• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भुटानी शरणार्थी बनाएर ठगी धन्दा: नेतादेखि कर्मचारी र मन्त्रीका सल्लाहकारसम्म पुग्ला त अनुसन्धान?

64x64
नारायण अधिकारी सोमबार, चैत १३, २०७९  १४:२६
1140x725

काठमाडौं- करिब एक वर्षअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहका एक सदस्य सन्देश शर्मालाई पक्राउ गर्‍यो।

शर्मा मोटो रकम असुलेर नेतादेखि शक्तिकेन्द्रसम्म पुर्‍याउने व्यक्ति रहेको खुलेको थियो। शर्मा पक्राउ पर्दा भर्खरै आईजी बनेका बसन्तबहादुर कुँवर त्यतिबेला अपराध अनुसन्धान कार्यालयका प्रमुख थिए। पक्राउको सूचना तत्कालै शक्तिकेन्द्रसम्म पुगेपछि प्रहरीले दबाब झेल्न सकेन। शर्मा सुटुक्क रिहा भए। उनी पक्राउ र रिहा भएको विषय गुपचुपमै रह्यो।

शर्मा पक्राउ परेर छुटेको अहिले एक वर्ष पुगिसकेको छ। त्यतिबेला अपराध अनुसन्धान कार्यालयको कमान्ड गरेका कुँवर अहिले प्रहरीको सर्वोच्च पदमा पुगेका छन्। कुँवर आईजी भएलगत्तै अहिले फेरि त्यही गिरोहका तीन सदस्यलाई अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। त्यतिबेला पक्राउ गरे लगत्तै सुटुक्क छाडिए पनि अहिले भने प्रहरीले पक्राउ गरेका तीनै जनालाई सार्वजनिक गरेको छ। 

अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको सूची अनुसार अहिले पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका-२३ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-४, सीतापाखा बस्दै आएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका-१० घर भई ललितपुरको धापाखेल बस्दै आएका ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका-७ घर भई ललितपुरको धापाखेल नै बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङ छन्।

यो प्रकरणमा अहिले तीन जना पक्राउ परे पनि यो भन्दा अघि अनुसन्धान बढ्छ कि बढ्दैन भन्ने प्रश्न पेचिलो बनेको छ। यसअघि पनि पक्राउ परेर छाडिनु र यो घटनामा उच्च तहका नेतादेखि कर्मचारीसम्मको नाम जोडिनुले अनुसन्धान अघि बढ्छ कि बढ्दैन भन्ने संका उब्जाएको छ।

तर, यसबारे प्रहरीले अब अनुसन्धान नरोकिने बताएको छ। ‘नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खेलमा गृह मन्त्रालयका तत्कालीन कर्मचारी तथा पदाधिकारीदेखि कार्यदलसम्म सदस्यहरुको मिलेमतो रहेको भन्ने आशंका भएकाले त्यसतर्फ पनि अनुसन्धान अघि बढाउँछौं,’ अपराध अनुसन्धान कार्यालयका एसपी सोमेन्द्रसिंह राठौरले भने।

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री रामबहादुर थापाको पालामा २०७६ जेठमा एउटा कार्यदल नै गठन गरिएको थियो। गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्य थिए। 

तर, पन्थी नेतृत्वको कार्यदलले भने मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थीको सूचीमा राखेको खुलेको थियो। अमेरिका लैजाने र त्यस वापत मोटो रकम असुल्ने उद्देश्यसहित ४२९ जनालाई भुटानी शरणार्थीको सूचीमा समेटिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

तीमध्ये अधिकांश वास्तविक भुटानी शरणार्थी नभई नेपाली नागरिक रहेको खुलेको थियो। यसरी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने र त्यसवापत मोटो रकम असुल्ने योजनामा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईदेखि अन्य नेता तथा गृह मन्त्रालयकै उच्च तहका कर्मचारीको संलग्नता रहेको पीडितहरुले बताएका थिए। 

राईले समेत कतिपयलाई भेटेर आफूले सहयोग गर्ने बताएको पीडितहरुले बताएका थिए। उनका छोरा निरज राईले समेत पैसा लिएको भनेर उजुरी समेत परेको थियो। 

उच्च तहका नेतादेखि कर्मचारीसम्म मुछिएको यो प्रकरणमा भने अब कहाँसम्म अनुसन्धान अघि बढ्छ भन्ने प्रश्न तेर्सिएको छ। तर अनुसन्धान उच्च तहसम्म अघि बढ्नेमा ढुक्क हुन अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीले आग्रह गरे। । 

‘अनुसन्धान अघि बढाउने उद्देश्यले नै उनीहरुलाई पक्राउ गरिएको हो। सोही अनुसार म्याद समेत थप भएको छ। अब पक्राउ परेकाहरुको बयान तथा अनुसन्धानपछि कहाँसम्म पुगिन्छ, त्यहाँसम्म पुगेर अनुसन्धान गर्छौं,’ एसएसपी केसीले नेपाल लाइभसँग भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाली नागरिकलाई नै भुटानी शरणार्थीको सूचीमा राखिएको विषय सार्वजनिक भएपछि उक्त प्रतिवेदन नै गुपचुप पारिएको थियो। गुपचुप पारिएको उक्त प्रतिवेदन भने अहिले पक्राउ परेको गिरोहको हातमा पुगेको थियो। उनीहरुले त्यही प्रतिवेदनमा ४४६ जना नेपाली नागरिकको नाम समेट्दै उनीहरुलाई अमेरिका लैजाने भनेर रकम उठाउने गरेको पाइएको छ। 

अहिले पक्राउ परेकाहरुको नेक्सस पनि उच्च तहका नेताहरुसम्म देखिएको छ। पक्राउ परेका दुलाल कांग्रेस नेतृ सुजाता कोइरालाको पीए भएर काम गरेका व्यक्ति रहेको खुलेको छ।

पैसा असुलेर विदेश पठाउन नसकेपछि एक वर्षअघि नै पीडितहरु प्रहरीकोमा पुगेका थिए। त्यसको एक वर्षसम्म बल्ल तीन जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका तीन जनाविरुद्ध ठगीको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको एसएसपी केसीले बताए। 

गिरोहकै दबाब र चलखेलकै भरमा कार्यदल बनाइएको भन्दै विरोध भएपछि उक्त प्रतिवेदन समेत कार्यान्वयन हुन सकेको थिएन। डेढ वर्षअघि प्रतिवेदन कार्यान्वयन अघि बढाउने प्रयास भए पनि मोटो रकम असुली भएको खुलेपछि कार्यान्वयन रोकिएको थियो। 

ज्यान मार्नेसम्मको धम्की, सरकारी लोगो दुरुपयोग गरेर नक्कली परिचयपत्र
पक्राउ परेका व्यक्तिहरुले आफूसँग सम्पर्कमा आएका र चिनजानमा रहेका सबै व्यक्तिहरुलाई प्रयोग गरी तिनका आफन्त र नातागोताका व्यक्तिहरु समेतलाई शरणार्थीका नाममा अमेरिका पठाइदिन्छु भनी भुटानी शरणार्थीको नाम दर्ता गर्ने सम्बन्धी फर्म भर्न लगाएको खुलेको छ। फर्म वापत प्रतिव्यक्ति १५ देखि २० लाख असुलेर ठगी गरेको प्रारम्भिक अनुसन्धान छ। भुटानी शरणार्थीको नाम दर्ता गर्ने सम्बन्धी फर्म भराइएका सबै व्यक्ति नेपाली नागरिक रहेको खुलेको छ। 

पक्राउ परेका व्यक्तिहरुले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीहरुसँग सेटिङ भइरहेको भन्दै गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसँग सम्बन्धित विभिन्न निकायसँग सम्बन्धित पत्र, निर्णयहरु एवं पत्रपत्रिका र अनलाइनहरुमा आएका फोटो र न्युजहरु तथा शरणार्थी समस्या हेर्ने विभिन्न निकायका कर्मचारीहरुको सरुवा सम्बन्धी समाचार समेत पीडितहरुलाई सेयर गरी सतप्रतिशत काम हुन्छ भन्दै पैसा असुलेर ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता सोमेन्द्रसिंह राठौरले बताए। 

उनीहरुले पीडितहरुलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर, सौराहा, काठमाडौं लगायतका स्थानमा पटक-पटक बोलाएर विश्वास दिलाउँदै रकम लिएर ठगी गरेको खुलेको छ।

काम नभएमा पैसा फिर्ता गरिदिन्छु भन्दै विश्वासमा पार्न पैसा लिएकाहरुलाई ८ करोड बराबरको चेक समेत दिएको खुलेको छ। पैसा दिएको लामो समयसम्म पनि अमेरिका नपठाएपछि आफूहरु ठगिएको भन्दै पैसा फिर्ता माग्न थालेपछि ज्यान मार्नेसम्म धम्की दिने गरेको पीडितहरुले बताएका छन्। 

गिरोहका सदस्यहरुले ठगीको रकम लिनका लागि विभिन्न व्यक्तिहरुको बैंक खाता समेत प्रयोग गरेको खुलेको छ। उजुरी दिएका पीडितहरुले ६५ लाख रुपैयाँ बैंक खातामा जम्मा गरेको रसिद समेत प्रहरीलाई बुझाएका छन्। 

उजुरी दिने पीडितहरुमध्ये १० जनाभन्दा बढीको नाममा गृह मन्त्रालयको सरकारी लोगो प्रयोग गरेर शरणार्थी परिचयपत्र तथा ट्राभल डकुमेन्ट समेत बनाएको पाइएको छ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १४:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला जसमध्ये रसुवामा २ सय ३७ जना, नुवाकोटमा २ सय ५ जना, धादिङमा ७३ जना, चितवनमा ३ सय ६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर... बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने यसअघि लघु जलविद्युत् आयोजनामार्फत विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति सुरु गरिएको... बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै प्रधानमन्त्री शाहले बुधबार बिहान पालाञ्चोक भगवती पुगेका... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्