• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सभामुख अर्याल र कांग्रेस सभापति थापालाई उच्च महत्व, वीरगञ्जमा छठ मनाउने क्रममा सुरक्षा सतर्कता अपनाउन जिल्ला प्रशासनको अपिल

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २८, २०८३  २०:०६
1140x725

वीरगञ्ज - लोकआस्थाको महापर्व छठ मनाउन देशका शीर्ष राजनीतिक नेताहरू तराई झर्ने क्रम बढेको छ । छठ पर्वको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जनकपुर पुगेका छन् । यस्तै प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपाली कांग्रेसका सभापति गगन थापा वीरगञ्ज आउने भएका छन् ।

मधेशको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको छठ पर्वमा शीर्ष नेताहरूको सहभागिता हुने भएपछि यसपटक जनकपुर र वीरगञ्जमा राजनीतिक तथा धार्मिक चहलपहलसमेत बढ्ने देखिएको छ । निर्वाचन आयोगले स्थानिय चुनाव फागुनमा गर्ने त्यारी गरेसँगै राजनैतिक शगर्मी बढेसँगै नेताहरुको तराई भ्रमणले दुबै दलका कार्यकर्ताहरु माझ सक्रियता बढेको छ । जसले गर्दा वीरगन्ज स्थित ऐतिहासिक घडीअर्वा पोखरी छठघाटमा सभामुख अर्याल र कांग्रेस सभापति थापाको आगमनलाई चाँसोका साथ हेरिएको छ ।

रास्वपाका पर्सा जिल्ला सभापति एवम सासद हरि प्रसाद पन्तले शनिबार साझ सभामुख अर्याल वीरगञ्ज आउने बताउदै भने, ‘आइतवार बिहान स्थानीयसँग भेटघाट तथा छलफल,दिउसो उद्योग वाणिज्य संघसँग भेटघाट पछि विभिन्न छठघाट तथा महाआरती कार्यक्रममा सहभागी रहेको छ ।’

वीरगञ्जको घडिअर्वा पोखरी, नगवा पोखरी, इटियाही सानो टोल, बारा जिल्लाको विभिन्न छठघाटको अवलोकन पछि साझको मुर्ली महाआरती आरतीमा सहभागी हुने कार्यक्रम रहेको छ ।

वीरगञ्जको रानीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिने कार्यक्रममा सहभागी भई रौतहट, सर्लाही, महोत्तरी तथा सिन्धुली हुँदै काठमाडौं प्रस्थान गर्ने पन्तको भनाइ थियो । 

सभामुख अर्याल यसअघि गत वर्ष पनि छठ पर्वका अवसरमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत रोहिणी र ओमसतिया गाउँपालिकाका विभिन्न छठघाट पुगेका थिए । त्यस अवसरमा उनले छठीमाताको पूजा–आराधना गर्दै अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका थिए। साथै, स्थानीय श्रद्धालु भक्तजन तथा सर्वसाधारणसँग पर्वको खुसी साटासाट गरेका थिए ।

त्यसैगरी नेपाली कांग्रेसका सभापति गगन थापा पनि छठ पर्व मनाउन वीरगन्ज आउने भएका छन् । कांग्रेसका सहमहामन्त्री अजय चौरसियाका अनुसार सोमबार बिहान झिसमिसेमै पत्नीका साथ वीरगञ्ज महानगरपालिका–१० स्थित घडीअर्वा छठघाट पुगेर छठीमाई तथा सूर्य भगवानको पूजापाठ र दर्शन गर्ने कार्यक्रम तय भएको छ । पूजाआराधनापछि उनी काठमाडौं फर्किने जनाइएको छ । 

थापा यसअघि गत वर्षको छठ पर्वमा पनि वीरगञ्ज महानगरपालिका–१० स्थित घडीअर्वा छठघाट पुगेर पूजाआराधनामा सहभागी भएका थिए । यस वर्ष पनि उनी सोही छठघाटमा पुग्ने भएपछि स्थानीय कांग्रेस नेता–कार्यकर्ता तथा श्रद्धालु भक्तजनमा चाँसो बढेको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

वीरगञ्जको घडीअर्वा पोखरी छठघाट धार्मिक आस्था र आकर्षक सजावटका कारण देशमै परिचित छ । छठ पर्वका अवसरमा यहाँ हजारौँको संख्यामा व्रतालु, श्रद्धालु तथा दर्शनार्थीको सहभागिता रहने गर्छ । यस वर्ष पनि छठघाटलाई आकर्षक रूपमा सजाएर पूजाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको आयोजकले जनाएका छन् । 

नेपालमै प्रसिद्ध रहेको वीरगञ्जको घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पुरा भएको छ । छठपूजा व्यवस्थापन समितिले शनिबार साँझ पत्रकार सम्मेलन गरि त्यारी पुराभएको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा समितिका कोषाध्यक्ष कन्हैयालाल गुप्ताले छठघाटको व्यवस्थापन र सजावटको सबै काम पुरा भएको जानकारी गराउदै व्यवस्थापनमा २७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । 

उनले अनुसार टेण्टपण्डाल सजावटमा १२ लाख ५१हजार , भिडियो ग्राफीमा ६२ हजार खर्च हुने अनुमान गरिएको छ । यसै गरि पुरस्कार सामग्रीमा ७ लाख ५० हजार, सरसफाइमा १ लाख १ हजार रुपैया,सुरक्षा व्यवस्थापनमा ६० हजार रुपैयाँ खर्च हुने समितिको अनुमान रहेको छ ।

सुरक्षा उपसमतिका संयोजक मुन्ना साहका अनुसार नेपाल प्रहरी , सशस्त्र प्रहरी र म्यादी प्रहरी गरि १ सय र घडीअर्वा स्पोर्ट क्लबका ५५ जना स्वंयसेवक परिचालन गरिनेछ । यस्तै छठघाट परिसरभित्र २१ वटा र बाहिर १६ वटा गरी ३८ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।प्रशासनले सादा पोशाकमा पनि प्रहरी परिचालन गर्ने रणिति बनाएको छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै छठघाटमै प्राथमिक उपचार सेवा केन्द्र स्थापना गरिनुका साथै एम्बुलेन्स र वारुणयन्त्र २४ सै घण्टाका लागि तयारी अवस्थामा राखिएको प्रचार प्रसार उपसमितिका संयोजक प्रणय साहले जानकारी गराए । यस छठघाटमा आइतबार साँझ र सोमबार बिहान गरी १ लाख ५० हजार बढी ब्रतालु र दर्शनार्थीहरु आउने अनुमान गरिएको पनि उनले बताए ।

छठ पर्वमा पटाका र मदिरा निषेध, सुरक्षा सतर्कता अपनाउन जिल्ला प्रशासनको अपिल

छठपर्वलाई मध्यनजर गर्दै जाँड रक्सि लगायत मदिराजन्य बस्तुको विक्रिवितरणमा रोक लगाएको छ । छठ पर्वलाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित रूपमा मनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लावासीमा विशेष अपिल गरेको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रशासनले छठ पर्वका अवसरमा पटाका, आतसबाजी तथा अन्य विस्फोटक पदार्थको ओसारपसार, बिक्रीवितरण र प्रयोग नगर्न आग्रह गरेको छ । यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

त्यसैगरी छठघाट तथा पोखरीमा पूजा गर्ने क्रममा बालबालिका, ज्येष्ठ नागरिक र सर्वसाधारणलाई हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ । सम्भावित विपद् तथा दुर्घटनाबाट जोगिन आवश्यक सुरक्षा व्यवस्था मिलाउनसमेत आग्रह गरिएको छ ।

प्रशासनले छठ पूजा व्यवस्थापन समितिहरूलाई घाट परिसरमा मदिरालगायत सम्पूर्ण मादक पदार्थको बिक्रीवितरण तथा सेवन पूर्ण रूपमा बन्द गराउन निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन, सुरक्षा निकाय, छठ पूजा व्यवस्थापन समिति तथा सर्वसाधारणबीच आवश्यक समन्वय र सहकार्य गरी पर्वलाई सभ्य, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न आग्रह गरेको छ ।

साथै, सम्पूर्ण जिल्लावासीलाई आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकता कायम राख्दै हर्षोल्लासका साथ छठ पर्व मनाउन प्रशासनले हार्दिक अपिल गरेको छ ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३  २०:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विरोध हुँदाहुँदै सूचना प्रकाशन
सभामुख अर्याल र कांग्रेस सभापति थापालाई उच्च महत्व, वीरगञ्जमा छठ मनाउने क्रममा सुरक्षा सतर्कता अपनाउन जिल्ला प्रशासनको अपिल
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ
सम्बन्धित सामग्री
विरोध हुँदाहुँदै सूचना प्रकाशन स्याङ्जाका प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न अवस्यक प्रक्रिया पूरा गरि सूचना प्रकाशन गरिए... शनिबार, कात्तिक २८, २०८३
सभामुख अर्याल र कांग्रेस सभापति थापालाई उच्च महत्व, वीरगञ्जमा छठ मनाउने क्रममा सुरक्षा सतर्कता अपनाउन जिल्ला प्रशासनको अपिल सम्पूर्ण जिल्लावासीलाई आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकता कायम राख्दै हर्षोल्लासका साथ छठ पर्व मनाउन प्रशासनले हार्दिक अप... शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ विवादित विचौलिया इनम सापकोटासँगको सम्पर्क देखिएपछि पक्राउ गरिएको बताइएकाे छ । शनिबार, कात्तिक २८, २०८३
ताजा समाचारसबै
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
सभामुख अर्याल र कांग्रेस सभापति थापालाई उच्च महत्व, वीरगञ्जमा छठ मनाउने क्रममा सुरक्षा सतर्कता अपनाउन जिल्ला प्रशासनको अपिल शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मधेशले मालिक खोजेको होईन : रवि लामिछाने शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
छठ पर्वको विशिष्ट पक्ष नेपाल लाइभ
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्