• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

नक्कली सुन काण्डमा नयाँ ट्वीस्ट : पीडित बनेर प्रहरी कार्यालय धाउने व्यक्ति नै फरार

नक्कली सुनको नेक्सस ६ करोड ऋणसँग?
64x64
नारायण अधिकारी बिहीबार, भदौ २५, २०७७  १२:५३
1140x725

काठमाडौं-गत साउन १३ गते सुन्धारामा बरामद भएको साढे १५ किलो नक्कली सुन, आधा किलो सक्कली सुन र दुईवटा पेस्तोल काण्डमा महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ। संगठित अपराधको कसुरमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने प्रावधानअनुसार म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले घटनालाई मिहिन ढंगले केलाइरहेको छ।

उक्त घटनामा संलग्न भएको आरोपमा इल्ताफ हुसेन अन्सारी, निलेश शाखिया, कौशल पटेल, देवानसिंह पटेल, विजय पटेल, प्रहरी जवानद्वय प्रसन्न श्रेष्ठ र बहादुरसिंह कडायत, प्रसन्नका घरबेटी उमेश श्रेष्ठ, कालिगढ मनिष मल्लिक, ज्वेलरी सञ्चालक श्रीनिवास उपाध्याय र विजय ताम्राकार गरी ११ जना प्रहरी हिरासतमा छन्।
 
घटनामा प्रत्यक्ष जोडिएका भारतीय नागरिक सञ्ज पटेल र विकास अग्रवाल भने फरार छन्। घटनाको गुत्थी केलाइरहेको परिसरले अनुसन्धान अन्तिम बिन्दुमा पुगेको जनाएको छ। परिसरका एसएसपी श्यामलाल ज्ञवालीले भने, ‘अनुसन्धान अन्तिम चरणमा पुगिसकेको छ। अबको केही दिनमा मुद्दा दायर गर्छौं।’

अनुसन्धान अन्तिम बिन्दुमा पुग्नै लाग्दा घटनामा एकपछि अर्को नयाँ ट्वीस्ट देखिएको छ। योे सुनकाण्डमा व्यापारी विकास अग्रवाल पनि जोडिएका छन्। प्रहरीकै मिलेमतोमा नक्कली सुन काण्डमा अभियुक्त भगाएको आरोपमा अनुसन्धान गरिरहेको प्रहरीले भारतीय नागरिक विकास अग्रवालको पनि संलग्नता देखाएको हो। अग्रवाल न्युरोडमा बसेर व्यापार व्यवसाय गर्दै आएका थिए। 

चाँदीमा लेप लगाएर सुन बनाउनका लागि करिब ५८ लाख रुपैयाँ खर्च भइसकेको थियो। उक्त रकम भारतबाट कसरी भित्रियो भन्नेबारे महानगरीय प्रहरी काठमाडौंले अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा रकमको बन्दोबस्त न्युरोडमा व्यापार गर्दै आएका उनै अग्रवालतिर सुई सोझिएको प्रहरीका एक अधिकारीले नेपाल लाइभलाई बताए। ‘उक्त रकम भारतबाट हुण्डीमार्फत् नेपाल भित्रिएको पाइएको छ। यसको सबै व्यवस्थापन गर्ने जिम्मा अग्रवालले गरेको देखिन्छ’ एक अधिकारीले नेपाल लाइभसँग भने।

पीडित भनिएका व्यक्ति नै फरार
नक्कली सुन काण्ड हुनुभन्दा एक महिनाअघि असार ७ गते दिउँसो न्युरोडबाट उनै अग्रवालको १० लाख रुपैयाँ लुटपाट भएको थियो। त्यसको दुई दिनपछि अग्रवालले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी पनि दिए।

सिसीटिभी फुटेजअनुसार महानगरीय प्रहरी परिसर काठमाडौंका सादा पोशाकमा काम गर्ने हवल्दार धीरेन बिष्ट र २ नम्बर गणमा कार्यरत सिपाही विक्रमकुमार चन्द पक्राउ परे। अग्रवाल पीडित बन्दै प्रहरी कार्यालय धाइरहे। 

तर जब साउन १३ गने सुन्धाराबाट नक्कली सुन बरामद भयो। त्यसपछि अग्रवाल पनि फरार भए। पहिला पीडित बनेर प्रहरी कार्यालय धाउने अग्रवाल अहिले भने प्रहरीको फरार सूचीमा छन्। प्र्रहरीले गरेको अनुसन्धानले नक्कली सुन खरिदका लागि भारतबाट हुण्डीमार्फत् पैसाको व्यवस्था उनै अग्रवालले गरेको देखाएको छ।

१० लाख लुटियो भनेकाले अग्रवालले आफूले न्यूरोडकै समृद्धि ऋण तथा सहकारीबाट १७ लाख रुपैयाँ निकालेको बताएका थिए। तर प्रहरी अनुसन्धानका क्रममा अग्रवालले त्यसदिन ४० लाख रुपैयाँ निकालेको पाइएको छ। ८ लाख दरका पाँच वटा चेकमार्फत् उनले ४० लाख रुपैयाँ निकालेर लगेको अनुसन्धानमा देखिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘निकालेको ४० लाख रकम नै प्रहरीलाई बताउँदा रकमको स्रोत खुलाउनु पर्ने भएपछि उनले ढाँटेर १७ लाखमात्रै भनेका हुन्। अग्रवालले हुण्डीमार्फत् आएको रकम सहकारीमा राख्ने र चाहिएको बेला निकाल्ने गरेको देखिएको छ’ स्रोतले नेपाल लाइभसँग भन्यो, त्यसबेलाको रकम पनि नक्कली सुनको बन्दोबस्तको गर्नका लागि हुुण्डीमार्फत् आएको हुनसक्छ।’

नक्कली सुन काण्ड कारोबारका लागि हुण्डीमार्फत् रकमको बन्दोबस्तो मिलाएको अनुसन्धानमा खुलेपछि पहिला पीडित बनेर प्रहरी कार्यालय धाउने अग्रवाल नै अहिले फरार भएको प्रहरीको दाबी छ। आफैं वादी बनेर दिएको १० लाख लुटपाटको मुद्दामा समेत उनी अदालतमा बयान दिन उपस्थित भएका छैनन्। न उनले कसैलाई वारेसनामा नै दिएर पठाएका छन्।

६ करोड भारु तिर्न नसक्ने भएपछि लुटपाट?
उक्त सुन काण्डको आरोपमा पक्राउ परेका अर्का व्यक्ति हुन् निलेश शखिया। भारतीय नागरिक शखिया फिल्म निर्मातासमेत हुन्। उनले बनाएका फिल्म फ्लप भए। फिल्ममा लगाएको लगानी बालुवामा पानीजस्तै भयो।

फिल्म बनाउने क्रममा उनले हाल फरार रहेका भारतीय नागरिक सञ्जय पट्टेसँग ऋण लिएका थिए। सुन काण्डको अनुसन्धान गरिरहेका प्रहरीले नेपाल लाइभसँग भने, ‘सञ्जयबाट निलेशले पटक–पटक गरेर ६ करोड भारुभन्दा बढी रकम लिएको विवरण भेटिएको छ। जसकारण यो लेनदेनसँग पनि नक्कली सुनकाण्ड जोडिएको हुनसक्ने आशंका गरेका छौं।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सञ्जयले ऋण वापत लगेको रकम फिर्ता गर्न निलेशलाई दवाव दिने, तर निलेशले तिर्न नसक्ने भएपछि सो वापतको सुन दिने शर्त राखेको हुनसक्ने प्रहरी अनुसन्धानले देखाएको छ। त्यसका लागि पहिल्यैदेखि चिनजानमा रहेका बाराका इल्ताफ हुसेन अन्सारीको सहयोग निलेशले लिएको र लाजिम्पाटमा व्यापार गर्दै आएका दाजुभाई कौशल पटेल र देवानसिंह पटेलले बनाएको योजनामा प्रहरीसँग मिलेर लुटपाट गराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। 

तर घटनाको आरोपमा पक्राउ परेका इल्ताफले यसबारे आफूलाई कुनै जानकारी नै नभएको र गाडी सहयोग मागेकोमा उपलब्ध मात्रै गराएको बयान दिएका छन्। जसकारण घटनामा ऋण वापतको ६ करोड भारुमात्रै जोडिएको हुनसक्ने विश्लेषण पनि प्रहरीले गरेको छ। इल्ताफ नक्कली भारु नोट कारोबारी हुनु र भारतले उनीमाथि शंकाको नजरले हेरिरहनु जस्ता कारणले यो घटना संन्देहपूर्ण देखिएको एक पूर्वप्रहरी अधिकारीले बताए।

३२ दिन लामो अनुसन्धानपछि खुल्यो कहाँबाट आयो सुनको बिस्कुट?
सुनकाण्डको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर टेकुले ३२ दिन लामो अनुसन्धानपछि भदौ १५ गते थप दुई व्यापारीलाई पक्राउ गरेको छ। न्युरोडको लक्की ज्वेलर्सका श्रीनिवास उपाध्याय र अष्टमंगल ज्वेलर्सका विजय ताम्राकारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। 

नक्कली सुन काण्डको अनुसन्धान गरेको प्रहरीले आधा किलो सुनको बिस्कुट भने कहाँबाट आयो भन्नेतर्फ पनि अनुसन्धान अघि बढाएको थियो। कानुनः राष्ट्र बैंकबाट किनेको सुनको बिस्कुट सिंगै बेच्न मिल्दैन। गहना बनाएर बेच्नुपर्ने हुन्छ। तर नक्कली सुनसँगै बरामद भएको आधा किलो सुन भने ढिक्का नै थियो।

सोही अनुसन्धान गर्ने क्रममा यी दुई व्यापारी पक्राउ परेको परिसरका एसपी तथा प्रवक्ता सोमेन्द्रसिंह राठौर बताउँछन्।

उनका अनुसार पक्राउ परेका ताम्राकारले आधा किलो उक्त सुन राष्ट्र बैंकबाट किनेका थिए। त्यसपछि त्यो सुन ताम्राकारले उपाध्यायलाई दिएका थिए। उपाध्यायमार्फत् नै त्यो सुन निलेश शखियालाई बेचेको पाइएको एसपी राठौरले बताए। ‘गहना बनाएर बेच्नुपर्ने उक्त सुन उनीहरुले सिंगै बेचेको पाइयो। सोही कारण उनीहरु अनुसन्धानको दायरामा तानिएका हुन्’ एसपी राठौरले भने। 

उनीहरुले चाँदी भने न्यूरोडकै सिल्भर स्टेटबाट किनेको पाइएको छ। ती पसले भने पक्राउ परेका छैनन्। चाँदी ढिका नै बेच्न पाउने भएकाले उनी पक्राउ नपरेको परिसरले जनाएको छ।

यस्तो थियो नक्कली सुन काण्ड
प्रहरीसँग मिलेमतो गरेर बरामदको नाटक गरिएको सुन काण्ड गत साउन १३ गतेको हो। हाल पक्राउ परेकामध्ये कौशल पटेलले गाडीबाट सुन बरामद गर्ने योजना आफ्ना चिनजानका प्रहरी जवान बहादुरसिंह कठायतलाई सुनाएका थिए। त्यसवापत  कठायतलाई १५ लाख दिन कौशल तयार भए। त्यसपछि उक्त सामान लुट्ने योजना बन्यो।

घटनाको अघिल्लो दिन साउन १२ गते साँझ क्वीक रेस्पोन्स भेइकल (सिआरभी)का चालक कठायतले महानगरीय प्रहरी वृत्त दरबारमार्गका सादा पोशाकका प्रहरी जवान प्रशन्न श्रेष्ठलाई ज्वेलरीका अवैध सामान आउँदै छ पक्राउ गर्नुपर्छ भनेर सुनाए। 

कठायतले दिएको यो सूचना श्रेष्ठले वृत्तका प्रमुख डिएसपी रन्जन दाहाललाई सुनाए। कठायतकै सूचना अनुसार एम्बुसिङ गरेर चेकिङमा प्रहरी बस्यो। डिएसपी दाहाल आफैं फिल्डमा खटिए। डिएसपी दाहाललाई गलत लोकेशन दिइयो। सामान बोकेर गाडी आउने ठाउँमा जवान कठायत बसे। नक्कली सुन बोकेको बा ६ च ५५१९ नम्बरको स्कार्पियो कमलादीबाट घण्टाघर हुँदै बाहिरियो।

सुन्धाराको आकाशे पुल नजिक पुगेपछि गाडीमा सवार निलेश शखियाले झरेर जवान कठायतलाई सुन र पेस्तोलको झोला दिएका थिए। त्यसपछि कठायतले उनीहरुलाई भगाएका थिए।

सम्बन्धित समाचार

नक्कली सुन काण्ड : सुरुवाती आलोचना खेपेको प्रहरी सफल अपरेसनतर्फ

नक्कली सुनकाण्ड : फरार इल्ताफ हुसेन अन्सारी पक्राउ

यस्तो रहेछ 'नक्कली सुन काण्ड'को गुत्थी

नक्कली सुन प्रकरण : पक्राउ परेको पटेल समूह कमलादीस्थित अपार्टमेन्टमा बस्दै आएको खुलासा

नक्कली सुन प्रकरण : कागजातसँग मिल्याे बरामद गाडीको इन्जिन र च्यासिस नम्बर

न्युरोडमै बनेको थियो नक्कली सुन, १ किलो प्रहरीले नै लुकाएका थिए साथीको घरमा

नक्कली सुन काण्ड : दरबारमार्ग वृत्तका डिएसपी दाहाललाई जिम्मेवारीबाट हटाइयो

सुन काण्डमा प्रयोग भएको गाडी ललितपुरमा फेला

नक्कली सुन प्रकरण : प्रहरी मिलेमतोको आशंका, चार मुद्दा चलाउने तयारी

नक्कली सुन प्रकरण : पूर्वीनवलपरासीबाट ३ जना पक्राउ, काठमाडौं ल्याइँदै

बरामद भएकाे १५ किलो पहेंलाे धातुमध्ये ५०० ग्राममात्रै सुन

काठमाडौंबाट १२ करोड बराबरको १५ केजी सुन बरामद

 

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  १२:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्