काठमाडौं– नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको मृत्यु भएको छ।
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत आलमको आज बिहान ३ बजेतिर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
उनको स्वास्थ्य अवस्था खराब भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका थियो। सुगर, उच्च रक्तचापलगायत स्वास्थ्यमा समस्या देखिएपछि आलममा भर्ना भएका थिए । उनको स्वास्थ्यमा थप समस्या खराब बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उनको शवलाई आज बिहान एम्बुलेन्समार्फत रौतहट लगिएको छ। अन्तिम दाहसंस्कारका लागि शव गृहजिल्ला रौतहटको राजपुरतर्फ लगिसकिएको पारिवारिक स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।