काठमाडौं- भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
दुर्घटनामा परी एक बालिका, एक महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । मृतकको पहिचान पनि खुलेको छैन ।
अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल भएपछि जेटबोट दुर्घटनामापरेको थियो ।
डुङ्गामा १६ जना सवार थिए । पाँच जना सकुशल घर फर्किसकेकको र एक जना घाइतेको चतरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
डुङ्गा चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।