काठमाडौँ – जिल्ला अदालत पर्साले वीरगन्जका मेयर राजेशमान सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
जिल्ला अदालत पर्साले मंगलबार उनलाई ४ लाख १५ हजार धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार सिंहविरुद्ध लिखत कीर्ते तथा झुट्टा विवरण पेश गरेको आरोपमा दुई छुट्टाछुट्टै कसुर अन्तर्गत मुद्दा दर्ता भएको छ।
आदेशअनुसार लिखत कीर्तेसम्बन्धी अभियोगमा ४ लाख रुपैयाँ तथा झुट्टा विवरण पेश गरेको अभियोगमा १५ हजार रुपैयाँ धरौटी निर्धारण गरिएको छ। उक्त मुद्दाको थप कानुनी प्रक्रिया अदालतको आदेशअनुसार अघि बढ्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।