काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता टोलीलाई १ करोड १० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। क्यानले उपविजेता टोलीलाई ५१ लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ।
क्यानले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रतियोगितामा तेस्रो हुने टोलीले २५ लाख र चौथो हुने टोलीले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
प्रतियोगितामा पहिलो हुने टोलीलाई प्रदान गरिने १ करोड १० लाख रुपैयाँसहित शीर्ष चार टोलीका लागि मात्रै कुल २ करोड १ लाख रुपैयाँ पुरस्कार छुट्याइएको छ।
क्यानको आयोजनामा २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा सञ्चालन भएको एनपीएलमा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए।
एनपीएल नेपाली क्रिकेटको व्यावसायिक विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो।
विजेता हुने टिमले १ कराेड ५० लाख जित्ने
उपविजेताले ८० लाख जित्ने
तेस्राे हुनेले ४० लाख जित्ने
चाैथाे हुनेले ३० लाख जित्ने

झण्डै १५० करोड बराबरकाे आर्थिक काराेबार हुने आयाेजक क्यानकाे भनाइ !
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।