काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित मैदानमा हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन् भने दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।
प्रतियोगिताको २७औँ खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार दिउँसो १२:३० बजे सुरु हुनेछ।
यस्तै, दिनको दोस्रो खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सको सामना गर्नेछ। प्रतियोगिताको २८औँ खेलका रूपमा रहेको यो प्रतिस्पर्धा अपराह्न ४:३० बजे सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।