काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयलाई राम्रो बनाउने विषयमा छलफल भइरहेको जानकारी गराएकी छिन् ।
सोमबार मन्त्रालयका एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले विश्वविद्यालयमा राजनीतिकरण निर्मुल पार्नुपर्ने सुझाव आएको बताए ।
‘भिसि (कुलपति) हरूसँग पनि छलफल भएको छ । विश्वविद्यालय अनुदान आयोग अन्तर्गत विश्वविद्यालयलाई कसरी राम्रो बनाउन छलफल भएका छन्,’ मन्त्री पुनले भने, ‘राजनीतिकरण निर्मुल पार्नुपर्ने सुझाव आको छ । मस्यौदा बनाउनेछ ।’
उनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताए ।
‘कुलपति प्रधानमन्त्री हुने चलन छ । अब प्रधानमन्त्री नरहने व्यवस्था गर्नुपर्छ । छलफल हुँदैछ,’ उनले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।