• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
नेपालीलाई शरणार्थी बनाएर ठगी धन्दा:

आरोपित नै पीडित बनेर अख्तियारमा उजुरी, मुछे उच्च तहका व्यक्तिको नाम

उजुरीकर्ताको संख्या १४५ पुग्यो
64x64
नारायण अधिकारी मंगलबार, चैत २१, २०७९  १९:३९
1140x725
पक्राउ परेका सागर राई र फरार रहेका सन्देश शर्मा।

काठमाडौं– नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर मोटो रकम असुल्दै अमेरिका लैजाने नाममा ठगी धन्दा चलाएको आरोपमा पक्राउ परेकाहरूले उच्च तहका व्यक्तिहरूको पनि संलग्नता रहेको भन्दै बयान दिएका छन्। 

करोडौं रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेकाहरूको अहिले जिल्ला सरकारी वकिलसमक्ष धमाधम बयानको काम भइरहेको छ। बयानका क्रममा उनीहरूले उच्च तहका नेतादेखि गृह मन्त्रालयका कर्मचारीसम्मको नामसमेत मुछेका छन्। 

गृहका तत्कालीन सचिवहरूदेखि मन्त्री, मन्त्रीका सचिवालयका व्यक्तिहरूकै योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने काम भएको दाबी गर्दै उनीहरूले बयान दिएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। तर, आफूहरूले नाम लिएका व्यक्तिहरूको नाम बयानमा समावेश नै नगरेको भन्दै उनीहरू सरकारी वकिल कार्यालयसँग समेत रुष्ट भएको स्रोतले बतायो।

दाङका मात्रै ८१ जना नेपालीलाई बनाइयो नक्कली भुटानी शरणार्थी
यो गिरोहले दाङका मात्रै ८१ जना नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउन लागेको खुलेको छ। उजुरी दिएकामध्ये ८१ जना दाङका रहेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीले जानकारी दिए। 

उनीलाई नाम भुटानी शरणार्थीमा राखेर रकम अुसलेर ठगी गर्ने काममा दाङकै सन्देश शर्माले मुख्य भूमिका खेलेको पाइएको छ। जो एक वर्षअघि पक्राउ परे पनि शक्तिकेन्द्रको दबाबमा तत्कालै रिहा भएका थिए। हाल उनी अहिलेसम्म पक्राउ गरेका छैनन्। यही गिरोहका अन्य व्यक्ति पक्राउ परेपछि उनी भने फरार भएका छन्। 

उनै शर्माले रकम उठाउने र शक्तिकेन्द्रसम्म पुर्‍याउने गरेको खुलेको छ। स्रोतका अनुसार उनी अहिले फरार भएर भारत पुगेका छन्। 

यो गिरोहबाट पीडित भएको भन्दै उजुरी दिनेको संख्या अहिले १४५ पुगिसेको छ। उनीहरूबाट १० लाखदेखि ४० लाख रुपैयाँसम्म लिएर ठगी गरेको पाइएको छ। 

पक्राउ परेकाले नै हालेका थिए अख्तियारमा उजुरी
अपराध अनुसन्धान कार्यालयले यो प्रकरणमा ललितपुर महानगरपालिका–२३ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४, सीतापाखा बस्दै आएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भइ ललितपुरको धापाखेल बस्दै आएका ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका–७ घर भइ ललितपुरको धापाखेल नै बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङलाई पक्राउ गरेको थियो। उनीहरू पक्राउ परेको केही दिनपछि सोही प्रकरणमा संलग्न भएको आरोपमा मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई समेत पक्राउ परेका थिए। 

Ncell 2
Ncell 2

Thagi-Arrest_Bhutani-Sharanarthi16799033071680593592.jpg

पक्राउ परेकामध्ये सानु भण्डारीले आफू नै पीडित भएको भन्दै ३/४ महिना अघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएको खुलेको छ। विभिन्न शक्तिको आडमा गृहका कर्मचारीदेखि उच्च तहका नेता तथा मन्त्रीकै मिलेमतोमा शरणार्थी बनाएर विदेश पठाउने भन्दै रकम उठाएर ठगी गरी भ्रष्टाचार गरेकाले छानबिन गरी कारबाही गरिपाउँ भन्दै उनले उजुरी दिएका थिए। 

रकम विभिन्न शक्तिकेन्द्रका व्यक्तिले बुझेको, आफूले मध्यस्ताको काम मात्रै गरेकाले पीडितले आफूलाई च्याप्न थालेको भन्दै भण्डारीले अख्तियारमा उजुरी दिएको बताएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

यसरी भएको थियो ठगी
भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री रामबहादुर थापाको पालामा २०७६ जेठमा एउटा कार्यदल नै गठन गरिएको थियो। गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्य थिए। 

तर, पन्थी नेतृत्वको कार्यदलले भने मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थीको सूचीमा राखेको खुलेको थियो। अमेरिका लैजाने र त्यसवापत मोटो रकम असुल्ने उद्देश्यसहित ४२९ जनालाई भुटानी शरणार्थीको सूचीमा समेटिएको थियो। 

तीमध्ये अधिकांश वास्तविक भुटानी शरणार्थी नभई नेपाली नागरिक रहेको खुलेको थियो। यसरी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने र त्यसवापत मोटो रकम असुल्ने योजनामा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईदेखि अन्य नेता तथा गृह मन्त्रालयकै उच्च तहका कर्मचारीको संलग्नता रहेको पीडितहरूले बताएका थिए। 

नेपाली नागरिकलाई नै भुटानी शरणार्थीको सूचीमा राखिएको विषय सार्वजनिक भएपछि उक्त प्रतिवेदन नै गुपचुप पारिएको थियो। गुपचुप पारिएको उक्त प्रतिवेदन भने अहिले पक्राउ परेको गिरोहको हातमा पुगेको थियो। उनीहरूले त्यही प्रतिवेदनमा ४४६ जना नेपाली नागरिकको नाम समेट्दै उनीहरूलाई अमेरिका लैजाने भनेर रकम उठाउने गरेको पाइएको छ। अहिले पक्राउ परेकाहरूको नेक्सस पनि उच्च तहका नेताहरूसम्म देखिएको छ।

सम्बन्धित समाचार

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहका तीन सदस्य पक्राउ

भुटानी शरणार्थी बनाएर ठगी धन्दा: नेतादेखि कर्मचारी र मन्त्रीका सल्लाहकारसम्म पुग्ला त अनुसन्धान?

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १९:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको छ भने नेपाल बार एसोसिएसन लगायतले आलोचना र फिर्ता लिन दबाब बढाएपछि महान्यायाधिव... शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगको मुख्य गेटमा प्रहरी परिचालन आसन्न निर्वाचनको तयारीका लागि निर्वाचन आयोग परिसरमा चहलपहल बढिरहेका बेला नेपाली कांग्रेस विभाजनपछि आधिकारिकताका लागि दुई पक्षीय नेता... शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार आइतबार, माघ ४, २०८२
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
हर्क साम्पाङले पनि दिए राजीनामा आइतबार, माघ ४, २०८२
रुपन्देही– २ मा विष्णुप्रसाद पौडेल उम्मेदवार आइतबार, माघ ४, २०८२
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्