• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ४, २०८२ Tue, Oct 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भुटानी शरणार्थी बनाएर ठगी धन्दा: नेतादेखि कर्मचारी र मन्त्रीका सल्लाहकारसम्म पुग्ला त अनुसन्धान?

64x64
नारायण अधिकारी सोमबार, चैत १३, २०७९  १४:२६
1140x725

काठमाडौं- करिब एक वर्षअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहका एक सदस्य सन्देश शर्मालाई पक्राउ गर्‍यो।

शर्मा मोटो रकम असुलेर नेतादेखि शक्तिकेन्द्रसम्म पुर्‍याउने व्यक्ति रहेको खुलेको थियो। शर्मा पक्राउ पर्दा भर्खरै आईजी बनेका बसन्तबहादुर कुँवर त्यतिबेला अपराध अनुसन्धान कार्यालयका प्रमुख थिए। पक्राउको सूचना तत्कालै शक्तिकेन्द्रसम्म पुगेपछि प्रहरीले दबाब झेल्न सकेन। शर्मा सुटुक्क रिहा भए। उनी पक्राउ र रिहा भएको विषय गुपचुपमै रह्यो।

शर्मा पक्राउ परेर छुटेको अहिले एक वर्ष पुगिसकेको छ। त्यतिबेला अपराध अनुसन्धान कार्यालयको कमान्ड गरेका कुँवर अहिले प्रहरीको सर्वोच्च पदमा पुगेका छन्। कुँवर आईजी भएलगत्तै अहिले फेरि त्यही गिरोहका तीन सदस्यलाई अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। त्यतिबेला पक्राउ गरे लगत्तै सुटुक्क छाडिए पनि अहिले भने प्रहरीले पक्राउ गरेका तीनै जनालाई सार्वजनिक गरेको छ। 

अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको सूची अनुसार अहिले पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका-२३ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-४, सीतापाखा बस्दै आएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका-१० घर भई ललितपुरको धापाखेल बस्दै आएका ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका-७ घर भई ललितपुरको धापाखेल नै बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङ छन्।

यो प्रकरणमा अहिले तीन जना पक्राउ परे पनि यो भन्दा अघि अनुसन्धान बढ्छ कि बढ्दैन भन्ने प्रश्न पेचिलो बनेको छ। यसअघि पनि पक्राउ परेर छाडिनु र यो घटनामा उच्च तहका नेतादेखि कर्मचारीसम्मको नाम जोडिनुले अनुसन्धान अघि बढ्छ कि बढ्दैन भन्ने संका उब्जाएको छ।

तर, यसबारे प्रहरीले अब अनुसन्धान नरोकिने बताएको छ। ‘नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खेलमा गृह मन्त्रालयका तत्कालीन कर्मचारी तथा पदाधिकारीदेखि कार्यदलसम्म सदस्यहरुको मिलेमतो रहेको भन्ने आशंका भएकाले त्यसतर्फ पनि अनुसन्धान अघि बढाउँछौं,’ अपराध अनुसन्धान कार्यालयका एसपी सोमेन्द्रसिंह राठौरले भने।

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री रामबहादुर थापाको पालामा २०७६ जेठमा एउटा कार्यदल नै गठन गरिएको थियो। गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्य थिए। 

तर, पन्थी नेतृत्वको कार्यदलले भने मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थीको सूचीमा राखेको खुलेको थियो। अमेरिका लैजाने र त्यस वापत मोटो रकम असुल्ने उद्देश्यसहित ४२९ जनालाई भुटानी शरणार्थीको सूचीमा समेटिएको थियो। 

Ncell 2
Ncell 2

तीमध्ये अधिकांश वास्तविक भुटानी शरणार्थी नभई नेपाली नागरिक रहेको खुलेको थियो। यसरी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने र त्यसवापत मोटो रकम असुल्ने योजनामा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईदेखि अन्य नेता तथा गृह मन्त्रालयकै उच्च तहका कर्मचारीको संलग्नता रहेको पीडितहरुले बताएका थिए। 

राईले समेत कतिपयलाई भेटेर आफूले सहयोग गर्ने बताएको पीडितहरुले बताएका थिए। उनका छोरा निरज राईले समेत पैसा लिएको भनेर उजुरी समेत परेको थियो। 

उच्च तहका नेतादेखि कर्मचारीसम्म मुछिएको यो प्रकरणमा भने अब कहाँसम्म अनुसन्धान अघि बढ्छ भन्ने प्रश्न तेर्सिएको छ। तर अनुसन्धान उच्च तहसम्म अघि बढ्नेमा ढुक्क हुन अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीले आग्रह गरे। । 

‘अनुसन्धान अघि बढाउने उद्देश्यले नै उनीहरुलाई पक्राउ गरिएको हो। सोही अनुसार म्याद समेत थप भएको छ। अब पक्राउ परेकाहरुको बयान तथा अनुसन्धानपछि कहाँसम्म पुगिन्छ, त्यहाँसम्म पुगेर अनुसन्धान गर्छौं,’ एसएसपी केसीले नेपाल लाइभसँग भने।

नेपाली नागरिकलाई नै भुटानी शरणार्थीको सूचीमा राखिएको विषय सार्वजनिक भएपछि उक्त प्रतिवेदन नै गुपचुप पारिएको थियो। गुपचुप पारिएको उक्त प्रतिवेदन भने अहिले पक्राउ परेको गिरोहको हातमा पुगेको थियो। उनीहरुले त्यही प्रतिवेदनमा ४४६ जना नेपाली नागरिकको नाम समेट्दै उनीहरुलाई अमेरिका लैजाने भनेर रकम उठाउने गरेको पाइएको छ। 

अहिले पक्राउ परेकाहरुको नेक्सस पनि उच्च तहका नेताहरुसम्म देखिएको छ। पक्राउ परेका दुलाल कांग्रेस नेतृ सुजाता कोइरालाको पीए भएर काम गरेका व्यक्ति रहेको खुलेको छ।

पैसा असुलेर विदेश पठाउन नसकेपछि एक वर्षअघि नै पीडितहरु प्रहरीकोमा पुगेका थिए। त्यसको एक वर्षसम्म बल्ल तीन जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका तीन जनाविरुद्ध ठगीको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको एसएसपी केसीले बताए। 

गिरोहकै दबाब र चलखेलकै भरमा कार्यदल बनाइएको भन्दै विरोध भएपछि उक्त प्रतिवेदन समेत कार्यान्वयन हुन सकेको थिएन। डेढ वर्षअघि प्रतिवेदन कार्यान्वयन अघि बढाउने प्रयास भए पनि मोटो रकम असुली भएको खुलेपछि कार्यान्वयन रोकिएको थियो। 

ज्यान मार्नेसम्मको धम्की, सरकारी लोगो दुरुपयोग गरेर नक्कली परिचयपत्र
पक्राउ परेका व्यक्तिहरुले आफूसँग सम्पर्कमा आएका र चिनजानमा रहेका सबै व्यक्तिहरुलाई प्रयोग गरी तिनका आफन्त र नातागोताका व्यक्तिहरु समेतलाई शरणार्थीका नाममा अमेरिका पठाइदिन्छु भनी भुटानी शरणार्थीको नाम दर्ता गर्ने सम्बन्धी फर्म भर्न लगाएको खुलेको छ। फर्म वापत प्रतिव्यक्ति १५ देखि २० लाख असुलेर ठगी गरेको प्रारम्भिक अनुसन्धान छ। भुटानी शरणार्थीको नाम दर्ता गर्ने सम्बन्धी फर्म भराइएका सबै व्यक्ति नेपाली नागरिक रहेको खुलेको छ। 

पक्राउ परेका व्यक्तिहरुले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीहरुसँग सेटिङ भइरहेको भन्दै गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसँग सम्बन्धित विभिन्न निकायसँग सम्बन्धित पत्र, निर्णयहरु एवं पत्रपत्रिका र अनलाइनहरुमा आएका फोटो र न्युजहरु तथा शरणार्थी समस्या हेर्ने विभिन्न निकायका कर्मचारीहरुको सरुवा सम्बन्धी समाचार समेत पीडितहरुलाई सेयर गरी सतप्रतिशत काम हुन्छ भन्दै पैसा असुलेर ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता सोमेन्द्रसिंह राठौरले बताए। 

उनीहरुले पीडितहरुलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर, सौराहा, काठमाडौं लगायतका स्थानमा पटक-पटक बोलाएर विश्वास दिलाउँदै रकम लिएर ठगी गरेको खुलेको छ।

काम नभएमा पैसा फिर्ता गरिदिन्छु भन्दै विश्वासमा पार्न पैसा लिएकाहरुलाई ८ करोड बराबरको चेक समेत दिएको खुलेको छ। पैसा दिएको लामो समयसम्म पनि अमेरिका नपठाएपछि आफूहरु ठगिएको भन्दै पैसा फिर्ता माग्न थालेपछि ज्यान मार्नेसम्म धम्की दिने गरेको पीडितहरुले बताएका छन्। 

गिरोहका सदस्यहरुले ठगीको रकम लिनका लागि विभिन्न व्यक्तिहरुको बैंक खाता समेत प्रयोग गरेको खुलेको छ। उजुरी दिएका पीडितहरुले ६५ लाख रुपैयाँ बैंक खातामा जम्मा गरेको रसिद समेत प्रहरीलाई बुझाएका छन्। 

उजुरी दिने पीडितहरुमध्ये १० जनाभन्दा बढीको नाममा गृह मन्त्रालयको सरकारी लोगो प्रयोग गरेर शरणार्थी परिचयपत्र तथा ट्राभल डकुमेन्ट समेत बनाएको पाइएको छ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १४:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ। मंगलबार, कात्तिक ४, २०८२
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने दीपावलीमा कात्तिक ७ गते भाइटीका र शनिबारको दिनबाहेक अरू दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिइ सुनुवाइ हुने उल्लेख छ। सोमबार, कात्तिक ३, २०८२
नर्भिकले बढायो नर्सहरूको तलब अस्पतालले स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न तथा उनीहरूको हित संरक्षणका लागि निरन्तर प्रयास जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरे... सोमबार, कात्तिक ३, २०८२
ताजा समाचारसबै
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने सोमबार, कात्तिक ३, २०८२
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउनुपर्छ : मन्त्री पुन सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि सोमबार, कात्तिक ३, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
आज पनि बढ्यो सुनको मूल्य सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्