काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी छन् ।
करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए । बैठकमा सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि छलफल भएको थियो ।
‘सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौं । विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुरा पनि आएका छन्,' बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले भने, 'आफ्ना राजनीतिक माग जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन् । राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौं । सम्बद्ध पक्षहरूसँग हामी वार्ता गर्छौं । संवादबाटै समस्याको समाधान चाहन्छौं ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।