• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास

64x64
नेपाल लाइभ शनिबार, कात्तिक ७, २०८३  १९:११
1140x725

काठमाडौं– दक्षिण कोरियाले उत्तर कोरियाली नेता किम जोन उनको चीन भ्रमणलाई उनको बढ्दो आक्रामक विदेश नीतिको पछिल्लो कदमका रूपमा व्याख्या गरेको छ। किम शनिबार चीन पुगेपछि दक्षिण कोरियाले उक्त प्रतिक्रिया दिएको हो। समाचार एजेन्सी एपीका अनुसार उत्तर कोरिया, चीन र रुस मिलेर अमेरिकाविरुद्ध संयुक्त मोर्चा बनाउने प्रयास गरिरहेका छन्।

दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार किम शनिबार चीनको सीमावर्ती सहर डान्दोङ पुगेका हुन्। उनी उत्तर कोरिया र चीनलाई जोड्ने हालै सञ्चालनमा आएको नयाँ पुल पार गरेर चीन प्रवेश गरेको बताइएको छ। यद्यपि, उनको भ्रमणबारे मन्त्रालयले थप विवरण सार्वजनिक गरेको छैन।

दक्षिण कोरियाली राष्ट्रिय सभाको गुप्तचर समितिका उपाध्यक्ष युन कुन योङले एपीसँग कुरा गर्दै किमले चीनका प्रधानमन्त्री ली छ्याङसँग भेट गरेको हुन सक्ने संकेतहरू रहेको बताएका छन्। दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले शुक्रबार नै किमको चीन भ्रमण हुन सक्नेबारे जानकारी दिएको पनि उनले बताए।

किम चीनमा कति समय रहनेछन् भन्ने स्पष्ट भइसकेको छैन। युनका अनुसार किम एकदिने भ्रमणमा चीन पुगेका हुन सक्ने र केही घण्टाभित्रै उत्तर कोरिया फर्किन सक्ने सम्भावना छ।

विश्लेषकहरूका अनुसार यसै महिना सञ्चालनमा आएको नयाँ यालु नदी पुल उत्तर कोरिया र चीनबीचको सम्बन्ध सुदृढ हुँदै गएको महत्त्वपूर्ण प्रतीक हो। उक्त पुलबाट दुवैतर्फ चौबीसै घण्टा आवतजावत गर्न सकिने तथा कन्टेनर र भारी मालवाहक ट्रकसमेत सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ। यसले दुई देशबीचको व्यापार विस्तार गर्ने संकेत गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

किमले पछिल्लो समय रुससँगको सम्बन्धलाई प्राथमिकता दिँदै आएका थिए। युक्रेनविरुद्धको युद्धमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सहयोग गर्न उत्तर कोरियाले हजारौँ सैनिक र परम्परागत हतियार पठाएको छ। त्यसको बदलामा उत्तर कोरियाले सैन्य तथा आर्थिक सहायता प्राप्त गरिरहेको हुन सक्ने आकलन गरिएको छ। अहिले भने किमले आफ्नो परम्परागत सहयोगी चीनसँगको सम्बन्धलाई पुनः बलियो बनाउने प्रयास गरिरहेका छन्।

सन् २०११ को अन्त्यमा आफ्ना पिता किम जोङ इलको निधनपछि सत्तामा आएका किमको यो छैटौँ चीन भ्रमण हो। यसअघि उनले सन् २०२५ को सेप्टेम्बरमा बेइजिङ भ्रमण गरेका थिए। त्यतिबेला उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गर्नुका साथै रुसी राष्ट्रपति पुटिनलगायत विदेशी नेताहरूसँगै सैन्य परेड अवलोकन गरेका थिए।

यसपटकको भ्रमण अक्टोबर २५ मा मनाइने कोरियाली युद्धमा चीनको पहिलो ठूलो विजयको वार्षिकोत्सवको पूर्वसन्ध्यामा भएको छ। सन् १९५० मा चिनियाँ सेना यालु नदी पार गर्दै उत्तर कोरिया प्रवेश गरेको केही दिनपछि उक्त विजय भएको थियो। सन् १९५० मा उत्तर कोरियाले दक्षिण कोरियामाथि अचानक आक्रमण गरेपछि अमेरिकाको नेतृत्वमा संयुक्त राष्ट्रसंघीय गठबन्धन युद्धमा सहभागी भएको थियो। चीनले उत्तर कोरियालाई सैनिक सहयोग गरेको थियो भने तत्कालीन सोभियत संघले हवाई सहयोग उपलब्ध गराएको थियो। सन् १९५३ मा युद्धविराम भए पनि दुई कोरियाबीच प्राविधिक रूपमा युद्धको अवस्था अन्त्य भएको छैन।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

चिनियाँ राष्ट्रपति सीले गत जुनमा प्योङयाङ भ्रमण गरी किमसँग भेट गरेका थिए। उक्त भेटमा सीले व्यापार, कृषि, निर्माण र प्रविधिलगायतका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने इच्छा व्यक्त गरेका थिए। किमले पनि चीनसँगको सम्बन्धलाई उच्च रणनीतिक प्राथमिकताका रूपमा व्याख्या गरेका थिए।

यसैबीच किमले दक्षिण कोरियाप्रति कडा नीति कायम राखेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता पुनः सुरु गर्न गरेको प्रस्तावलाई हालसम्म स्वीकार गरेका छैनन्। सन् २०१९ मा ट्रम्पको पहिलो कार्यकालमा वार्ता भंग भएपछि दुई देशबीचको कूटनीतिक संवाद अघि बढ्न सकेको छैन। उत्तर कोरियाले अमेरिकाले आफ्नो ‘शत्रुतापूर्ण नीति’ त्याग्नुपर्ने र वार्ताका लागि पूर्वसर्तका रूपमा परमाणु निशस्त्रीकरणको माग छाड्नुपर्ने बताउँदै आएको छ।

दक्षिण कोरियाली गुप्तचर निकायले गत महिना सांसदहरूलाई आगामी महिना चीनको सेन्जेनमा हुने एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा ट्रम्प र किमबीच भेट हुने सम्भावना ५० प्रतिशत रहेको जानकारी दिएको थियो।

प्रकाशित मिति: शनिबार, कात्तिक ७, २०८३  १९:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार किम शनिबार चीनको सीमावर्ती सहर डान्दोङ पुगेका हुन्। उनी उत्तर कोरिया र चीनलाई जोड्ने हालै... शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शुक्रबार फ्लोरिडामा आयोजित चुनावी सभामा ट्रम्पले अमेरिका फेरि ‘एपिक फ्युरी’ जस्तै छोटो सैन्य अभियान सञ्चालन गर्न सक्ने वा इरानसँग सम... शनिबार, कात्तिक ७, २०८३
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते बिहीबार राति स्थानीय समयअनुसार १० बजेर ३३ मिनेटमा गएको भूकम्पको केन्द्र उत्तरी तिब्बतको नाग्छु क्षेत्रस्थित एक उच्च हिमाली काउन्टीमा... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्