काठमाडौं – चीनबाट आएको बाढीमा परेर रसुवामा कम्तिमा १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन्।
एक जना प्रहरीले चाहिँ नदीको बीचमा सुरक्षित रहेको भन्दै सम्पर्क गरेका छन्। यसबाहेक नदीको बीचमा फसेका ९ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताए।
उनले भने, ‘मितेरी पुल सबै बगाएको छ। चीनसँगको सम्पर्क टुट्यो। भन्सारको यार्डमा जाँचपासका लागि राखेका सबै इभी पनि बगाएको छ।’‘अन्यको पनि खोजी कार्य जारी छ’, उनले थपे।
उद्धारका लागि प्रहरीको टोली गएपनि पानीको सतह नघटेका कारण अहिले त्यहाँ पुग्न सकेको छैन। उनका अनुसार १२ जनाको प्रहरी टोली त्यहाँ नै फसेको छ।
अहिले नेपाली सेनासँग समन्वय गरेर हेलिमार्फत उद्धारका लागि छलफल भइरहेको उनले बताए।
सोमबार राति आएको बाढीले रसुवागडी हाइड्रोपावर, भन्सारसहितका स्थानमा क्षति गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।