• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बम्जनबाट बलात्कृत किशोरीको बयान : सहनै नसकेपछि आत्महत्या गर्न खोजें

64x64
दुर्गा दुलाल शनिबार, असार २०, २०७७  १३:२१
1140x725

काठमाडौं-आफूलाई तपस्वी भन्ने रामबहादुर बम्जनले आश्रममा आनी बन्न आएकी किशोरीलाई पटक–पटक बलात्कार गर्नुका साथै मानसिक र शारीरिक यातनासमेत दिएको खुलेको छ । 

अनुसन्धानका क्रममा प्रहरीलाई दिएको बयानमा उनले बम्जनको बलात्कार सहन नसकेर आत्महत्याको असफल प्रयाससमेत गरेको बताएकी छन्। 

बम्जनविरुद्ध बिहीबार १४ वर्ष कैद तथा क्षतिपूर्तिको माग गर्दै सर्लाही जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ। प्रहरीले पक्राउ गर्न तीन पटकसम्म अप्रेसन चलाए पनि उनी उम्कँदै आएका छन्। त्यसपछि प्रहरीले फरार अभियुक्त भन्दै उनीविरुद्ध मुद्दा दायर गरेको छ। 

यो पनि पढ्नुहोस्

बम्जनविरुद्ध दुई अभियोग, १४ वर्ष कैद र क्षतिपूर्ति भराउन मागशुक्रबार, असार १९, २०७७

बयानमा किशोरीले आफूलाई बम्जनले पटक–पटक बलात्कार गरेको र घटना अरुलाई जानकारी भएपछि त्यसलाई लुकाउन आफूमाथि ८ लाख रुपैयाँ चोरीको आरोप लगाएको बताएकी छन्। गुरु मानेको व्यक्तिबाट बलात्कृत भएपछि आफूले आश्रमभित्रै आत्महत्या गर्ने प्रयास पनि गरेको तर साथीहरुले थाहा पाएर सफल हुन नसकेको बयान उनले दिएकी छन्। 

अनुसन्धानका क्रममा प्रहरीलाई दिएको बयानमा उनले आफू आश्रमबाट निस्कन चाहेको बताउँदा पटक–पटक कुटपीट गर्ने अनि मानसिक र शारीरिक यातना दिइएको बताएकी छन् ।  बलात्कारपछि बम्जनकी श्रीमती दीपशिखा बम्जनले समेत कुुटपीट गरेको बयानमा उल्लेख  छ। 

पीडित किशाेरीकाे बयान

२०७१ साउन २८ मा गुरुको दर्शनका लागि पुगेको आफूलाई बुबाले आनी बनाउन उक्त आश्रममा छाडेर गएको र त्यसपछि सिन्धुपाल्चोकको आश्रममा २ वर्ष बसेर सर्लाहीको पत्थरकोट आश्रममा पुगेको उनले बयानमा उल्लेख गरेकी छन्। ‘गुरुको उक्त कार्यको विरोध गर्दा एक्कासी बुबालाई झिकाएर ८ लाख चोरीको आरोप लगाए, अनि म र मेरो भाइलाई आश्रमबाट निकालिदिए,’ बयानमा उनले भनेकी छन्। 

पीडित किशाेरीकाे बयान

घटनास्थलको मुचुल्का भन्छ-फकाएर कोठामा बोलाए अनि जबर्जस्ती गरे

सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा बम्जन तपस्वी नभई ‘यौन शोषक’ भएको दाबी गरिएको छ। अनुसन्धानका क्रममा प्रहरीले तयार पारेको घटनास्थलको मुचुल्कामा १८ वर्षकी अनुयायीलाई फकाएर काम छ भन्दै बोलाउने अनि कोठाभित्र छिरेपछि चुकुल लगाएर जबर्जस्ती गर्ने गरेको उल्लेख छ।  

Ncell 2
Ncell 2

सर्लाही लालबन्दी नगरपालिका १२ पत्थरकोटस्थित महासम्बोधी धर्म संघको आश्रममा रहेको टायलको छाना भएको २ तल्ले घरमा बम्जन बस्ने, खाने, पुजा गर्ने र सुत्ने कोठा रहेको प्रतिवेदनमा उल्लेख छ। 

‘२०७३ साउन २० गते १८ वर्षकी ‘क’ (नाम परिवर्तन) लाई ललाईफकाई आफू सुत्ने कोठामा बोलाएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘कोठामा आएपछि बम्जनले चुकुल लगाए र कोठाभित्र रहेको प्लाष्टिकको कार्पेटमा लडाइ रुन–कराउन नदिई,  हार गुहार गर्न नदिई मुख थुनि दुवै हात समाएर जबर्जस्ती करणी गरेको,’ प्रतिवेदनमा उल्लेख छ। 

पीडितका दाजुको बयान-मलाई तिम्रो शरीर चाहिन्छ भन्थे बम्जन 

बम्जनले आफ्नी बहिनीलाई पटक–पटक बलात्कार गर्ने गरेको बयान पीडितका दाइले दिएका छन्। उनले (अदालतको बयानमा ‘क ४’ नाम उल्लेख) गरेको कागजमा बहिनीलाई बम्जनले किचनमा सुतेको अवस्थामा बोलाएर बलात्कार गरेको उल्लेख छ। 

पीडितका दाजुले गरेको कागज 

‘मलाई तिम्रो शरीर चाहिन्छ भन्दै बम्जनले संवेदनशील अंगमा छुने, सम्सुम्याउने र फकाउने गरेको बहिनीले मलाई बताइन्,’ पीडित किशोरीका दाजुले भने, ‘बम्जनले दिएको पीडा सहन नसकी काठमाडौं भागेर आएकी थिइन्।’ आनी बन्न गएकी आफ्नी नाबालक बहिनीलाई जबर्जस्ती करणी गरेकाले हदैसम्म सजाय हुनुपर्ने उनले गरेको बयानको कागजमा उल्लेख छ ।  

याे पनि

असफल अपरेसनको अन्तरकथा : तालिमप्राप्त कुकुरदेखि अत्याधुनिक मेसिनसम्म फेल

'लिटिल बुद्ध' दाबी गर्ने बम्जनको आश्रममा १० घण्टा प्रहरीको 'सर्च अपरेसन', नतिजा रित्तै

आश्रममा बम्जन नभेटिएपछि पक्राउ गर्न ७७ जिल्लामा सर्कुलर

सिन्धुलीको आश्रममा भेटिएनन् बम्जन, अन्य आश्रममा पनि खोजी सुरु

बम्जनलाई पक्राउ गर्न अदालतको अनुमति, प्रहरी आश्रममा

बम्जनमाथि अनुसन्धान सुरु, सिआइबीको टोली पुग्यो सिन्धुपाल्चोक

बम्जनपीडित भन्छन्– आश्रममै मरेको भए लास पाऊँ , बाँचेको भए भेट्न पाऊँ

तपस्वी बम्जनलाई बलात्कारको आरोप

प्रकाशित मिति: शनिबार, असार २०, २०७७  १३:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ? बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै बिहीबार, माघ ८, २०८२
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै बिहीबार, माघ ८, २०८२
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्