• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रधानमन्त्रीको सम्बोधन : आलोचककै आलोचना गर्ने अवसर

64x64
किशोर दहाल बिहीबार, फागुन २, २०७५  १८:२०
1140x725

काठमाडौं– विभिन्न माध्यमबाट भइरहेका आफ्नो आलोचनाप्रति प्रधानमन्त्री केपी शर्मा ओली 'अपडेट' रहन्छन्। त्यसको पुष्टिचाहिँ उनले आफ्नो सम्बोधनका क्रममा दिने गरेको जवाफ हो।

आफू नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको अवसरमा देशबासीको नाममा सम्बोधन गर्ने क्रममा पनि प्रधानमन्त्री ओलीले आफ्नो आलोचकहरूलाई आलोचना गर्न छाडेनन्। धेरै ठाउँमा उनले संकेतद्वारा आफ्नो आलोचकहरुलाई प्रश्न गरे, केही ठाउँमा जवाफ दिए।

पछिल्लो समय सरकारले ल्याउन खोजेका केही विधेयक, उसले गरेका केही निर्णयको उदाहरण दिँदै कतिपयले लोकतान्त्रिक अधिकार खुम्चिन थालेको बताइरहेको बेलामा प्रधानमन्त्रीले जवाफ दिने प्रयत्न गरे। लोकतन्त्रलाई खुम्चिएको देख्नु दृष्टिदोष मात्रै भएको उनले बताए।

'जनतालाई सबै हिसाबमा सार्वभौम तुल्याउने र उनीहरूलाई सबल बनाउने हाम्रो अभियानबाट ध्यान बराल्न 'लोकतन्त्र खुम्चिन थाल्यो, अधिनायकवाद आयो' भन्ने अफवाह फैलाइँदै छ फैलिएको र फैलिँदो परिपूर्ण लोकतन्त्रलाई खुम्चिएको देख्नु आश्चर्य लाग्दो दृष्टि दोष मात्रै हो', प्रधानमन्त्रीले भने, 'म दोहोर्‍याउन चाहन्छु– लोकतन्त्र हाम्रा लागि आदर्श हो, थितियुक्त, सुसंगत र परिष्कृत व्यवस्था हो– जिविका चलाउने व्यवसाय होइन।'

सरकारको कामप्रति निराशा जनाइरहेको समूहलाई पनि प्रधानमन्त्रीले आलोचना गरे। भने– जग खन्दा तल्ला र छानाको परिकल्पना त गरिन्छ। तर, कसैले जगलाई नै हेरेर 'खै त चोटा/कोठा, खै छाना' भन्यो भने कसको के लाग्छ! मैदान सम्याउन र जग बसाल्न अवरोध गर्नेहरुले नै 'खै घर बनाएको' भनेर गरिएका प्रश्नलाई अहिले हामी सामना गरिरहेका छौँ। यस्ता प्रश्नहरूको जवाफ किन दिऊँ भन्ने म ठान्दछु।'

गत पुस २२ गते प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्दै पेस गरेको तथ्यांकप्रति धेरैले आलोचना गरे। कतिपयले तथ्यांकलाई बंग्याएर आफू अनुकूल बनाइएको आरोप पनि लाग्यो। बिहीबारको सम्बोधनमा प्रधानमन्त्रीले यो विषयलाई पनि जोडे।

'मेरो भनाइलाई अंकमा होइन, भावमा सुन्न रुचाउनेहरूले 'प्रधानमन्त्रीले तथ्यांक' बोल्ने भन्दै प्रश्न गर्नुभयो। जसलाई सरकारले गरेका प्रगतिले पोल्यो, उनीहरूले त्यसलाई 'मिथ्यांक'को रुपमा होहल्ला गरे', उनले भने, 'यस्तो सुनिथ्यो, नेपाल भन्ने एउटा यस्तो मुलुक छ, जहाँका जनताको नियति भनेकै बिग्रेको, भत्केको, उजाडिएको सुन्नु हो। यस मुलुकमा पनि प्रगतिको अंक बोल्ने? निकै घोचपेच सुन्नु पर्‍यो।'

सम्बोधनको बीचमा प्रधानमन्त्रीले एकजना 'हितैषी'को प्रतिक्रिया सम्झिए– 'ल्हासामा सुन छ कान मेरो बुच्चै', भाषणले मात्रै हुन्छ?

Ncell 2
Ncell 2
nimb
nimb

अनि प्रधानमन्त्रीले उही हितैषीलाई जवाफ फर्काए– हो भाषणले मात्रै हुँदैन। गर्नुपर्छ। गर्न तयार हुनुपर्छ। नगर्नेका लागि केही पनि हुँदैन, गर्नेका लागि आँखाले नदेख्ने हावा पनि आम्दानीको रुपमा उपस्थित हुन्छ।

त्यसपछि, प्रधानमन्त्रीले बुधबार आफैंले उद्घाटन गरेको एउटा कार्यक्रमको सम्झना गरे। 'मैले हिजो १ गते विश्व स्तरको एउटा वायोसाइन्स कम्पनीको उद्घाटन गरेँ। त्यसले हावाबाट 'भाइरस' उत्पादन गर्छ र त्यसलाई भ्याक्सिनको रुपमा पोको पारेर विदेशमा निर्यात गर्छ। त्यसले वायोसाइन्स अध्ययन गरेका स्नातकहरूलाई रोजगार दिन्छ', उनले भने।

प्रधानमन्त्रीको कुरा नपत्याउनेहरुलाई पनि उनले घुमाउरो पाराले आलोचना गरे। सुरुमा उनले एक शुभचिन्तकको प्रश्न सम्झिए। भने– एकजना शुभचिन्तकले गर्नुभएको प्रश्न याद आइरहेको छ– तपाईंलाई सुन्दा मुलुकमा केही भइरहेको महसुस हुन्छ। तर तपाईंले जे भनिरहनुभएको भएको छ नि, हो त्यसलाई अरुहरूले किन पत्याइरहेका छैनन् त?
त्यसपछि उनले आफ्नो बखान र आलोचकको आलोचना सुरु गरे।

'प्रश्न गहिरो हो। अरु भनेका को र कस्ता हुन् मैले जिज्ञासा राखिनँ', उनले थपे, 'एउटा प्रतिप्रश्न गरेँ– खालि भाँडो थियो, त्यसलाई मैले आधा भरेँ। म जेलाई आधा भरी भनिरहेको छु, प्रश्नकर्ताहरू त्यसैलाई आधा खालि भनिरहेका छन् त कसरी स्पष्ट पारौँ?'

Xtrem

Xtrem

उनले आलोचकहरूलाई ९/९ महिनामा सरकार हेर्ने बानी लागेकाले बानी नै फेर्ने सुझाब दिए। 'आज जे जे प्रश्नहरू म सुनिरहेको छु, ती 'नौ महिने' अनुभवमा आधारित प्रश्नका सार पो हुन् कि? यदि यस्तै हो भने विनम्र अनुरोध गर्दछु, बानी फेरौँ। नयाँ बानी पारौँ', उनल भने।

पानीजहाजको टिकट कहाँ पाइन्छ भनेर सोध्नेहरूलाई पनि उनले जवाफ दिन भ्याए। 'आज बिहान मात्रै मैले पानीजहाज कार्यालय उद्घाटन गरेँ। त्यो रमाइलोका लागि हैन, जहाज चलाउनकै लागि हो। भोलिबाट फेरि कसैलाई गिज्जिन मन लाग्ला र भनिएला– 'अड्डा खुलेछ, टिकट काट्न जाऔं कि?' म पनि ठट्टा गरौँ? 'त्यो टिकट काट्ने अड्डा हैन। नजानुस्। टिकट काटेर जहाज चढ्ने दिन पनि आउँछ। खबर मैं गरौँला', प्रधानमन्त्रीले भने।

आफूले संयुक्त राष्ट्रसंघको ७३औं महासभालाई गरेको सम्बोधनको विषयमा पनि आलोचना भएको भन्दै उनले आलोचना गर्नेहरूलाई मनोरोग लागेको बताए।

'यसै विषयलाई लिएर उट्पट्याङ् टिप्पणी गरियो, त्यो पनि पढ्न/लेख्न जान्ने, आफूलाई 'ओपनियन मेकर' भन्न रुचाउनेहरुबाट। अघि बढिरहेको आफ्नो मुलुक ओरालो लागेको र स्वाधिन देश परनिर्भर रहेको सन्देश सम्प्रेषण गरेर रमाउने कस्तो मनोरोग लागिरहेको छ हामीमध्ये केहीलाई?'

देशमा सुशासन भएन भन्नेहरूलाई पनि प्रधानमन्त्रीले जवाफ दिन भ्याए। 'अहिले सुशासनका संयन्त्रहरू क्रियाशील भएका छन्। हिजो भ्रष्टाचार गर्नेहरू आज क्रुद्ध भएका छन्। भ्रष्टाचार गर्न तम्सिनेहरू तर्सिएका छन्। कसरी भ्रष्टाचार गर्न सकिन्छ भनेर दुलो गौंडा चहार्नेहरु मुर्मुरिएका छन्', प्रधानमन्त्रीले भने, 'अनौठो लाग्छ, तिनै व्यक्तिहरू देशमा सुशासन भएन भन्दै मिडियामा झुल्किन्छन्।'

कर्मचारी सरुवा बढुवामा समेत लाभ लिन खोज्नेहरु अहिले सुशासन सिकाउँदै हिँडेको प्रधानमन्त्रीले आरोप लगाए।

सरकार प्रतिलोकतन्त्रको बाटोमा हिँड्यो भन्नेहरूलाई पनि उनले छाडेनन्। भने– महत्त्वाकांक्षा उच्च, डेलिभरी सुस्त भयो, विकासको हल्ला भयो- अविकास हात लाग्यो, प्रतिलोकतान्त्रिकरणको प्रक्रियामा यो सरकार सहायक भयो जस्ता भूमिबिनाको आरोप र टिप्पणी पनि नसुनिएको होइन।' 

यो पनि पढ्नुहोस्– सरकारको एक वर्ष : के छ प्रधानमन्त्रीको विशेष सम्बोधनमा? [पूर्णपाठ]

प्रकाशित मिति: बिहीबार, फागुन २, २०७५  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्