• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
भुटानी शरणार्थी बनाएर ठगी धन्दा

गाडी, चालक र पीएसओ काठमाडौंमा, तर भेटिँदैनन् एमाले सचिव टोपबहादुर!

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २२, २०८०  ११:४०
1140x725

काठमाडौं– नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १ अर्ब बराबरको रकम ठगी गरेको प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पूर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका सांसद टोपबहादुर रायमाझी सम्पर्कविहीन छन्।

आफूविरुद्ध पक्राउ पूर्जी जारी भएका बेला रायमाझी बुधबार अर्चाखाँचीको एक कार्यक्रममा विशेष अतिथि बनेर पुगेका थिए। उनी कार्यक्रममै रहेको बेला पक्राउ पूर्जी जारी भएको विषय सार्वजनिक भएको थियो। त्यसपछि रायमाझीले कानुनलाई सहयोग गर्ने बताएका थिए। 

पक्राउ पूर्जी जारी भएको, रायमाझीले ‘कानुनलाई सहयोग गर्छु’ भनेनको ३ दिन बित्न लाग्दा पनि उनी सम्पर्कविहीन छन्। अर्घाखाँचीबाट उनी कार्यक्रम सकेर बुधबार राति नै काठमाडौं आउने तयारीमा थिए। प्लेनमार्फत् काठमाडौं आउने भन्दै उनी आफ्नै गाडीमा भैरहवासम्म पुगेका थिए। तर त्यसपछि भने प्लेनको टिकट रद्द गरेर उनी सम्पर्कविहीन भए। प्रहरी अनुसन्धान अधिकारीका अनुसार रायमाझीको फोन बुधबार रातिसम्म सक्रिय (अन) थियो। अन्तिम लोकेशन पनि भैरहवा नै देखिएको थियो। त्यसपछि भने उनी सम्पर्कबिहिन भएको पाइएको छ। 

उनको खोजी भइरहे पनि अहिलेसम्म पत्ता नलागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी तथा प्रमुख दानबहादुर कार्कीको भनाइ छ। ‘उहाँ (रायमाझी) को खोजी भए पनि अहिलेसम्म सम्पर्क हुन सकेको छैन,’ एसएसपी कार्कीले भने। 

मोबाइल अफ गरेर सम्पर्कबिहिन भएपछि रायमाझीका पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) सँग सम्पर्क गरेर पक्राउ गर्ने तयारी गरेको थियो। तर रायमाझीका पीएसओ भने अर्घाखाँची नगइ काठमाडौंमै रहेको खुलेको थियो। ‘दुई दिनको कार्यक्रम हो। जानु पर्दैन भनेर रायमाझीले भनेपछि पीएसओ अर्घाखाँची नगएका रहेछन्,’ प्रहरी स्रोतले भन्यो।

भैरहवासम्म अन्तिम लोकेसन देखिएपछि प्रहरीले भैरहवामा पनि खोजी गरेको थियो। सो क्रममा उनको गाडी फेला परे पनि उनी भने फेला परेनन्। रायमाझीको गाडी बिहीबार काठमाडौंतर्फ आएको भन्ने सूचना आएपछि परिसर काठमाडौंको टोली खोजीमा जुटेको थियो। सो क्रममा गाडी र चालक रायमाझीको घरमा आइपुगे पनि उनी भने फेला नपरेको प्रहरी स्रोतले जानकारी दियो। 

‘रायमाझीको गाडी आएको भन्ने सूचना आएपछि हामीले खोजी गर्दा चालकले गाडी लिएर आएको भेटिए पनि उहाँ भेटिनु भएन,’ प्रहरी स्रोतले भन्यो। 

बिहीबार राति अबेरसम्म खोजी खोजी भए पनि उनी फेला परेनन्। त्यसअघि बिहीबार रायमाझी आफैंले प्रहरीलाई फोन गरेर आफैं प्रहरी कार्यालय उपस्थित हुने बताएका थिए। ‘पूवमन्त्री, एमालेको सचिव र सांसद जस्तो व्यक्ति उपस्थित भाइहाल्लान् भनेर अरु धेरै सोच्ने कुरा पनि भएन। त्यहाँमाथि उहाँ आफैंले उपस्थित हुन्छु भनेपछि विश्वास पनि गरियो। तर पछि उहाँ सम्पर्कबिहिन हुनुभयो,’ परिसरका एक प्रहरी अधिकारी भन्छन्।

nimb
nimb
Ncell 2
Ncell 2

रायमाझी अहिलेसम्म पक्राउ नपर्नुमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बिहिबार भएको भेटपछिको विकसित घटना हुनसक्ने पनि विश्लेषण गरिएको छ। 

प्रधानमन्त्री कार्यालयले औपचारिक रुपमा ‘नीति तथा कार्यक्रमका साथै बजेटमाथि छलफलका लागि ओलिसँग भेट भएको’ बताएको छ। तर, एमाले अध्यक्ष ओलीले सांसद रायमाझीलाई बाटोबाटै पक्राउ गर्न खोज्नु रहस्यमय भन्दै सार्वजनिक रुपमा आपत्ति जनाएका छन्।

यस विषयमा आफूले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको समेत ओलीले बताएका छन्। 

आरोपितमध्येका एक सानु भण्डारीले चैत १३ गते दिएको बयानमा लिएको नाम सरकारी वकिलको कार्यालयले टिप्न नमानेको विषय उठान गर्न ओली प्रचण्डकहाँ गरेको स्रोतको दाबी छ। सत्ता पक्षका केही नेता र उनीहरूका छोराहरुको नाम पनि त्यो बयानमा परेको एमालेको दाबी छ।

रायमाझी फरार भए पनि उनका छोरा सन्दीपलाई भने प्रहरीले रुपन्देहीबाटै पक्राउ थियो। सन्दीपविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले पहिलो चरणमा ३ दिनलाई थुनामा राख्न अनुमति दिएको छ। 

यसअघिनेपाल सरकारका सचिव तथा हाल उपराष्ट्रपति कार्यलयमा रहेका सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरिएको थियो। उनलाई अहिले सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखिएको छ।  

पाण्डे गृहसचिव रहेका बेला यो ठगी गिरोहका नाइकेहरुसँग कनेक्सन देखिएपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो। 

त्यसअघि एमाले नेता तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई पनि पक्राउ परेका थिए। ललितपुरको ठेचोस्थित घरबाटै राईलाई प्रहरीले पक्राउ गरिएको थियो।

यो प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परेका छन्। एमाले नेता रायमाझीका छोरा, सचिव टेकनारायण पाण्डे, बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, ललितपुर महानगरपालिका–२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई पक्राउ परेका थिए।

यही प्रकरणमा एमाले नेता रामबहादुर थापाका छोरा प्रतीक र इन्द्रजितका छोरा निरजविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ। उनीहरु भने अहिलेसम्म फरार छन्। 

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री रामबहादुर थापाको पालामा २०७६ जेठमा एउटा कार्यदल गठन गरिएको थियो। गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए। 

तर, पन्थी नेतृत्वको कार्यदलले भने मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थीको सूचीमा राखेको खुलेको थियो। अमेरिका लैजाने र त्यसबापत मोटो रकम असुल्ने उद्देश्यसहित ४२९ जनालाई भुटानी शरणार्थीको सूचीमा समेटिएको थियो। 

तीमध्ये अधिकांश वास्तविक भुटानी शरणार्थी नभइ नेपाली नागरिक रहेको खुलेको थियो। नेपाली नागरिकलाई नै भुटानी शरणार्थीको सूचीमा राखिएको विषय सार्वजनिक भएपछि उक्त प्रतिवेदन नै गुपचुप पारिएको थियो। गुपचुप पारिएको उक्त प्रतिवेदन भने अहिले पक्राउ परेको गिरोहको हातमा पुगेको थियो। उनीहरुले त्यही प्रतिवेदनमा ४४६ जना नेपाली नागरिकको नाम समेट्दै उनीहरुलाई अमेरिका लैजाने भनेर रकम उठाउने गरेको पाइएको छ। यो गिरोहले करिब १ अर्ब रुपैयाँ ठगी गरेको पाइएको छ।

 

सम्बन्धित सामग्री:


प्रचण्ड-ओली भेटपछि सांसद रायमाझी तत्काल समातिनेमा संशय

पक्राउ पुर्जी जारी भएपछि सचिव पाण्डे लुकेका थिए रिसोर्ट, पक्राउ परेपछि नुहाएर आए प्रहरी हिरासत

बादलको सुरक्षा सल्लाहकार बनेलगत्तै राईले किनेका थिए ठेचोमा घर, बुवालाई थुनाएर छोरा फरार

नक्कली भुटानी शरणार्थी प्रकरणः अख्तियारका प्रमुख आयुक्त राई पनि तानिएलान्?

भुटानी शरणार्थी बनाएर ठगी धन्दा: बादलका सुरक्षा सल्लाहकार राईले गर्थे रकमको डिल

भुटानी शरणार्थी बनाएर ठगी धन्दा: एमाले नेता रायमाझीका बाबु–छोराविरुद्ध पक्राउ पूर्जी जारी

टोपबहादुरको प्रतिक्रिया- कसैसित फोटो खिचेकै आधारमा जिम्मा लिने कुरा भएन

भुटानी शरणार्थी बनाएर ठगी धन्दा: नेतादेखि कर्मचारी र मन्त्रीका सल्लाहकारसम्म पुग्ला त अनुसन्धान?

आरोपित नै पीडित बनेर अख्तियारमा उजुरी, मुछे उच्च तहका व्यक्तिको नाम

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ११:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सबै राष्ट्रिय खेलाडी सम्मिलित नेपाल ‘ए’ को अस्ट्रेलियामा लगातार खराब प्रदर्शन
साउनमा मात्रै एक खर्ब ८७ अर्बको सामान आयात गर्दा ३८ अर्बको निर्यात
भ्युज गणना गर्ने तरिकामा परिवर्तन गर्दै युट्युब
सम्बन्धित सामग्री
‘अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकतावद्ध बनाऊँ’ : विश्वप्रकाश शर्मा शनिवार काँग्रेसले आयोजना गरेको ग्रिन रनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । शनिबार, भदौ ६, २०८३
नीति र नेतृत्वदेखि स्थानीय चुनावसम्म : रास्वपाको कार्यशाला सुरु ‘रास्वपा कार्यशाला–नीति, संगठन र नेतृत्व, शृङ्खला–१’ नाम दिइएको कार्यशालामा पार्टीको नीति, संगठन सुदृढीकरण, नेतृत्व क्षमता विकासका ब... शनिबार, भदौ ६, २०८३
पोखराबाट पनि गाडीमै मुस्ताङ हिँडे बालेन, कस्तो छ बेनी–जोमसोम सडकको अवस्था ? प्रधानमन्त्री शाह शुक्रबार बिहान काठमाडौंबाट सडकमार्ग हुँदै पोखरा पुगेका थिए। शुक्रबार पोखरामा बास बसेका बालेन त्यहाँबाट पनि गाडीमै... शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
सबै राष्ट्रिय खेलाडी सम्मिलित नेपाल ‘ए’ को अस्ट्रेलियामा लगातार खराब प्रदर्शन शनिबार, भदौ ६, २०८३
साउनमा मात्रै एक खर्ब ८७ अर्बको सामान आयात गर्दा ३८ अर्बको निर्यात शनिबार, भदौ ६, २०८३
भ्युज गणना गर्ने तरिकामा परिवर्तन गर्दै युट्युब शनिबार, भदौ ६, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी शनिबार, भदौ ६, २०८३
नक्कली र झुटा प्रतिवेदन बनाउने सरकारी अस्पतालका चिकित्सकले लापरबाही गरे भ्रष्टाचार मुद्दा चल्छ शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्