• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

असफल अपरेसनको अन्तरकथा : तालिमप्राप्त कुकुरदेखि अत्याधुनिक मेसिनसम्म फेल

64x64
नारायण अधिकारी बुधबार, असार १७, २०७७  १५:४२
1140x725

काठमाडौं- सिन्धुली सदरमुकामबाट ५ किलोमिटर पश्चिमतर्फको घना जंगल। कमलामाई नगरपालिका–९ पहिरेमा पर्ने यो जंगल र आसपासको करिब ४० बिघा जमिन बोधीमार्ग दर्शनमैत्री धर्मको नाममा ओगटिएको छ। योमध्ये करिब २८ बिघा जग्गा रामबहादुर बम्जन आश्रमको स्वामित्वमा छ। तर त्यहाँ आफ्नो स्वामित्वभन्दा चनदेवी र दक्षिणकाली सामुदायिक वनको झन्डै दोब्बर जमिन ओटगेर भव्य संरचना निर्माण भएका छन्।

त्यही बोधीमार्ग धर्मका अनुयायीहरु प्रशिक्षण लिन्छन्। यो धर्मका प्रवर्तक तीनै व्यक्ति हुन्, जो प्रहरीको 'मस्ट वान्टेड' सूचीमा छन्। उनलाई पक्राउ गर्न चार महिनादेखि निरन्तर लागेपनि प्रहरी सफल हुन सकेको छैन। प्रहरीको 'मस्ट वान्टेड' सूचीमा रहेका अनी आफूलाई 'लिटिल बुद्ध' दाबी गर्ने बम्जनलाई पक्राउ गर्न प्रहरीले तीन पटक अपरेसन चलाइसक्यो। तर सबै प्रयास असफल हुँदै आएका छन्। 

कान्ला, खोला-खोल्सी, रुख–बुट्यान, घना झाडी छिचोल्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), कार्यदलको टोली, जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोली गोलीगठ्ठा, तालिमप्राप्त कुकुर र अत्याधुनिक मेसिनसहित असार ४ गते बम्जनको आश्रम पहिरेमा पुगेको थियो। 

बमजन आश्रमको गेटमा प्रहरी। 

आफ्ना अनुयायीलाई बलात्कार गरेको आरोप लागेका बम्जनलाई पक्राउ गर्न पुर्जी लिएर बिहान चार बजे आश्रम पुगेको प्रहरी टोलीले करिब १० घण्टा लामो सर्च अपरेसन चलायो। तर अघिल्ला दुई अपरेसन जस्तै यसपटकको अपरेसन पनि सफल भएन। 

बमजन आश्रम।

जब बम्जन सिन्धुली रहेको संकेत मिल्यो
अपराधी पहिचान गर्न र पक्राउ गर्न मोबाइल आजकल प्रहरीका लागि सहयोगी माध्यम बनेको छ। पटक-पटक आश्रममै गएर अनुसन्धान गरेको प्रहरीले बम्जनका सबैभन्दा नजिकका अनुयायी पत्ता लगाएको थियो। उनै अनुयायीसँग पटक-पटक सम्पर्क हुने मोबाइल नम्बर पहिचान गरेर अनुगमन गर्दा सिआइबी सो नम्बर बम्जनले नै चलाउने निष्कर्षमा पुग्यो। सोही नम्बरबाट काठमाडौं बस्दै आएकी बम्जनकी श्रीमतीसँग समेत कुरा हुने गरेको खुल्यो। 

'प्राविधिक पाटो केलाउँदा उनी सिन्धुली आश्रममै रहेको पहिचान गर्न सम्भव भयो,’ सिआइबीका प्रमुख तथा डिआइजी सहकुलबहादुर थापाले भने। बम्जनको लोकेसन पक्का भएपछि यस अगाडिको अप्रेसनमाझै उनलाई उम्कन नदिन प्रहरीले बम्जनसँग फोनमा सम्पर्क हुने एक व्यक्तिलाई आफ्नो सहयोगी बनाइसकेको थियो। उनी सिन्धुलीमै रहेको पक्का भएपछि सिआइबीका एसपी बेलबहादुर पाण्डेको कमाण्डमा बम्जनसँग फोन सम्पर्क हुने एक व्यक्तिसहितको टोली घटनास्थलतर्फ हिँड्यो। 

OOO

ठूलो जग्गा ओगटेर बनाइएको आश्रममा करिब १ किलोमिटरको फरकमा सुरक्षा निकायका जस्तै सेन्ट्री पोष्ट बनाएर उनका अनुयायी सुरक्षामा बसेका थिए। आश्रम भित्र छिर्न अगाडि सूचना चुहिनबाट जोगाउनु थियो प्रहरीलाई।

Ncell 2
Ncell 2
nimb
nimb

'आश्रम नजिक पुगेपछि बम्जनसँग कुराकानी हुने गरेका ती व्यक्तिलाई हामीले फोन गर्न लगायौं। तर बम्जनको मोबाइल त्यसबेला अफ थियो,’ एसपी पाण्डेले नेपाल लाइभसँग भने।

मोबाइल अफ भएपछि प्रहरी टोली सेन्ट्री पोस्ट छिचोल्दै बम्जन बस्ने ठाउँसम्म पुग्यो। तर उनी त्यहाँ थिएनन्। उनलाई फेला पार्न प्रहरीले करिब १० घण्टा लामो सर्च अपरेसन चलायो। तैपनि फेला बमजन परेनन्।

कुकुरदेखि अत्याधुनिक मेसिनसम्मले फेल
बम्जनको आश्रममा सर्च गर्न प्रहरीले तालिमप्राप्त कुकुरदेखि डिटेक्टर मेसिनसम्म लगेको थियो। ट्र्याकर र रेस्क्यु गरी दुई विधाका कुकुर लगेर प्रहरीले स्न्याफिङ गरायो। तर बम्जन त्यहाँ रहेको कुनै 'क्लू' फेला परेन। ठाउँठाउँमा पानी, खोला भएकाले कुकुरलाई समेत काम गर्न असहज भएको थियो।

आश्रममा बम्जन फेला नपरेपछि सशस्त्र प्रहरीको सहयोगमा डिटेक्टर मेसिनबाट पनि खोजी गर्‍यो प्रहरीले। आश्रममै कतै लुकेर बसेको हुन सक्ने भन्दै उक्त मेसिनबाट डिटेक्ट गर्‍यो प्रहरीले। यो मेसिनले हराएका मान्छे जीवितै छ/छैन भन्ने संकेत गर्छ। मान्छे भएको संकेत गरेपछि प्रहरीले उद्धार तथा पक्राउको काम गर्ने गर्छ। उनी त्यहाँ रहेको कुनै संकेत देखाएन मेसिनले।

भेष बदलेर महिला अनुयायीको रूपमा बम्जन बसेका हुनसक्ने भन्दै महिला प्रहरी लगाएर महिला अनुयायीहरु रहेको स्थानमा समेत प्रहरीले सर्च गरेको थियो। तर बम्जन त्यहाँ पनि फेला परेनन्। घना जंगलभित्रको करिब ४० बिघा क्षेत्रफलमा फैलिएको स्थानमा १० घण्टा लगाएर प्रहरीले सर्च अपरेसन चलायो। तर नतिजा उही अघिल्ला दुई अपरेसनको जस्तै असफल। 

१० घण्टा लामो सर्च अपरेसन गर्दा पनि बम्जन फेला नपरेपछि त्यसबेला प्रहरीले उनी निकटका अनुयायीलाई पक्राउ गरी सोधपुछ गरेको थियो। सो क्रममा उनीहरुले बम्जन पाताले ध्यान (जमिनमुनि गएर गरिने ध्यानको विधा)मा रहेको अरु दुई वर्ष ध्यानमै रहने जवाफ दिएका थिए। तर प्रहरी स्रोतले उनी ध्यानमा नरहेको दाबी गरेको छ।

‘लामो समयको अनुसन्धानले बम्जनले पटक-पटक मोबाइल फोन प्रयोग गर्ने गरेको देखाएको छ। ध्यानमा रहेको व्यक्तिले कसरी फोन प्रयोग गर्छ,’ सर्च अपरेसनमा गएका एक प्रहरी अधिकृत भन्छन्।

बम्जनको बेडरुम।

फोन सम्पर्क भएपछि पक्राउ गर्न गएको प्रहरीले उनलाई फेला नपारे पनि उनी त्यसै आसपास लुकेर बसेको दाबी गर्दै आएको छ। बम्जनले प्रयोग गर्ने गाडी पनि भर्खर चलाएको जस्तो टायरमा आलो माटोको डाम भएकाले उनी ध्यानमा नरहेको प्रहरीको निष्कर्ष देखियो। अपरेसन असफल भएपछि प्रहरी आउन सक्ने भन्दै उनले चलाखी गरेर आश्रम बाहिर बसेको प्रहरीले आशंका छ।

बम्जन आश्रमको बैठक कक्ष।

भिआइपी बसाई : गाडी–घोडादेखि स्विमिङ पुलसम्म
जो कोही व्यक्तिलाई बम्जनको आश्रममा छिर्न सहज छैन। ठाउँ-ठाउँमा हुने चेकिङ पोइन्टबाटै ती व्यक्ति फर्काइन्छन्। चेक पोइन्ट पार गरेर भित्र प्रवेश गरेपछि विदेशी सामानले सजाइएका भव्य बैठक हल, किचन रुम, बेड रुम छन्। बम्जनको रुममा भने सहज प्रवेशको अनुमति समेत छैन।

अनुयायीहरुका लागि छुट्टै मेस, महिला ब्यारेक, जिम हल, ठाउँ ठाउँ सेन्ट्री पोस्ट बनाइएका छन्। बम्जन स्वयंले प्रयोग गर्ने गाडीमात्रै दुई वटा रहेको एसपी पाण्डेले बताए।

बम्जनले प्रयोग गर्दै आएको गाडी। 

आश्रममा ध्यान र अध्ययन गर्ने स्थान बनाउन नयाँ संरचना धमाधम बनिरहका छन्। महिला र पुरुष अनुयायी बस्न छुट्टाछुट्टै ब्यारेक बनाइएको छ। बम्जन गाडीका साथै घोडाकासमेत सोखिन हुन्। उनले केही महिना पहिला सेता घोडा उपहार पाएका थिए। घोडा अहिले आश्रममै छन्।

आश्रम नजिक रहेको खोला छेउमा माछा पाल्न पोखरी बनाइएको छ। माछामासु नखाए पनि उनले सोखका रुपमा माछा पालेको उनका अनुयायीहरू बताउँछन्।

बम्जनको मुद्दा अब अदालतमा
मुलुकी अपराध संहिता २०७४ नआएको भए सम्भवत बम्जनविरुद्ध जबरजस्ती करणीको मुद्दा लाग्ने थिएन। उनीमाथि लागेको आरोपले एक वर्ष नाघिसकेको थियो। तर मुलुकी अपराध संहितामा जबर्जस्ती करणी मुद्दामा पीडित नाबालिका भएको अवस्थामा १८ वर्ष उमेर पुगेको एक वर्षभित्र मुद्दा दायर गरिसक्नुपर्ने प्रावधान छ। 

सोही प्रावधानमा टेकेर २०७६ माघ २३ गते जबरजस्ती करणी गरेको कसुरमा जिल्ला अदालत सर्लाहीबाट बम्जनविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। अनुसन्धान प्रक्रिया अनुसार पूर्जी जारी भएपछि पक्राउ गरी बयान लिने काम प्रहरीको हो। तर बम्जन पक्राउ नपरेकाले बयान सम्भव भएको छैन।

 कानुनी प्रावधानअनुसार पीडित १८ वर्ष पूरा भएको एक वर्षभित्र मुद्दा दर्ता गरिसक्नु पर्ने भएकाले अब बम्जनलाई फरार आरोपी बनाएर मुद्दा दर्ताको प्रक्रिया अघि बढेको छ। यसका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्ला न्यायाधिवक्ताको कार्यालयमा अनुसन्धानको प्रस्तावित राय सुझाव पठाइसकेको छ।

अब बम्जनले अदालतमा उपस्थित भएर आफूमाथि लागेको आरोपको प्रतिवाद गर्न सक्नेछन्। उनी उपस्थित नभएको अवस्थामा पनि अदालतले मुद्दा प्रक्रिया भने अगाडि बढाउन कुनै बाधा पुग्ने छैन।

बम्जनमाथि दुई आरोप 
बम्जनमाथि बलात्कारका साथै व्यक्ति बेपत्ता पारेको आरोप पनि लागेको छ। आनीहरू सर्लाहीकी रिता बोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बम्जन आश्रमबाट बेपत्ता भएको र उनलाई बम्जनले बेपत्ता पारेको आरोप छ। बम्जनमाथि हत्यामा संलग्न रहेको आशंकामा पनि अनुसन्धान भएको थियो। सिआइबीको टोलीले बम्जनको सिन्धुपाल्चोक आश्रमस्थलमा पुगेर अनुयायीको हत्या गरेर शव गाडेको आशंकामा खोजी गर्दा एक खाल्डोमा नुनको पोका फेला परेको थियो।

शव गाडेर चाँडो कुहाउन नुन हालेको आशंका गरिए पनि हत्याको थप प्रमाण भने फेला परेन। बम्जनविरुद्ध बारा र मकवानपुर प्रहरीमा समेत उजुरी छ।

तस्बिर : सिआइबी

प्रकाशित मिति: बुधबार, असार १७, २०७७  १५:४२
  • #बम्जन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाको... सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चालकले आफूले गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको देखिन्छ। विवादका क्रममा उनले ‘मर्न... सोमबार, असोज ५, २०८३
नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना प्रहरी नियन्त्रणमा काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुस्थित फलफूल बजार नजिक असोज २ गते बेलुका ७ बजे पीडितलाई बोलाएर ठगी गर्न खोजेको आरोपमा उनीहरूलाई... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्