त्यहाँ पो फेला पर्यो। कथाका अनुसार घरमा भएको पिँडीको बारचाहिँ भत्काउनुपर्ने थियो। उनीहरूले घरधनीलाई आग्रह गरे, ‘हामी सिनेमा खिच्नका लागि आएका। हाम्रो कथा अनुसार तपाईंहरूको यो आँगनको बार सुटिङका लागि भत्काउनुपर्ने हुन्छ। सुटिङपछि जस्ताको तस्तै बनाइदिन्छौँ।’ 

‘हाम्रै भाइ छोराले फिल्म बनाउन लागेको छ। जे जे फोर्ने हो फोरिदेऊ,’ घरधनीले खुसीसाथ अनुमति दिए। 

त्यसपछि त मंसिर २०७५बाट ‘दयारानी’ले रिलको बाटो तय गर्यो। 

०००

पाँच वर्ष बित्यो, माओत्से ‘दयारानी’ खिचेर काठमाडौं फर्किएका। ‘तर यतिका वर्षमा पनि किन रिलिज भएन?’ कसैले भेट्नासाथ यही प्रश्न सोध्ला कि भन्ने लाग्छ माओत्सेलाई। ‘मैले त माया मारिदिएको थिएँ यसलाई,’ उनले भने। 

‘दयारानी’ले रिलिजको समय पर्खिरहेको थियो। चार पटकसम्म माओत्सेले मिति सारिरहनुपर्यो। कारण, ‘ठूलो माछाले सानो माछालाई निल्छ’ कि भन्ने डर! ठूला ब्यानरका फिल्मको चेपुवामा परेर ‘दयारानी’ले निकास नपाउला कि भन्ने पीर! ‘त्यसपछि कोभिड आयो। कोभिडले धेरै समय धकेलिदियो,’ उनी सुनाउँछन्। 

Maotse_Gurung-(2)-1706497797.jpegकोभिड महामारीका समय त्रास मात्र हैन, कलाकारहरू आर्थिक संकटसँग पनि जुधिरहेका थिए। महामारी पार लाग्नासाथ माओत्सेलाई फिल्मका प्रस्ताव आउन थाले। ‘मेरो व्यस्तता अभिनेताको रुपमा अरुको फिल्ममा जति जति बढ्दै गयो, मैले दयारानीलाई उति उति भुल्दै गएँ,’ उनी सुनाउँछन्।

‘दयारानी’लाई हार्ड डिस्कमा कैद गरेर हिँडेका माओत्सेलाई वितरक प्रचण्डमान श्रेष्ठले पटक पटक घच्घच्याए। फिल्म बनाउँदा वितरकसँग लिएको पैसा ऋण गरेरै पनि तिर्ने सोच बनाए। उनलाई प्रचन्डमानले सम्झाए, ‘त्यसरी हुन्न। बनिसकेको चिज देखाउनुपर्छ। फिल्म राम्रो छ।’

माओत्सेले सोचे, ‘यदि फिल्मदेखि भागेर पनि कहाँसम्म पुग्ने?’ 

र निर्णय गरे– ‘दयारानी’ ल्याउने। 

यसपटक पनि फिल्मको रिलिज मिति ‘हात्तीछाप’सँग जुध्यो। मिति सार्न उताका निर्माण टिमका साथीहरूले अनुरोध गरे। तर, उनी सार्ने पक्षमा देखिएनन्। भने, ‘जति हुन्छ हुन्छ। मिलेरै जाऊँ। यहाँभन्दा उता कति सार्नु?’

०००

फिल्म रिलिजको छेकोमा छ। एउटा निर्देशकका लागि सिनेमा भन्दा ठूलो परीक्षा के हुनसक्ला? 

यस्तो परीक्षा, जसको सफलता र असफलताले ठूलो अर्थ राख्छ। परीक्षा नजिकिँदै गर्दा माओत्से यतिबेला फिल्म खिचेर काठमाडौं फर्किएको त्यो दिन पनि सम्झिन्छन्। जुन दिन उनको खल्ती रित्तिएको थियो। कलाकार प्राविधिकलाई दिनुपर्ने पारिश्रमिक बाँकी नै थियो। त्यो दिन विदेशमा भएका नातेदारसँग ऋण मागेर सबैलाई भुक्तानी गरिदिए।

तर नातेदारसँग लिएको पैसा पनि त केही समयभित्र चुक्ता गर्नुपपर्थ्यो! 

उनले घर बैंकमा राखेर ऋण लिने निर्णय गरे। श्रीमतीलाई भने, ‘सिनेमाले बनाएको घर सिनेमाले नै लैजान्छ भने लैजाओस्।’

उनको आँटमा श्रीमतीले पनि साहस भरिदिइन्। ‘तर त्यो घर अझै उकासिएको छैन। मैले किस्ता तिरिराखेको छु,’ माओत्से सुनाउँछन्। 
यद्यपि, आफ्नो कुरा भन्न  आफैंले उठाएको जोखिमसँग उनी हच्किएका छैनन्।

०००

अभिनय र निर्देशन दुवैको अनुभव सँगालेका माओत्सेलाई हाम्रो अन्तिम प्रश्न थियो, ‘तपाईंका लागि यी दुईमध्ये कुनचाहिँ स्वाद मीठो।’ 

उनले हाँसोमजाकमै भने, ‘अभिनय गर्दा पैसा आउँछ। निर्देशन गर्दा जान्छ। स्वाद त अभिनयमै छ, हाSSS।’

उनको जवाफले केहीबेर हाँसोको माहोल बन्यो। त्यसपछि माओत्सेले थप कुरा जोडे, ‘खासमा आफूलाई लागेको विषयवस्तु भन्नका लागि मेकर हुनु जति मज्जा अरुमा सायदै हुन्छ।’

गुरुङ संस्कृतिलाई माओत्सेले नजिकबाट नियालेका छन्। र उनलाई आफ्नो कथा आफैं भन्न मन लाग्छ। किनकि त्यसमा छुट्टै आनन्द छ। अब त्यही आनन्द ‘दयारानी’ले दर्शकहरूलाई पनि दिन्छ त? 

त्यसको जवाफ माओत्सेलाई २६ माघमा मात्र मिल्नेछ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  ०८:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्